शब्द/तस्बिर : बलराम घिमिरे

तस्बिरमा हेरौं, खम्बा नाच

धुन्चेका युवा स्थानीय कला र संस्कृति जगेर्ना गर्न जुटेका छन् । उनीहरु चार दशकसम्म सञ्चालन हुन नसकेको चेन्दा नाचको संरक्षण र जगेर्नामा लागेका हुन् । यो नाचलाई युवाहरुले गत वर्षदेखि पुन: सुरु गराएका थिए । रसुवा संरक्षण तथा सांस्कृतिक कला समूह धुन्चेको आयोजनामा मंगलबार युवाहरुले चेन्दा नाचअन्तर्गत (खम्बा नाच) देखाए ।

मनै लोभ्याउने लाङटाङ [फोटो फिचर]

काठमाडौंबाट छोटो र सजिलो पदमार्गमा लाङटाङ पर्दछ । यही कारणले लाङटाङमा विदेशी पर्यटकहरुको घुइँचो लाग्ने गरेको छ । लाङटाङ पदमार्गमा जाने पर्यटकले थोरै दिनमा एकै पटक धेरै कुरा हेर्न र घुम्न सक्छन् । त्यसैले लाङटाङ पदमार्ग पर्यटकको रोजाइमा परेको होटल व्यवसायीहरु बताउँछन् ।

रसुवागढीमा बिजोग [फोटोफिचर]

चीन जोड्ने एकमात्र रसुवागढी नाकामा महिनादेखि यातायात ठप्प छ । नाका नजिकैको पहिरो, घट्टेखोलाको पुललाई बाढीले पुर्‍याएको क्षति र गोसाइँकुण्ड गाउँपालिका ५ को खोपाङ भीरको पहिरोले यातायात अवरुद्ध भएको हो । बाढीबाट क्षति पुगेको पुल मर्मतमा ढिलाइले साउन १२ देखि नाकामा यातायातका साधन चलेका छैनन् ।

गोसाइँकुण्डमा भक्तजनको घुइँचो [फोटोफिचर]

जनैपूर्णिमाका दिन धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा सयौं भक्तजनहरुले स्नान गरेका छन् । भाद्र १ गतेबाट १० गतेसम्म गोसाइँकुण्डमा मेला लागेको थियो । यसवर्ष ८ देखि ९ हजार भक्तजनहरुले कुण्डमा स्नान गरेको गोसाइँकुण्ड क्षेत्र विकास समिति अध्यक्ष सञ्जीव डिएमले बताए ।

यसरी फोरिँदै छ चट्टाने भीर [फोटोफिचर]

नेपाली सेनाले निर्माण गरिरहेको मैलुङदेखि स्याफ्रुबेंसीसम्मको १७ किलोमिटर सिंगल लेनको ट्रयाक खोल्ने काम सकिएको छ । डबल लेन सडक निर्माण सकिने अब ६ सय मिटर बाँकी छ । अबको ३ महिनामा सडक निर्माण सम्पन्न भइ गाडी गुड्ने नेपाली सेनाको विकास निर्माण निर्देशनालयका निर्देशक रामधर सिंहले बताए ।

शब्द/तस्बिर : बलराम घिमिरेका लेखहरु :

चीन जोड्ने एउटै सडकको जीर्ण अवस्था

तातोपानी नाका बन्द भएपछि उत्तरी छमेकी चीनलाई जोड्ने एउटै अन्तर्राष्ट्रिय नाका पासाङल्हामु मार्गको स्याफ्रुबेंसी–रसुवागढी जीर्ण छ । पुनर्निर्माण तथा स्तरोन्नतीमा सम्बन्धित निकायले ध्यान नदिँदा दैनिक सयौं सवारी र हजारौंले दु:ख पाएका छन् ।

दुई वर्षदेखि अस्थायी टेन्टमै जिल्ला अस्पताल

भुकम्प गएको दुई वर्ष वित्न लाग्दा समेत रसुवा जिल्लाको जिल्ला अस्पताल अस्थायी टेन्टकै भरमा संचालन भइरहेको छ । भूकम्प पछि तत्कालै क्यानेडीयन रेकक्रसले निर्माण गरेको अस्थायी टेन्टकै भरमा अझै पनि जिल्ला अस्पताल सञ्चालन हुँदै आएको छ ।