तस्बिर : बिजु महर्जन

धमाधम भाइटीका लगाइँदै [फोटोफिचर]

यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइरहेका छन् । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

यसरी गरियो नेपाल संवत् ११३९ को स्वागत [फोटोफिचर]

नेपाल संवत् ११३९ बिहीबार देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्टिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत्को सुरुआत गराएका थिए ।

खोकनामा सिकाली जात्रा [फोटो फिचर]

ललितपुरको खोकनामा दसैंको कुनै रौनक छैन । यहाँ दसैको सट्टा स्थानीय सिकाली जात्रा मनाउन सबै व्यस्त छन् । दसैंको अवसरमा ललितपुरको खोकनास्थित रुद्रयानी भवानी देवीको सिकाली जात्रा गरिएको छ ।

राष्ट्रकवि घिमिरेलाई अभिनन्दन

राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई अाइतबार राष्ट्रकवि माधवप्रसाद घिमिरे सयौं जन्मोत्सव समअभिनन्दन समारोह समितिले अभिनन्दन गरेको छ । राष्ट्रकवि घिमिरेलाई प्रधानमन्त्री केपी ओलीले जनताको तर्फबाट प्रमाणपत्र दिएर अभिनन्दन गरेका हुन् । अभिनन्दन अघि उनलाई रथारोहण गरेर नगर परिक्रमा गराइएको थियो । प्रज्ञा प्रतिष्ठान हुँदै बागबजार, पुतलीसडक, रत्नपार्क, जमल हुँदै पुन: प्रज्ञा प्रतिष्ठानमा पुर्‍याइएको छ ।

निर्मलाका लागि न्याय माग्दै राजधानीमा प्रदर्शन

बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग राख्दै शनिबार राजधानीमा प्रदर्शन गरिएको छ । निर्मलाका लागि न्याय अभियानकाे अगुवाईमा भएको प्रदर्शनमा पन्तको बलात्कारी र हत्यारालाई कारबाही गर्न माग राख्दै सहभागीहरुले सरकारको आलोचना गर्दै नाराबाजी गरेका छन् ।

तस्बिर : बिजु महर्जनका लेखहरु :

निर्मलाका लागि न्याय माग्दै प्रदर्शन

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशाेरी निर्मला पन्तका लागि न्याय माग्दै राजधानी प्रदर्शन गरिएकाे छ । शनिबार माइतीघर मण्डलामा स्वतस्फूर्त रुपमा प्रदर्शन भएकाे हाे । उनीहरुले निर्मलाहरुलाई न्याय देउ, सरकार कहाँ चुक्दैछ, बलात्कारीसँग झुक्दैछ, बलात्कारी किन लुकाउँदै लगायतका नारा लेखेका प्ले कार्ड बाेकेका थिए ।

पुनर्जागरणको पर्खाइ

मैले यी दिनहरूलाई मेरा मुक्तिका दिनहरू भन्ने गरेको छु। मुक्ति अथवा ठूलाठूला महत्त्वाकांक्षाहरूबाट छुट्कारा पाउनु र आफ्नो अगाडि एउटा सानो दियो बलिरहेको देख्नु।

पुनर्जागरणको पर्खाइ

मैले यी दिनहरूलाई मेरा मुक्तिका दिनहरू भन्ने गरेको छु। मुक्ति अथवा ठूलाठूला महत्त्वाकांक्षाहरूबाट छुट्कारा पाउनु र आफ्नो अगाडि एउटा सानो दियो बलिरहेको देख्नु।