२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

प्रगति राई

साहित्यकार प्रगति राईको 'लेखककी स्वास्नी', 'बिर्सिएको मृत्यु', 'थाङ्ग्रा' र 'बादी विज्ञप्ति' लगायतका कृति प्रकाशित छन् ।

प्रगति राईका लेखहरु :

पर्खिरहेछ काफलडाँडा 

नेपाललाई १४ अञ्चल, ७५ जिल्लामा विभाजन गर्दा बागलुङ, पर्वत र जोमसोमको बीचमा म्याग्दी जिल्ला जन्मिएको रहेछ, २०१८ सालमा । हङकङ र नेपाली मुद्राको मूल्य बराबर भएको समयतिर लाहुरे भई हङकङ छिरेका चामबहादुर पुन (६७) को अगुवाइमा म्याग्दीको काफलडाँडास्थित पुन संग्रहालय, पुन पाहुना घर, पुस्तकालय साथै प्राथमिक उपचारका लागि निःशुल्क औषधि पनि वितरण हुने स्वास्थ्य चौकी निर्माण गरिएको रहेछ । 

मास्टर मित्रसेनले भोगेको युद्ध

लाहुरे दाइको रेलिमाई फेसनै राम्रोरातो रुमाल रेलिमाई खुकुरी भिरेकोमाथिको गीतका रचनाकार प्रथम विश्वयुद्धका एक योद्धा थिए– स्व. मास्टर मित्रसेन थापामगर । यिनै गीतका लाइन गाउँदै इजिप्ट, फ्रान्स, बेल्जियम, मेसोपोटामिया (सिरिया र इराक) युद्ध लडेका थिए उनले । मित्रसेनका डायरीलाई आधार बनाएर ६ वर्षको अथक प्रयासपछि लेखक विजय हितानले उपन्यास लेखेका छन्– ‘लाहुरे दाइको रेलिमाई’ । 

एक लडाकुको आख्यान

अफगानिस्तान गृहयुद्धको चरम अवस्थामा गुज्रिरहेका बेला अफगानिस्तानमै अमेरिकी सुरक्षा कम्पनीको तर्फबाट प्रत्यक्ष युद्ध लडेका लडाकु र लेखक केदार संकेतको उपन्यास ‘अफगानी रणमैदान’ ले पाठकलाई पात्रसँगै विभिन्न ठाउँमा पुर्‍याउँछ । परम्परागत लेखाइभन्दा बिलकुलै फरक शैली समातेको छ किताबले ।