तस्बिर : मनोज पौडेल

लुम्बिनी भ्रमण वर्ष सुरु [फोटोफिचर]

लुम्बिनी भ्रमण वर्ष २०७६ को शुभारम्भ भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनीमा आयोजित कार्यक्रममा पानसमा दियो बालेर शुभारम्भ गरेकी हुन् । २५६३ औँ बुद्ध जयन्ती समारोहमा प्रदेश ५ सरकारले घोषणा गरेको अभियान शुभारम्भ भएको हो । त्यसअघि शनिबार चिटिक्क सिँगारिएको लुम्बिनी पवित्र उद्यानमा विभिन्न कार्यक्रम गरी भव्यरुपमा बुद्धजयन्ती मनाईदैछ ।

२०७५ को अन्तिम सूर्यास्त (तस्बिरहरू)

०७५ साल बिदा भएर गएको छ । चैत्र ३० गते शनिवार साँझ वर्षको अन्तिम सूर्यास्तका बेला आकर्षक तस्बिर देखिए । कपिलवस्तु नगरपालिका-२ बुद्धस्थल निग्रोधारामबाट लिइएका यी तस्बिरहरू उत्तिकै मनमोहक र चित्ताकर्षक छन् ।

लुम्बिनीमा सुरु भयो त्रिपिटक च्यान्टिङ (फोटोफिचर)

नेपालमा पहिलो पटक लुम्बिनीमा बुधबारबाट अन्तर्राष्ट्रिय त्रिपिटक च्यान्टिङ (पाठ) सुरु भएको छ । पवित्र ग्रन्थ त्रिपिटकलाई विषेश रुपले सिँगारेर मायादेवी मन्दिर परिक्रमा गरी सुरु गरिएको थियो।

लुम्बिनीमा श्रीलंकन धुन [फोटोफिचर]

फरक पहिरन, संस्कृति र परम्परा बोकेको श्रीलंकन बाजाको धुनले बुद्ध जन्मस्थल लुम्बिनी गुन्जियो । विषेशगरी शुभ काम र उत्सवमा बजाइने पंचतुर वादनको बाजाले यहाँको वातावरणमा उल्लास थप्यो ।

कठिन दान गर्न श्रीलंकाली लुम्बिनीमा

बौद्ध धर्मावलम्वीको महत्वपूर्ण पर्व मानिने कठिन दान गर्न १ सय ४५ जना श्रीलंकाली लुम्बिनी आएका छन् । उनीहरुले २ दिनसम्म विश्व शान्तिका लागि धार्मिक पाठ, पुजाआजा गर्दै लुम्बिनीमा कठिन दान सम्पन्न गरे ।

तस्बिर : मनोज पौडेलका लेखहरु :

तस्बिरमा हेरौं तौलिहवामा दुर्गा झाँकी विसर्जनको रौनक

दसैंका बेला निकालिने दुर्गा झाँकी विसर्जन गरिएको छ । कहिँ घटस्थापनाका दिनदेखि, कहिँ सप्तमीका दिनदेखि श्रद्धालु भक्तजनले दुर्गा झाँकी निकालेका थिए । कपिलवस्तु नगरपालिकाको १४ वटै वडामा निकालिएको दुर्गा झाँकी रामघाट र जमुवार खोलमा सेलाइएको छ ।

चचहुई [फोटोफिचर]

चचहुई भन्दै दसैं तिहारसम्मै रौनक बढाउने लिङ्गेपिङ विस्तारै हराउँदै गएको छ । ८/१० वर्षअघिसम्म दसैंको घटस्थापनादेखि नै गाउँ टोलमा रोटे, जाते र लिङ्गे पिङ्ग हालेर गाउँले रमाउने गर्थे । तर आजभोलि निक्कै कम भएको छ । रोटे र जातेपिङ त देख्नै छाडिएको छ । कहींकहीं लिङ्गेपिङमात्रै देखिन्छ । दसैंसँग धार्मिक, ऐतिहासिक र सांस्कृतिक सम्बन्ध बोकेको लिङ्गेपिङ जिल्लाका थोरै ठाउँमा मात्र देख्न सकिन्छ । यसवर्ष जिल्लाभरि ६/७ ठाउँमा मात्र लिङ्गेपिङ राखिएको छ । तर पनि पिङ खेलेर गाउँघरमा बालबालिकादेखि युवायुवती र वृद्धवृद्धासम्मलाई रमाइरहेका छन् । दसैंदेखि तिहारसम्म पिङमा रमाउने गर्छन् । विस्तारै पिङ खेल्ने परम्परा कम हुँदै गए पनि मधेसदेखि पहाडसम्म पिङमा मच्चिनेहरु उत्तिकै छन् । तौलिहवाको बर्मेली टोल, सागरटोल, चन्द्रौटा, पिपरा र गोरुसिंगेमा लिंगेपिङ बनाइएको छ ।

मुटु दिवसमा साइकल र्‍याली [फोटोफिचर]

विश्व मुटु दिवसका अवसरमा शनिबार सदरमुकाम तौलिहवामा साइकल र्‍याली निकालिएको छ । पैडल पावर अफ कपिलवस्तु र साइकल राईडर्स अफ कपिलवस्तुको संयोजन र बिङ्स फ्रेन्ड्सको आयोजनामा र्‍यालीको आयोजना गरिएको हो । यो दिवस 'साइकल चलाऔं, मुटु स्वस्थ्य राखौं' भन्ने मुल नाराका साथ हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा मनाइन्छ ।

बस्तीमै चापाकल सुकेपछि... [फोटोफिचर]

बुद्धभूमि नगरपालिका १० देवपुरा, लौहरौला र सुकुम्बासी बस्तीमा चापाकलमा पानी नआउँदा जनजीवन कष्टकर बनेको छ । शनिबारदेखि नलमा पानी नआउँदा जनजीवन सास्ती व्यहोर्न बाध्य छन् । सबैभन्दा पहिलो देवपुराका गोरख केवटको नल सुक्यो ।