नबिन पोखरेल

लन्डनमा प्रधानमन्त्री : गोर्खा, एनआरएन र व्यापारीसँग बेग्लाबेग्लै भेट

बेलायत भ्रमणको दोश्रो दिन प्रधानमन्त्री केपी शर्मा ओली भेटघाटमा निकै व्यस्त रहे । ओलीले एकै दिन समकक्षी टेरेजा मे, राजकुमार ह्यारी, प्रतिपक्षी दलका नेता जेरेमी कोर्बिनसहित भूतपूर्व गोर्खा, एनआरएन र व्यापारीको बेग्लाबेग्लै समूहसँग छलफल गरेका हुन् । 

बेलायत पुगेर प्रधानमन्त्री ओलीले भने – 'सरकारकाे नेतृत्व फेर्ने निर्णय पार्टीले गर्छ'

बेलायतको तीन दिने औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली सोमबार साँझ लन्डन उत्रिएका छन् । प्रधानमन्त्री ओली स्वीट्जरल्याण्डको जेनेभामा अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) को शत वार्षिकी समारोहलाई सम्वोधन गरेर बेलायत आइपुगेका हुन् । 

बेलायत ईयूबाट बहिरिनका लागि थप समय माग्ने तयारी 

बेलायती प्रधानमन्त्री टेरेजा मेले संसदमा उत्पन्न गतिरोध अन्त्यका लागि युरोपेली संघ (ईयू) छाड्ने मिति पर सार्न ईयूलाई आग्रह गर्ने जनाएकी छिन् । मेले प्रधानमन्त्री कार्यालय टेन डाउनिंग स्ट्रिटमा धारा ५० को म्याद बढाउन ईयूलाई अनुरोध गरिने जनाएकी हुन् ।

ब्रेक्जिट रद्द गर्न माग गर्दै २० लाख बढी हस्ताक्षर

प्रधानमन्त्री टेरेजा मेलाई यूरोपेली संघबाट बेलायत बाहिरिने प्रक्रिया (ब्रेक्जिट) रद्द गर्न माग गर्दै २० लाख बढी हस्ताक्षर संकलन भएको छ । धारा ५० खारेज गरी ब्रेक्जिट प्रक्रिया रद्द गर्न माग गर्दै सुरु गरिएको हस्ताक्षर अप्रत्यासित रुपमा बढेपछि संसदको वेबसाइट नै बन्द हुन पुगेको थियो । 

लगानी भित्र्याउन नेपालका अर्थमन्त्री बेलायतमा

नेपालका अर्थमन्त्री डा. युवराज खतिवडा बुधबार संयुक्त अधिराज्यको राजधानी लन्डन आइपुगेका छन् । लन्डनस्थित नेपाली दूतावासले शुक्रबार राखेको लगानी केन्द्रित ‘नेपाल विकास सम्मेलन’मा प्रमुख वक्ताका रुपमा सहभागी हुन आएका खतिवडाको बेलायतबाट लगानी भित्र्याउने मुख्य प्राथमिकता छ ।

नबिन पोखरेलका लेखहरु :

अन्तर्राष्ट्रिय मुद्रा बजारमा पाउण्डको गिरावट कायमै

बेलायतको अस्थिर राजनीतिक घटनाक्रमले अन्तर्राष्ट्रिय मुद्रा बजारमा पाउण्ड स्टर्लिङमा निक्कै उतारचढाव भएको छ । पाउण्डको विनिमय दर अमेरिकन डलरसँग गत अप्रिलभन्दा ११ दशमलव ७७ प्रतिशतले गिरावट भएको छ । लन्डनमा मुद्रा सटही गर्ने खुद्रा स्थानमा एक पाउण्डको एक डलर ५ सेन्टसम्ममा कारोवार भइरहेको छ ।

बेलायतका नेपाली चिकित्सकले समृद्धिका लागि साथ दिने

नेपलिज् डक्टर्स एसोसिएसन यूकेको शुक्रबारदेखि आइतबारसम्म चलेको ३३ औं वार्षिक बैठकमा विभिन्न देशबाट एकत्रित भएका चिकित्सकहरुले स्वास्थ्यसम्बन्धि कार्यपत्रहरु पेश गरेका छन्। विशेष गरी जनचासोका मुटु, दाँत, डायबिटिज, सर्जरी, एनेसथेसिया, हाडजोर्नी, ईएनटी आदिमा सम्मेलन केन्द्रित थियो ।

नेपाल र नेदरल्याण्ड्सबीचको खेल रद्द

वर्षाका कारण विश्वविख्यात लर्ड्स मैदानमा आइतबार नेपाल र नेदरल्याण्ड्सबीचको टी–२० खेल रद्द भएको छ । नेपालले एक दिवसिय अन्तर्राष्ट्रिय मान्यता पाएपछिको पहिलो २०–२० अन्तर्राष्ट्रिय खेल वर्षाले बिचमै बिथोलेको हो ।

लन्डन दूतावासमा नेपाल विकास सम्मेलन

लन्डनस्थित नेपाली दूतावासले यसपटक गणतन्त्र दिवस पृथक ढंगले मनाएको छ । उक्त दिवसका अवसरमा दूतावासले  नेपालमा लगानी, व्यापार र पर्यटन प्रवद्र्धन एवं द्विपक्षीय सहयोग अभिवृद्धिमा केन्द्रित गरी नेपाल विकास सम्मेलन गरेको हो ।

कप्तान पारस बेलायतमा भेटघाटमा व्यस्त

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का यतिखेर लन्डनमा छन् । यसपटक उनी न खेल अभ्यासमा छन्, न उनलाई प्रतियोगितामा हारजितको दबाब वा चिन्ता छ ।