मिलन पाण्डे

मिलन पाण्डेका लेखहरु :

किन पढ्ने ? कसरी पढ्ने ?

मनोचिकित्सक हर्मन इबिङ्घसका अनुसार, कुनै पनि विषय पढेको २० मिनेटमै हामी ४२ प्रतिशत बिर्सन्छौं । २४ घण्टामा ६६ प्रतिशत, ७ दिनमा ७५ प्रतिशत र एक महिनामा करिब ८० प्रतिशत बिर्सन्छौं । डोनाल्ड आर बेकन र किम ए स्टिवार्टको अर्को एक अध्ययनले भन्छ– विद्यार्थीले पाठ्यक्रममा पढेका अधिकांश विषय दुई हप्तादेखि दुई वर्षसम्ममा बिर्सिन्छन् । धेरै विद्यार्थीमा ‘म पढेको विषय सम्झिनै सक्दिनँ’ भन्ने हीनताबोध हुनेगर्छ । तर, हामीले विद्यार्थीलाई यो बुझाउन सकिरहेका छैनौं कि ‘बिर्सनु एक प्राकृतिक विषय हो ।’

नयाँ पुस्ताले हिँड्नुपर्ने अबको बाटो

खालिद पाएन्दा अफगानिस्तानका पूर्वअर्थमन्त्री हुन् । उनले अघिल्लो चोटि ६ अर्ब डलरको बजेट बनाएका थिए । अहिले उनी अमेरिकामा ट्याक्सी चलाउँछन् । केही महिनाअघि वासिङ्टन पोस्टका पत्रकारले उनलाई सोधे, ‘अबको योजना के छ ?’ पाएन्दाको उत्तर थियो, ‘अबको दुई दिन मैले ५० ट्रिप गरें भने ९५ डलर बोनस पाउँछु, त्यही गर्ने योजना छ ।’

ए प्लस मात्र सफलताको मापन होइन

एउटा अनुमानबाट सुरु गरौं– मानौं एसईईमा सबै विद्यार्थीको ४ जीपीए आयो । शिक्षकहरूबाट, राजनीतिज्ञहरूबाट, उद्यमीहरूबाट, पत्रकारहरूबाट कस्तो प्रतिक्रिया आउला ? के यी व्यक्तिहरूले ‘हाम्रो देशको शिक्षा उत्कृष्ट भयो’ भन्लान् ? शिक्षकहरूलाई, विद्यालयलाई पुरस्कृत गर्लान् ? त्यस्तो पक्कै हुनेछैन । परीक्षा निकै सजिलो रहेछ भनिनेछ । प्रश्नपत्र बनाउने, कापी जाँच्नेहरूमाथि नै प्रश्न उठाइनेछ । अझ, बजारमा ‘अब शिक्षाको स्तर बढाउनुपर्छ’ भनेर बहस हुनेछ ।

संविधानलाई ‘बलिको बोको’ नबनाऔं

सन् १९६२ मा सामाजिक वैज्ञानिक इउम रोजर्सले ले ‘डिफ्युजन अफ इनोभेसन’ सिद्धान्त मार्फत समाजमा नयाँ कुरा कसरी स्थापित हुन सक्छ भनेर व्याख्या गरे । उनका अनुसार, परिवर्तन हुँदै गर्दा समाज मुख्य गरी पाँच भागमा विभाजित हुन्छ । पहिलो, संवाहक (इनोभेटर) जसले विचार वा मुद्दा सिर्जना गर्छन् र नेतृत्व गर्छन् ।

विभेदका लागि संसदीय क्षमायाचना

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा त्यस्तो दिन कहिले आउला, जुन दिन सम्माननीय राष्ट्रपतिले संघीय संसद्का तर्फबाट सम्बोधन गरून्, ‘हामी यो सार्वभौम संघीय संसद्मा उभिएर सदियौंदेखि राज्य र समाजबाट भएका जातीय, लैंगिक, वर्गीय, क्षेत्रीय, धार्मिक लगायतका सबै विभेद र अन्यायका निम्ति क्षमा माग्न चाहन्छौं ।