जापानको पश्चिमी क्षेत्रमा एक साता अघिदेखिको वर्षासँगै आएको बाढीले मृत्यु हुनेको संख्या २ सय ४ पुगेको छ । दर्जनाैं बेपत्ता छन् । जापान सरकारका प्रवक्ताका अनुसार वर्षाका कारण उद्धारमा समेत कठिनाइ भएको छ ।
राष्ट्रपति इम्यानुएल म्याक्रोंले सार्वजनिक गरेको श्रम सुधार योजनाको विरोधमा गरिएको हड्तालका कारण फ्रान्समा विरोधमा रेल सञ्जाल प्राय ठप्प भएको छ । राष्ट्रिय रेलसेवाका कर्मचारी (एसएनसीएफ) को अगुवाईमा भएको हड्तालले उर्जा तथा फोहोरमैला व्यवस्थापनका क्षेत्रसमेत प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सिरियाली विद्रोही र उनीहरूका परिवारले सरकारसँगको सम्झौतापछि पूर्वी क्षेत्र गुटा छाड्न सुरु गरेका छन् । सरकारी सञ्चारमाध्यमका अनुसार बिहीबार साँझसम्म ८८ विद्रोही तथा ४ सय ५९ सर्वसाधारणले हरस्ता छाडिसकेका छन् । तीमध्ये कतिपय विद्रोहीका परिवार भएको बताइएको छ ।
सिरियाका द्वन्द्वग्रस्त पूर्वी गुटा र अफ्रिन क्षेत्रमा शुक्रबार गरिएका हिंसात्मक कारबाहीका क्रममा कम्तीमा ७७ जनाको मृत्यु भएको छ । आक्रमणपछि कम्तीमा ५० हजार सर्वसाधारण उक्त क्षेत्रबाट बाहिरिएका छन् ।
सिरियाका द्वन्द्वग्रस्त पूर्वी गुटा र अफ्रिन क्षेत्रमा शुक्रबार गरिएका हिंसात्मक कारवाहीका क्रममा कम्तीमा ७७ जनाको मृत्यु भएको छ । आक्रमणपछि कम्तीमा ५० हजार सर्वसाधारण उक्त क्षेत्रबाट बाहिरिएका छन् ।