चन्द्रदेव भट्ट

भारतीय निर्वाचन र छिमेक

प्रजातन्त्रका लागि सबभन्दा ठूलो निर्वाचन भारतमा अपि्रल ११ मा सुरु भएर मे १९ मा समाप्त हुँदै छ । निर्वाचनको नतिजा मे २३ मा घोषणा गरिनेछ । यो निर्वाचनले पाँच वर्षका लागि सरकार निर्वाचित गर्नेछ । लगभग एक करोड जनशक्ति निर्वाचनमा संलग्न छ । लगभग ९० करोड नागरिकले आफ्नो मताधिकार प्रयोग गरी जनप्रतिनिधिको छनोट गर्नेछन् ।

पुस्तक वार्ता

पराग खन्नाको ‘द फ्युचर इज एसियन : ग्लोबल अर्डर इन ट्वान्टीफस्ट सेन्चुरी’ र इ. पोक्कोको ‘इन्डिया इन ग्रिस’ पढ्दै छु  । अहिलेको एसियाको आर्थिक र राजनीतिक पुनरोदयको विषयमा विभिन्न क्षेत्रमा बहस भएको पाइन्छ  ।

राजनीतिमा अल्फा प्रवृत्ति

समाजवादको नारासहित सत्तामा आएको सरकारले एक वर्ष पुरा गर्दैछ । पाँच वर्षका लागि निर्वाचित सरकारको एकवर्षे शासकीय गतिविधिलाई आधार बनाएर मत निर्माण गर्नु न्यायोचित नहुन सक्छ । लामो राजनीतिक अस्थिरताबाट नयाँ शासकीय चरणमा प्रवेश गरेको र द्वन्द्वका भग्नावशेषको भारी पनि बिसाउने जिम्मेवारी भएको सरकारका अगाडि चुनौती र समस्याको कमी हुँदैन ।

धर्मनिरपेक्षताको राजनीति

२०६२/६३ सालपछि राजनीतिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा नयाँ अवधारणाले प्रवेश पाएका छन् । जस्तै– नेपाल एकात्मकबाट संघात्मक, संवैधानिक राजतन्त्रबाट गणतन्त्रात्मक र राजतन्त्रात्मक हिन्दु राज्यबाट धर्म निरपेक्ष राज्य ।

कसको सार्वभौमिकता ?

आधुनिक राज्यहरूको मुख्य उद्देश्य नागरिकका आधारभूत आवश्यकता परिपूर्ति गर्ने उपयुक्त वातावरण सिर्जना गर्ने हो । यिनै सामाजिक सम्झौतालाई आधार बनाएर राज्य र समाजबीचको सम्बन्ध बढ्दै आएको देखिन्छ ।

चन्द्रदेव भट्टका लेखहरु :

नश्लवाद : उत्तेजित आक्षेप

सचिन घिमिरेजीले मेरो आलेख (विद्वानहरूले विराएको बाटो, वैशाख १५, २०७५) माथि गरेको टिप्पणी (प्राज्ञिक नश्लवादको विपक्षमा, वैशाख २९, २०७५) पढेंँ । त्यो टिप्पणीलाई म विचार अभिव्यक्ति र भावनाको स्वतन्त्रताका रूपमा ग्रहण गर्छु ।

विद्वानहरूले बिराएको बाटो

हाम्रो समाज दिन–प्रतिदिन झन्–झन् जटिलतातिर उन्मुख भइरहेको छ र सामाजिक मुद्दाहरू पनि विवादास्पद बनिरहेका छन् । कता–कता विभाजनको दिशातिर गइरहेको अनुभूति गर्न सकिन्छ । विभाजनका विभिन्न आधारहरू देख्न सकिन्छ, जस्तै– भाषा, धर्म, संस्कृति, परम्परा, भौगोलिकता, क्षेत्र र राजनीतिक विचारधारा । त्यसैगरी अहिले निर्माण भएको अर्थ–राजनीतिले पनि फरक समस्या उब्जाएको छ । किनकि यसले समाज र परिवार दुवैलाई विभाजित गर्दैछ । यी सबैको प्रतिविम्ब नेपाली राज्य, राजनीति तथा अन्य क्षेत्रहरूमा प्रस्ट देख्न सकिन्छ ।

नेपाल, भारत र चीन सम्बन्ध

केही वर्षयता भारत र चीनसँग नेपालको सम्बन्धलाई लिएर विभिन्न क्षेत्रमा व्यापक बहस भएका छन् । यस्ता बहस विगतमा नभएका होइनन् । तर हालका दिनमा भइरहेका बहसहरूको छुट्टै मौलिकता छ ।

समृद्धिको चाहना

सन् १९५० को दशकमा जतिबेला धेरै देशले प्रजातन्त्रको नामसम्म सुनेका थिएनन्, त्यतिबेला नै नेपालले अहिले चलनचल्तीमा आएको प्रजातन्त्रको अभ्यास गरिसकेको थियो । त्यसैगरी जतिबेला धेरै देशमा ‘विकास’को बहससम्म भएको थिएन, नेपालमा विकासको लागि चाहिने योजना तर्जुमा गर्ने परिपाटीको सुरुवात भइसकेको थियो ।

राजनीतिक स्थायित्व : भ्रम र यथार्थ

जनप्रतिनिधिद्वारा लेखिएको संविधानका आधारमा पहिलोचोटी स्थानीय, प्रादेशिक र संघीय निर्वाचन सम्पन्न भएको छ । यी सबै निर्वाचन शान्तिपूर्ण रूपमा एक वर्षभित्रै सम्पन्न भए । नेपालभित्र तथा बाहिरका धेरै राजनीतिक विश्लेषकले यी सबै निर्वाचन एक वर्षभित्र सम्पन्न गर्न असम्भवजस्तै ठानेका थिए ।