मेघराज सापकोटा

छातीमा हात राखेर भन्नुस्,‘म हुण्डी गर्दिन’

हालै युएईस्थित नेपाली दूतावासले युएईमा रहेका नेपाली बैंकर्स र एक्स्चेन्जमा काम गर्ने प्रतिनिधिसँग रेमिटेन्स सम्बन्धी छलफल तथा अन्तक्रिया कार्यक्रमको आयोजना गर्‍यो । यस्तै कार्यक्रम एक वर्षअघि पनि भएको थियो । त्यतिखेर अबुधाबीबाट तीन सय किलोमिटर टाढा रस अल खैमामा आयोजना गरिएको कार्यक्रममा युएईका ‘गन्नेमान्ने’ नेपालीलाई निम्ता गरिएको थियो ।

खाडी बस्ने नेपाली ग्रिनकार्डको लोभमा छैनन् 

जीवनभर पलायनबादी भएर देश छोड्नेहरुलाई अमेरिका वा युरोपको ग्रिनकार्ड अनिबार्य चाहिन्छ । नेपालमा भएको बाबुबाजेको पैत्रिक सम्पत्ति बेचेर हुण्डी मार्फत अमेरिका वा युरोपमा लगेर घर किन्ने सोच भएकाले युएईलगायतका खाडी मुलुकहरुमा ग्रिनकार्ड पाइन्न भनेर खिसिट्यूरी गर्नु पनि सामान्य नै हो ।

सार्वजनिक यातायातमा दुबईको उदाहरण 

नेपालीहरुले पहिलो पटक मेट्रो ट्रेन चढेको दुबईमा नै हो । पहिलो पटक वाईफाई युक्त बस चढेको पनि दुबईमा नै हो । मेट्रो ट्रेन र मेट्रो बसमा यात्रा गर्दा नल कार्ड प्रयोग गर्न सिकेको पनि दुबई आएरै हो । दुबई आउनु अघि कसैले पनि उनीहरुलाई न त मेट्रो बस कसरी चढ्ने सिकायो न त मेट्रो ट्रेनमा भाडा कसरी तिर्ने भनेर तालिम दियो । तै पनि नेपालीहरु यी कुरामा पोख्त छन् । 

हामी अभिभावक विहीन अभागीहरु 

फागुण १५ गते बैदेशिक रोजगार प्रबर्धन बोर्डले युनाईटेड अरब ईमिरेट्स (युएई) स्थित नेपाली दुताबासलाई एउटा पत्र लेख्यो । पत्रमा लेखिएको थियो,“ब्लडमनी उपलब्ध गराउने सम्बन्धमा बिद्यमान बैदेशिक रोजगार ऐन र नियमावलीमा ब्लडमनी उपलब्ध गराउने बारे कानुनी ब्यवस्था नभएको हुँदा सोही ब्यहोरा जानकारीको लागि आदेशानुसार अनुरोध छ ।’

प्रवासीको राष्ट्रप्रेम !

खाडी, मलेसियासहित कम्तीमा ३० लाख नेपाली देश बाहिर रहेको अनुमानित तथ्यांक छ । बिदेशमा रहँदा देशप्रतिको माया झनै गाढा भएर आउँदो रहेछ । बिदेशिएपछि राष्ट्रबादी अझै बन्दछ ।

मेघराज सापकोटाका लेखहरु :

साउदी र युएईको भ्याटको मारमा नेपाली 

अरब खाडीका ६ वटा देशहरु मध्ये युएई र साउदी अरबले जनवरी १ तारिख सोमबारदेखि लागु हुने गरी ५ प्रतिशत मूल्य अभिवृद्धिकर (भ्याट) लागु गरेका छन् । बिक्रम सम्बत २०४९/५० को आर्थिक बर्षदेखि नै नेपालमा लागु भएको भ्याट सन् २०१८ देखि यि मुलुकहरुमा लागु हुँदैछ । साउदी अरबमा ३ लाख र युएईमा २ लाख गरेर ५ लाख भन्दा बढी नेपालीहरु भ्याटबाट प्रभावित हुनेछन् ।

हामीले बिदेशमा सिकेको कुरा घरका मान्छेलाई सिकायौं त ?

गाडीमा बसेर पानी पिउँदै बानेश्वर पुग्दा पानी सिकियो । पानीको खाली बोतल बोकेर म मेरो साथीको कोठामा गएँ किनकी मैले बाटोमा मेरो वरिपरि बोतल फ्याँक्ने डस्टवीन भेटिन । साथमा सुन्तलाका बोक्राहरु पनि थिए । मेरो हातमा भएको पोलिथिनको झोलामा पानीको खाली बोतल र सुन्तलाको बोक्रा देखे पछि मित्रले भने, बिदेश बसेको रौनक एक दुई दिन यस्तै हो ।

हीरा म्याडम हीरा नै रहिछिन्

‘भिजिट भिसामा ल्याएर १९ जना नेपालीहरुलाई अलपत्र पार्ने एजेन्टलाई कारबाही गर्न सफारिस दिनुपर्‍याे म्याडम । कम्तीमा नेपाल गएर पनि ती पीडितहरुले न्यायको ढोका ढक्ढक्याउने आधार बनोस्’ मैले यादवलाई अनुरोध गरेको थिएँ । धेरैदिन पछि पीडितहरु नेपाल पुगिसके पछि यादवले पीडितलाई उक्त पत्र उपलब्ध गराईन् । हामीलाई प्राप्त स्रोतहरुले हामीलाई भनिरहेका थिए, कि त्यो पत्र लेख्न पनि यादवलाई दूतावास भित्रै पापड बेल्नु परेको थियो ।

एनआरएनभित्रको राजनीति : नाकको राजनीति सुरु भएकै हो त?

‘अबको केही बर्ष गैरआबासीय नेपाली संघको राजनीति नाकको वरीपरी घुम्ने सम्भावना छ’, दुवईमा भेट भएका एक एनआरएनकर्मीले पाक्तिकारसँग भनेका थिए । हाँसेर हल्का ढंगले आफ्नो चोर औंला नाक निर लगेर भनेको उनको यो भनाइले पक्कै केही अर्थ राख्दछ । उनले नाक भनेर अक्टोबर १४ देखि १६ तारिक सम्म काठमााडौमा हुन गईरहेको एनआरएनको सम्मेलनमा अबको नेतृत्व छनौटमा जातीय नाराले प्रभाब पार्ने साकेत गरेका थिए ।

युएईबाट मन्त्रीहरुलाई खुलापत्र : मरिसकेको हो मेरो सरकार ?

नेपाल सरकार जीउँदै छ भने यी पीडितहरुको उद्दार गरोस । नेपालमा कानुनी राज छ भने आततायी मानव तस्करहरु र अध्यागमनका भ्रष्ट पिपासुहरुलाई कारबाही गरोस । नेपाल सरकार जागा छ भने आँखा खोलेर हेरोस न कि मसानघाटको मुर्दा जस्तो टिंग्रिंग उभिनुको अर्थ छैन । नत्र हामी भन्ने छौं 'मेरो सरकार निर्जीव छ । मरिसकेको छ मेरो सरकार !'