सिबी अधिकारी/रासस

सबैभन्दा बढी पर्यटक बोक्ने नेपाल एयरलाइन्स

सन् २०१८ मा राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) सबैभन्दा बढी विदेशी पर्यटक बोक्ने एयरलाइन्समध्ये पहिलो स्थानमा पुग्न सफल भएको छ । संस्कृति, पर्यटन तथा नागरक उड्डयन मन्त्रालयले हालै सार्वजनिक गरेको ‘नेपाल टुरिज्म स्टाटिक्स-२०१८’ अनुसार बढी पर्यटक बोक्ने मुख्य पाँच एयरलाइन्समध्ये नेपाल एयरलाइन्स पहिलो भएको छ ।

राजपामा मच्चियो रडाको 

फुट र जुटको राजनीतिबाट अघि बढेका मधेसकेन्द्रित विभिन्न छ राजनीतिक शक्ति मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा) यतिखेर पार्टी सङ्गठन सुदृढीकरणको अभियानमा लागेको छ । दुई वर्षअघि ९विसं २०७४ वैशाख ८ गते पार्टी एकता घोषणा सभामा नेताको गर्जन र पार्टी कार्यकर्ताको जति उत्साह थियो, अहिले निरासातर्फ उन्मुख हुँदैछ ।

यस याममा ४०० बढी सगरमाथा चुचुरोमा, ३६ करोड राजस्व संकलन

यस वर्षको सगरमाथा आरोहणबाट रु ३६ करोड १४ लाख ९८ हजार ३२१ रोयल्टी संकलन भएको छ । वसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेदेखि सुरु भएको थियो भने यही जेठ ११ गतेसम्म चलेको हो । 

समाजवादी फोरम सरकारमा सहभागी हुने संकेत, राजपा पनि सकरात्मक

संघीय समाजवादी फोरम नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वाम गठबन्धन सरकारमा सहभागी हुने संकेत देखाएको छ । 

पर्यटन मन्त्रालयमा वर्षमै पाँच मन्त्री फेरिएपछि...

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा एक वर्षमा पाँच र पाँच वर्षमा १२ मन्त्री फेरिएका छन् । अन्य मन्त्रालयका तुलनामा पर्यटन मन्त्रालय सबैभन्दा चाँडो मन्त्री फेरिनेमा अग्रपङ्क्तिमा छ ।

सिबी अधिकारी/राससका लेखहरु :

कागजमै अल्झियो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पर्यटनमन्त्री भन्छन्- पाँच वर्षभित्र सकिन्छ

राष्ट्रिय गौरवको आयोजना बारास्थित निजगढ विमानस्थल निर्माणको काम कागजी प्रक्रियामै अल्झिएको छ । अन्तर्राष्ट्रिय कोरियन कम्पनी ल्याण्ड मार्क वल्र्ड वाइड (एलएमडब्लु) को फिजिबिलिटी प्रतिवेदनबारे निर्णय नहुँदा विमानस्थलको कामले गति लिन नसकेको हो ।