सीएनएन/बीबीसी

स्पेनका नयाँ प्रधानमन्त्री सान्चेज को हुन् ? 

स्पेनी प्रधानमन्त्री मारियानो राखोयविरुद्ध संसद्‌मा शुक्रबार पेस भएको अविश्वास प्रस्तावमा पराजित भएपछि सरकार ढलेको छ । 

ताइवानमा ६.४ को भूकम्प, ७ को मृत्यु, २५८ घाइते

ताइवानमा मंगलबार राति शक्तिशाली भूकम्प जाँदा कम्तीमा ७ जनाको मृत्यु हुनाका साथै २ सय ५८ जना घाइते भएका छन् । उत्तरपूर्वी सहर हुवालिनबाट २२ किलोमिटर उत्तर केन्द्रबिन्दु बनाई ६.४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का राजधानी ताइपेईसम्म महसुस गरिएको थियो ।

३ आक्रमणकारी पहिचान

बेलायती प्रहरीले शनिबार राति भएको लन्डन आक्रमणमा संलग्न ३ आतंककारीको परिचय खुलाएको छ । प्रहरीले खुराम बट, रचिद रेदुआन र युसेफ जग्बाको नाम जारी गरेको छ । लन्डन ब्रिज र बरो मार्केटमा भएको आक्रमणमा ७ जनाको ज्यान गएको थियो भने ४८ जना घाइते भएका थिए ।

किमजोङ–नाम हत्यामा उत्तर कोरियाली पक्राउ, चीनले लगायो प्रतिबन्ध

उत्तर कोरियाली नेता किम जोङ उनका सौतेनी दाजु किम जोङ–नामको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले शुक्रबार उत्तर कोरियाली नागरिक री जोङ चोललाई पक्राउ गरेको छ । प्रहरीले यसअघि हत्यामा संलग्न भएको अभियोगमा इन्डोनेसिया, मलेसिया र भियतनामका गरी तीन जनालाई पक्राउ गरिसकेको छ ।

सीएनएन/बीबीसीका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।