१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

हरि गौतम

हरि गौतमका लेखहरु :

मेला–मेलामा भलिबल

गाउँमा कुनै मेला पर्वमा भलिबल प्रतियोगता हुने भयो भने बाँफिकोट गाउँपालिका–५ की २२ वर्षीया बेलकुमारी रिजालको व्यस्तता बढिहाल्छ । बाँफिकोटको महिला भलिबल समूहको नेतृत्व गरिरहेकी उनी समूहका साथीलाई प्रतियोगिताबारे खबर गरिहाल्छिन् । अनि त सुरु भइहाल्छ, एक साता लामो तयारी । पहाडी जिल्ला भएर के भो, बेलकुमारीहरू गाउँकै सामुदायिक विद्यालययका चौरमा भेला हुन्छन्, अनि तयारीमा जुट्छन् ।

ब्रेक नलागेर बस खस्दा १२ को मृत्यु

ओरालोमा ब्रेक नलागेर बस खस्दा मकवानपुर र रुकुम पूर्वमा गरी १२ जनाको ज्यान गएको छ । ३८ जना घाइते छन् । मकवानपुरको भीमफेदीमा साँघुरो सडकको ओरालो घुम्तीमा ब्रेक नलागेर मिनीबस ५० मिटर तल खस्दा ७ जनाको मृत्यु भएको हो । उक्त दुर्घटना २६ जना घाइते भएका छन् ।

रुकुममा बस दुर्घटना, ४ को मृत्यु, १० जना घाइते 

रुकुम पूर्वको भूमे गाउँपालिका ३ को क्याङसी बगरमा बस दुर्घटना भएको छ । काठमाडौंबाट रुकुमकोटतर्फ आइरहेको ग १ ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्गम गाउँहरू महिलाको भरमा

साउन १६ गते त्रिवेणी गाउँपालिका–७ की ३० वर्षीया कमला केसी रुखबाट लडेर घाइते भइन् । उनलाई गाउँका ७ महिला मिलेर स्ट्रेचरमा राखेर मुरु स्वास्थ्यचौकी पुर्‍याए ।

ज्येष्ठ नागरिकलाई निःशुल्क खाजा

मुसीकोट नगरपालिका–५ का मनबहादुर खत्रीलाई समय बिताउन मुस्किल छैन । साँझ–बिहान परिवारका सदस्यसित रमाउने खत्री दिउँसो साथीभाइसँग भेटिन्छन् । मुसीकोट–१ का प्रियराज शर्माको दैनिकी पनि खत्रीको जस्तै गरी बितिरहेको छ । घरमा एक्लै बस्नुपर्दा उनी साथीभाइ भएको ठाउँमा गाइहाल्छन् । दिनभर गफिन्छन्, पुराना कुरा गर्छन् र बेलुका घर फर्कन्छन् ।

रुकुम पश्चिममा ५–११ उमेर समूहका बालबालिकालाई कोभिड खोप लगाइँदै

रुकुम पश्चिममा ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप लगाइने भएको छ । आइतबारदेखि जिल्लाभरका ५–११ वर्ष उमेरका बालबालिकाका लागि कोभिड विरुद्धको फाइजर खोप अभियान सञ्चालन हुन लागेको छ ।

सानीभेरी नदीमा युवकको शव भेटियो

सानीभेरी नदीमा एक युवकको शव फेला परेको छ । सानीभेरी गाउँपालिका वडा नम्बर ४ स्थित सानीभेरी नदीको बीच भागमा बनेको टापुमा अन्दाजी ३० वर्षीय युवकको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कांग्रेसको बुई चढेर समाजवाद आउँदैन : प्रदीप ज्ञवाली

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कांग्रेसको बुई चढेर समाजवाद नआउने बताएका छन् । प्रेस चौतारी रुकुम पूर्वले सोमबार रुकुमकोटमा आयोजना गरेको पत्रकार भेटघाटका क्रममा उनले नेकपा माओवादी केन्द्र र समाजवादी पार्टीतर्फ लक्षित गर्दै कांग्रेसको बुई चढेर समाजवाद सम्भव नभएको जिकिर गरेका हुन् ।

प्रहरीको गाडी दुर्घटना : एक जवानको मृत्यु

जिल्ला प्रहरी कार्यालयको भ्यान दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका–११, तल्लो सेरा नजिकै लु १ झ ६६० नम्बरको भ्यान शनिबार बिहान ११ बजे दुर्घटना भएको थियो ।