दिवाकर बागचन्द

जसले मलाई प्रेमको अर्थ सम्झाए 

मैले काम चलाऊ परिवार धेरै देखेको छु । हेर्दा गजबको देखिन्छ, श्रीमान् राजा,  श्रीमती रानी । बच्चाहरू राजकुमार, राजकुमारी । श्रीमान् र श्रीमती राती ओछ्यानमा सँगै  हुन्छन् तर दुईबीच दुरी कहिल्यै कम गर्न नसकिने हुन्छ ।

त्यो सुकी, यो सुकी 

मैले कुनै नाम चलेको अभिजात्य वर्गका छोराछोरी पढ्ने स्कूल पढ्ने मौका पाइन । प्रतिष्ठित कलेज या विश्वविद्यालयमा पढ्ने कुरा त कल्पना भन्दा बाहिरकै कुरा भयो । ठुला ठुला शिक्षण संस्थाबाट शिक्षा हाँसिल गरेका व्यक्तिहरुप्रति मेरो सदैव आदरभाव रह्यो ।

जो चुपचाप मरेनन् 

प्रसिद्ध लेखक खुश्वन्त सिंहले आफ्नो "नट अ नाइस म्यान टु नो" भन्ने किताबमा "मरणोपरांत” भन्ने लेखमा आफु मरेपछि आफ्नो श्रदाञ्जली पत्रिकाले कस्तो लेख्लान् र त्यसपछि आफन्त, मित्र, विभिन्न व्यक्तिले कस्तो प्रतिक्रिया देलान् भन्ने बारे लेखेका छन् ।

मलाई नसोध कहाँ दुख्छ घाउ... 

समाजले सम्मान पूर्वक नबोल्दा एउटा ठुलो समुदाय आहत् भएको सत्य कसैदेखि छुपेको छैन । कतिपयलाई लाग्ल 'तिमी' भन्दैमा, जातीय कुरा गर्दैमा दुख्नु पर्ने के छ र? दुखाइ भोगेकासंग हुन्छ, पीडा साटेर त हेर्नुस् अनि थाह हुनेछ दुखाइ के हो भनेर ।

मेरी पाकिस्तानी आमा……

आमाको कुरा गर्दा पाकिस्तान को नाम ? पाठकहरुलाई अलि अनौठो लाग्ला । संयोग भनौं गोर्कीको आमा पछि मैले एउटा आमाको आँशुको बारेमा कविता पढ्ने अवसर पाएँ । त्यो कविता पकिस्तानी कवि फैज अह्मेद फैजको थियो ।

दिवाकर बागचन्दका लेखहरु :

घृणाको हार – प्रेमको जीत

छिया छिया भएको मनले घाऊ कोट्याउँछ । घाऊ कोट्याउँदा पीडा झन असह्य हुन्छ।  यसको अनुभूती चोट पाएकाहरुलाई हुन्छ। ति आत्माहरुलाई थाहा हुन्छ, जस्ले अनहाकमा ज्यान गुमाए ।  हजारौ सपनाहरुलाई अधुरै छोडेर, संसारबाट बिदा लिन वाध्य भए ।

त्यसैले बाजपेयी "अटल" भए 

अटल बिहारी बाजपेयीलाई श्रदान्जली दिन पुगेका सामाजिक न्याय  अभियन्ता स्वामी अग्निवेश  तथाकथित भारतीय जनता पार्टीका कार्यकर्ताद्वारा कुट्पिट  गरिएपछि आफु हिन्दू हुनुमा मलाई लघुताभास हुनथाल्यो । 

पाकिस्तान : लोकतन्त्र 'नजरको धोखा' नहोस् 

म क्रिकेट धेरै खेल्ने गर्थें । अहिले खेल्नुभन्दा बढि हेर्छु । एउटा महान् क्रिकेटर चुनाव जितेर प्रधानमन्त्री बन्न लागि रहँदा, हेरिरहन मन लागेन । कलमसँग खेल्न मन लाग्यो । इमरान अहमद खान नियाजी अर्थात लोकप्रिय "इमरान खान" युवतीहरुका प्रिय पात्र हुन् ।

जुम्लामा गान्धी

नेपालको राजनीतिक मौसम देखेर होला २०४६ सालमा बहुदलीय व्यवस्था स्थापना गर्न गरिएको आन्दोलनमा भाग लिएका मेरा एक मित्रले मलाई सोधे, "के लोकतन्त्र अहिले खतरामा छ ?"  मैले उनलाई  भनेँ, "सक्छौ भने  जुम्ला जाऊ ।"

'खलनायक' लाई नायक बनायो ' सञ्जु' ले

हामी सबै भित्र नायक र खलनायक दुवै हुन्छ । कतिपय निष्ठावान, सत्‌चरित्रका व्यक्ति पनि समयको दिशा नबुझ्दा खलनायक बनाइएका छन भने, कोही परिबन्दले खलनायक देखिन्छन् । कोइ चरित्रले नै खलनायक हुन्छन्। नब्बेको दशकमा खलनायक भन्ने चलचित्र बनेको थियो।