प्रमोद मिश्र

धर्म अमृत कि विष

ग्रेटर सिकागोमा मेरो निवास नजिकै क्रियायोग आश्रम छ । आश्रममा चार जनाजति गेरुवा वस्त्रधारी शाकाहारी, ब्रह्मचारी स्वामीहरू बस्छन् । म बेलाबेला ती स्वामीहरूसँग सत्संग गर्छु । ती स्वामीमध्ये पनि दुई जनासँग मेरो राम्रै हिमचिम छ । मित्र जस्तै भएका छन् । निकै हँसिला र उदार छन् । जहिल्यै गए पनि मलाई एउटा न एउटा फल दिएकै हुन्छन् । ध्यानयोगले गर्दा शान्तचित्त छन् ।

संस्कृत हिँडेको बाटो

संस्कृतको महत्त्व र यसको उपेक्षाबारे नेपाल र भारत दुबै देशमा विलौना हुँदै आएको छ । नेपाली मिडियामा यसको चर्चा–परिचर्चा जारी छ । कतै संस्कृत आधारित कर्मकाण्डको शिक्षा दिई पण्डित तयार पारिँदै गरेको सुखद समाचार उल्लेख हुन्छ ।

पुरुष सापेक्ष संस्कार 

कात्तिक ८ गते राति सिकागो (अमेरिका) मा सुत्नै लाग्दा मेरो मोबाइल फोन बज्यो । विराटनगरमा जाग्राम बसेकी मेरी श्रीमती डाँको छाडेर रुन थालिन् । किन रोएको भनेर अलि झर्किएँ तर फेरि आमाहरूलाई त केही भएन भनेर आत्तिएँ । ससुरालीमा ९१ र ८२ वर्षीया दुई जना सासूआमा हुनुहुन्छ ।

मधेसमा भाषा विवाद

प्रदेश नं. २ मा भाषा विवाद प्रदेश बनेदेखि नै बल्झेको छ । भोजपुरी भाषी साथै अन्य कतिपयले हिन्दी हुनुपर्छ भन्छन् र कतिपय मैथिली भाषी भने मैथिली नै हुनुपर्छ भन्छन् ।

नेपाल सबैको साझा फूलबारी बनोस्

नेपालमा पृथ्वीनारायण शाहको नियति अमेरिकी महादेशमा क्रिस्टोफर कोलम्बसको जस्तै भएको छ । कोलम्बसले अमेरिकी महादेश सन् १४९२ मा पत्ता लगाएकाले उनको खोज वार्षिकी मनाउने चलन शताब्दियौंसम्म चलेको थियो ।

प्रमोद मिश्रका लेखहरु :

कसलाई भोट दिने ?

चुनाव निष्पक्ष हुनु, मतदाताले करकाप मुक्त भई मतदान गर्न पाउनु लोकतन्त्रको जग बलियो भएको मानिन्छ । नेपालमा यस हिसाबले लोकतन्त्रको जंगे ढुंगा दह्रो गाडिइसकेको छ भन्दा अतिशयोक्ति नहोला । मधेसका घना बस्तीदेखि पहाडका भिरपाखाका गाउँसम्ममा पनि भोट हाल्न विप्लव माओवादीको अपत्यारिलो छिटपुट गोधूली गीत (स्वान सङ) बाहेक रोक छैन ।

राजनीतिक ध्रुवीकरणको अन्तर्य

एमाले, माओवादी केन्द्र अनि नयाँ शक्ति अथवा ओली, पुष्पकमल र बाबुराम मिलीभगतको तथाकथित वाम एकताले नेपालभित्र निकै खैलाबैला मच्चाएको छ । साथै यसले दक्षिणी छिमेकीको मुटुमा पनि पक्कै ढ्याङ्ग्रो ठोकेको हुनुपर्छ ।