२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

बलराम घिमिरे

बलराम घिमिरेका लेखहरु :

पानी सञ्चित गर्न रसुवामा 'आइस स्तूपा'

रसुवामा 'आइस स्तूपा' बनाएर पानी सञ्चित गर्ने प्रविधिको परीक्षण सफल भएको छ ।  आमाछोदिङ्मो गाउँपालिका–३ गतलाङ गाउँभन्दा माथि गोठेन खर्कनजिकै 'आइस स्तूपा' निर्माण गरिएको छ । यो नेपालमै पहिलो पटक निर्माण गरिएको 'आइस स्तूपा' हो ।  भारतको लद्दाखमा भने यो प्रविधिको प्रयोग गरिएको छ ।

बेत्रावतीमा नौ हल गोरुको घम्साघम्सी [तस्बिरहरू]

रसुवा र नुवाकोटको सीमानामा पर्ने बेत्रावतीमा प्रत्येक वर्ष मकर संक्रान्तिका दिन गोरु जुधाउने परम्परा छ । गोसाइँकुण्ड युवा क्लबले गोरु जुधाइ मेलाको व्यवस्थापन गर्दै आएको छ । त्यही परम्परालाई निरन्तरता दिँदै सोमबार ९ हल गोरु जुधाइएको छ । यस वर्ष मकर संक्रान्तिका दिन १८ जना कृषकले गोरु जुधाउन बेत्रावतीमा ल्याएका थिए ।

उत्तरगयाधाममा बिहानैदेखि पुसे औंसी श्राद्ध गर्नेको भिड

रसुवा र नुवाकोट जिल्लाको सिमानामा पर्ने बेत्रावतीस्थित उत्तरगयाधाममा बिहीबार बिहानैदेखि पुसे औंसी श्राद्ध गर्नेहरूको भिड लागेको छ ।त्रिशुली र फलाखु खोलाको संगमस्थल उत्तरगयामा पुसे औंसीका दिन बर्सेनि हजारौं श्रद्धालुहरुले दिवंगत आफ्ना पितृका नाममा श्राद्ध, दान, तर्पण दिने गर्छन् ।

एनसेल खरिद-बिक्रीको नाटक मञ्चन गरियो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई हस्तान्तरण गर्नुपर्ने समय नजिकिदै जाँदा सम्झौता बिपरित एनसेलकाे शेयर खरिदबिक्रीको नाटक मन्चन भएकाे दाबी गरेका छन् ।

रसुवामा आलु बोकेको गाडी दुर्घटना : ३ जनाको मृत्यु‚ ५ घाइते

रसुवाको आमाछोरिङ्मो गाउँपालिका–२ नेसिङ खोलामा गाडी दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । आमाछोरिङ्मो-२‚ नेसिङबाट ग्रेतर्फ आलु बोकेर जाँदै गरेको बा ५ ख ५७८ नम्बरको आइसर गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो ।

पालिका अध्यक्ष कप रिसाङ भूमि ठाडेलाई

दोस्रो पालिका अध्यक्ष कप भलिबल प्रतियोगिताको ट्रफी रिसाङ भूमि ठाडेले हात पारेको छ । सोमबार सम्पन्न भएको फाइनल प्रतियोगितामा रिसाङ भूमि ठाडे टिमले जुनतारा ग्रेलाई २४–२६, २५–१८, २७–२५ र २५–१४ को सेटमा पराजित गर्दै प्रतियोगिताको ट्रफी हात पार्न सफल भएको हो ।

रेडपान्डा ट्रफी नौकुण्डलाई

२८औं वन्यजन्तु सप्ताहको अवसरमा सदरमुकाम धुन्चेमा आयोजना गरिएको ११औं रेडपान्डा ट्रफी हात पार्न नौकुण्ड सफल भएको छ । २८ औं वन्यजन्तु सप्ताहको अवसरमा जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो । सोही अवसरमा सरसफाइ, चरा अवलोकन तथा रेडपान्डा ट्रफी भलिबल प्रतियोगिता गरिएको थियो । 

फिकुरी लेकलाई पर्यटकीय क्षेत्र बनाउन सम्भाव्यता अध्ययन

जिल्लाको उत्तरगया गाउँपालिकाले फिकुरी लेकलाई पर्यटकीय क्षेत्र बनाउन सम्भाव्यत अध्ययन थालेको छ । पालिकाले सम्भाव्यता अध्ययन गर्न उक्त क्षेत्रमा तीन दिने पदयात्रा सम्पन्न गरेको छ । फिकुरी लेकलाई पर्यटकीय क्षेत्र बनाउन सम्भाव्यता अध्ययनका लागि पदयात्रा गरिएको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्यालले बताए ।

रसुवागढी नाका पूर्णरूपमा खुलेपछि अध्यागमन कार्यालयमा सेवाग्राहीको भीड

शनिबारबाट रसुवागढी नाका पूर्णरूपमा खुलेसँगै अध्यागमन कार्यालय घझ्खोेलामा सेवाग्राहीहरुको भीड लागेको छ ।

नाका खुलेको पहिलो दिन ५४ कन्टेनर केरुङ पुगे

पूर्णरूपमा रसुवागढी नाका खुलेको पहिलो दिन लोड भएका र खाली गरी ५४ कन्टेनर केरुङ पुगेका छन् । सामान लोड भएका २२ र खाली भएका ३२ कन्टेनर केरुङ पुगेका हुन् । शनिबार बिहानदेखि रसुवागढी नाका कोभिडभन्दा अगाडि जस्तै गरी मानिसको आवतजावतसहित पूर्णरूपमा सञ्चालन आएको हो ।