वेदराज पौडेल

एथलेटिक्समा आर्मीको वर्चस्व

४२ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिताका ३५ इभेन्टमा त्रिभुवन आर्मी क्लबले २२ स्वर्ण पदक जितेको छ । विगतझैं यसपालि पनि आर्मीले वर्चस्व राख्यो । तर कुनै विधामा पनि राष्ट्रिय कीर्तिमान बनेन । आर्मीले १७ रजत र १३ कांस्य पनि जित्यो ।

उपमहानगरको अनियमितता बेवास्ता

सडक बत्तीका लागि साउनदेखि कात्तिकसम्म खरिद गरिएको सीएफएल बल्भको सेटमा अनियमितता भएको ठहर भए पनि संलग्नलाई कारबाही हुन सकेको छैन । उपमहानगरले गठन गरेको समितिले अनियमितता भएको पुष्टि गरिसकेको छ ।

२३ वर्षपछि कोसीटप्पुमा राज गरुड

कोसीटप्पु वन्यजन्तु आरक्षमा २३ वर्षपछि राज गरुड देखिएको छ । संरक्षणविदका अनुसार नेपाल बाहिर बच्चा कोरल्ने यो चरा सन् १९९५ मा चितवन र कोसीटप्पुमा देखिएको थियो । कोसी वर्ड सोसाइटीका अध्यक्ष अनिश तिम्सिनाले कोसीटप्पुको कटान क्षेत्रभन्दा पश्चिम गिद्धहरूको झुन्डमा राज गरुड देखिएको बताए । केही दिनदेखि राज गरुड यही क्षेत्रमा विचरण गरिरहेको छ ।

खेलकुद सहर बन्दै इटहरी

सातौं राष्ट्रिय खेलकुद आयोजना हुँदा पूर्वाधारको अभाव खेपेको इटहरीले अब त्यस्तो अवस्था झेल्नुपर्ने छैन । किनकि एउटै रंगशालाभित्र आउटडोर र इन्डोरका विभिन्न खेलका १२ प्रतियोगिता एकैपल्ट आयोजना गर्न मिल्ने गरी भौतिक पूर्वाधार विकसित गरिँदै छ ।

इटहरीमा चक्काजाम गर्ने सिटी चालक र प्रहरीबीच झडप

यातायात व्यवस्था विभागले विद्युतीय रिक्सा (सिटी सफारी)लाई राजमार्गबाहेकको सहायक राजमार्गमा मात्र सञ्चालन हुने गरी निर्णय गरेपछि त्यसको विरोधमा चक्काजाममा उत्रिएका सिटी चालकविरुद्ध प्रहरी अश्रुग्यास प्रहार गरेको छ । 

वेदराज पौडेलका लेखहरु :

हात्तीको घाँटीमा स्याटेलाइट रेडियो कलर जडान

कोसीटप्पु वन्यजन्तु आरक्षमा रहेको घरपालुवा हात्ती सोभाकलीसँग संसर्गका लागि आउने जंगली हात्ती माकुनालाई आरक्षले घाँटीमा स्याटेलाइट रेडियो कलर लगाएपछि हात्तीको उपद्रो रोकिएको छ ।

मनाङलाई दुहबी गोल्डकप

फाइनलमा आफूलाई सुधार्दै मनाङ मस्र्याङ्दी क्लबले शनिबार परिचित प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई २–१ ले हराउँदै मनमोहन दुहबी गोल्डकप फुटबलको ट्रफी जितेको छ ।

फेरि मनाङ र आर्मी

मनमोहन दुहबी गोल्डकप फुटबलको फाइनलमा मनाङ मस्र्याङ्दी र त्रिभुवन आर्मी क्लबबीच शनिबार उपाधि भिडन्त हुँदै छ । मनाङले क्वाटरफाइनलमा आयोजक एलेभेन एरोजलाई ५–२ ले हराउँदै सेमिफाइनल तय गरेको हो ।

आर्मी फाइनलमा

त्रिभुवन आर्मी क्लब बिहीबार अग्नि रूपन्देही एघारलाई ४–० ले हराउँदै मनमोहन दुहबी गोल्डकप फुटबलको उपाधि दाबेदार बनेको छ ।

निरन्तर जित

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेस नेता विजयकुमार गच्छदार यस्ता भाग्यवानी हुन्, जसले २०४८ यता कहिल्यै चुनाव हार्नुपरेको छैन । ०४८ देखि निरन्तर चुनाव जित्दै आएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको यात्रा भने यस पटकबाट टुंगिएको छ ।