१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

रासस, सिन्ह्वा

रासस, सिन्ह्वाका लेखहरु :

 गाजामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या २९ हजार नजिक

गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टाइनीहरूको संख्या २८ हजार ९८५  पुगेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले आइतबार जनाए अनुसार गत  अक्टोबर ७ मा शुरु भएको इजरायल-हमास द्वन्द्वपछि तटीय क्षेत्रमा ६८ हजार ८८३ प्यालेस्टाइनीहरू घाइते भएका छन् ।

इरानबाट शरणार्थी फर्काउँदै अफगानिस्तान

अफगानिस्तानको शरणार्थी मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा छिमेकी इरानबाट विगत तीन दिनमा कुल २,५०५ अफगानी शरणार्थीहरू आफ्नो मातृभूमि अफगानिस्तान फर्किएको उल्लेख गरेको छ ।

भारतमा अत्यधिक गर्मीले ९८ जनाको मृत्यु

भारतको उत्तर प्रदेश र त्यससँग जोडिएको राज्य बिहारमा पछिल्लो तीन दिनमा अत्यधिक गर्मीका कारण मृत्यु हुनेको संख्या ९८ पुगेको स्थानीय अधिकारीले सोमबार बताएका छन् । गर्मीका कारण उत्तर प्रदेशमा ५४ जनाको मृत्यु भएको छ भने बिहारमा ४४ जनाको मृत्यु भएको छ ।

श्रीलंकाले ३ सय वस्तु आयात प्रतिबन्ध हटायो

श्रीलंका सरकारले विद्युतीय उपकरण, सरसफाइसम्बन्धी र खाद्य सामग्रीलगायत ३ सयभन्दा बढी वस्तुको आयातमा लगाइएको प्रतिबन्धलाई खुकुलो बनाएको छ । राष्ट्रपति रनिल विक्रमासिंघेद्वारा वित्त, आर्थिक स्थिरीकरण र राष्ट्रिय नीति मन्त्रीको रूपमा जारी गरिएको राजपत्र अधिसूचनापछि यो नयाँ नीति शुक्रबारदेखि लागू भएको हो ।

भारतमा भेटिए ओमिक्रोन एक्सईका बिरामी, स्वास्थ्य अवस्था सामान्य

कोरोना भाइरस (कोभिड–१९) को ओमिक्रोन एक्सई भेरिएन्टबाट संक्रमित भनिएका भारतका पहिलो बिरामीको अवस्था गम्भीर नभएको स्थानीय स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

ब्राजिलमा बाढीबाट १४६ जनाको मृत्यु, १९१ बेपत्ता

ब्राजिलको एक पर्यटकीय सहर पेट्रोपोलिस र रियो डि जेनेरियो राज्यमा आएको विनाशकारी बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या १४६ पुगेको बताइएको छ ।

चिनियाँ महिलाको औसत आयु ८० वर्षभन्दा बढी

सन् २०२० मा चिनियाँ महिलाहरूको औसत आयु ८०.८८ वर्ष पुगेको छ । सन् २०१० मा ७७.३७ वर्ष रहेको चिनियाँ महिलाहरूको औषत आयु दश वर्षमा करिब तीन प्रतिशतले बढेको राष्ट्रिय तथ्यांक विभाग (एनबीएस) ले मंगलबार जनाएको छ ।