विना थापा

यसरी दिइँदैछ हिंसा रोक्न आत्मरक्षा तालिम [तस्बिरहरु]

आठ कक्षा पढ्ने १४ वर्षीया छात्रा । झट्ट सुन्दा यस्ती किशोरीले के तालिम देलिन् भन्ने लाग्न सक्छ । पोखराको रंगशालाको कभर्डहलमा सय जनाभन्दा बढी विद्यार्थीलाई आइसा लामिछानेले आत्मरक्षा तालिम दिइरहेकी छन् । तेक्वान्दो खेलाडीको पोशाकमा रहेकी उनीसँगै अरू प्रशिक्षक पनि छन् ।

पोखरामा ल्होछार महोत्सव सुरु [फोटोफिचर]

मञ्जुश्री सम्वत् २८५५ औँ सोनाम ल्होसारको अवसरमा पोखराको प्रदर्शनी केन्द्रमा प्रथम ल्होसार महोत्सव सुरु भएको छ । झ्या ल्हो (चरा वर्ग) पूरा भएर  फाग ल्हो (बँदेल वर्ग) को सुरुवात भएको अवसरमा ल्होछार (नयाँ वर्ष) महोत्सवको आयोजना गरिएको हो ।

पोखराको ल्होसार महोत्सवमा 'रुपा' लगाउनेको भीड [तस्बिरहरु]

पोखरामा तमु फो ल्होसार महोत्सवको चौथो दिन आइतबार गुरुङहरुले रुपा (मन्तरेको फुको धागो) लगाएर मनाएका छन् । यो वर्षभरि शुभ रहोस् भनी पच्यु, क्ल्हेप्री र बोन्पोलम (लामाहरु) ले मन्तरेको रुपा लगउने चलन भएको समितिले जनाएको छ ।

सडक महोत्सवमा वर्षौ अघिको फोटो प्रदर्शनी [फोटोफिचर]

पोखराको लेकसाईडमा शुक्रबारदेखि सुरु भएको सडक महोत्सवमा ९९ वर्ष अघिको फोटो प्रदर्शनीका लागि राखिएको छ । वि.सं १९२० सालमा दीर्घमान चित्रकारले खिचेको तस्बिरहरु लेकसाईडस्थित रत्नमन्दिरको पर्खालमा टाँसिएको छ ।

जे देखियो तमु ल्होसार महोत्सवमा [तस्बिरहरु]

तमु प्ये ल्हु संघको आयोजनामा बिहीबारदेखि पोखरामा 'बृहत् तमु फो ल्होसार महोत्सव-२०७५' सुरु भएको छ । गुरुङ समुदायको ल्होछार (नयाँ वर्ष)को अवसरमा महोत्सव आयोजना गरिएको हो । समिति महासचिव शान्ति गुरुङले धर्म संस्कार र संकृतिको संरक्षण गर्न महोत्सव आयोजना गरेको बताइन् । गुरुङहरुले यस वर्ष खि (कुकुर) वर्गलाई बिदाई गरी फो (मृग) वर्गको स्वागत गर्दै ल्होसार मनाउँदै छन् ।

विना थापाका लेखहरु :

सैलुनबाटै आत्मनिर्भर

धेरै कमाएर सुखको जीवन बिताउने रहर उनलाई पनि लाग्थ्यो तर वैदेशिक रोजगारीबाट फिरेका साथीहरूले पाएका दु:खका कुरा सुन्दा परदेश जाने आँट आएन । 

वृद्धवृद्धाको सहारा बन्यो मिलन केन्द्र

पोखरा महानगरभित्र एउटा यस्तो ठाउँ छ, जहाँ वृद्धवृद्धा दिउँसो भेला हुन्छन् । सुख–दु:खका कुरा गर्छन् । भजन सुन्छन्, गाउँछन् । खाजा खान्छन् । दिउँसो आनन्दले बिताएपछि साँझ आ–आफ्ना घर जान्छन् । भोलिपल्टको दिनचर्या फेरि उस्तै हुन्छ । 

अनलाइन सेवा सुस्त

सरकारी कामकाजमा ‘अनलाइन’ प्रविधिमा आधारित सेवा लागू भएको मन्त्री र उच्चपदस्थ सरकारी अधिकारी भन्न छुटाउँदैनन् ।

अपांगता भएकाको भरमा परिवार

पिंकी परियार २२ वर्षकी भइन् । जन्मँदै अपांगता भएकी उनी आफ्नो खुसीले न हिँडडुल गर्न सक्छिन्, न त सबलांग सरह बोल्न र दैनिक आफ्ना काम गर्न  ।