सीमा तामाङ

एप्सबाटै ट्याक्सी

ट्याक्सी व्यवसायीले मोबाइल एप्समार्फत यात्रुलाई सेवा दिने तयारी थालेका छन् । यसका लागि उपत्यका ट्याक्सी व्यवसाय तथा चालक सेवा समाजले ‘इजी ट्याक्सी नेपाल’ नामको एप्स विकास गरेको छ ।

मास्कबिना मुस्किल

मुलुकको संविधानले स्वच्छ वातावरणमा बस्न पाउनु प्रत्येक नागरिकको मौलिक हक मानेको छ । सर्वोच्च अदालतले इँटाभट्टालाई बस्ती बाहिर सार्ने मुद्दाको फैसलामा स्वच्छ हावा फेर्न पाउने हरेक मान्छेको अधिकार हो भनेको छ । राजधानीको अवस्था भने संविधान र सर्वोच्च अदालतका फैसलाको प्रतिकूल देखिन्छ जहाँ मास्क लगाएर हिँड्दा पनि धुलो र धुवाँले सास फेर्न सकस हुन्छ ।

हरियो स्टिकरका गाडी नै प्रदूषित

सवारीमा हरियो स्टिकर टाँसेपछि बुझ्नुपर्छ, यो गाडीले प्रदूषण गर्दैन/बढाउँदैन तर वातावरण विभाग, यातायात व्यवस्था विभाग र महानगरीय ट्राफिक महाशाखाको संयुक्त अनुगमनले भेटाएको वास्तविकता फरक छ । स्टिकर टाँसिएका सवारीमध्ये ५७ प्रतिशत प्रदूषित देखिएका छन् । 

चोकचोकमा डंगुर

एक सातादेखि फोहोर नउठ्दा उपत्यकावासी   दुर्गन्ध खेप्न बाध्य छन् । व्यापारिक क्षेत्र लगनखेेलमा फोहोर बढ्दै जाँदा हिँडडुल गर्न पनि समस्या भएको स्थानीयको गुनासो छ ।

फुटपाथमै बाइक पार्किङ

टेकुदेखि त्रिपुरेश्वर जाने खोलापट्टिको सडक खण्डमा हिँड्दै थिइन् ६५ वर्षीया मीना शाही । बसाइ सुन्धारा भएकाले शाही दैनिक यही बाटो हिँड्ने गर्छिन् । उनले फुटपाथ कतै फराकिलो भए पनि कतिपय ठाउँ साँघुरो भएको बताइन् । 

सीमा तामाङका लेखहरु :

स्मार्ट पार्किङ व्यवसायमुखी

घरायासी सामान खरिद गर्न स्कुटरबाट न्युरोड पुगेकी बौद्ध निवासी जुना मोक्तानले स्मार्ट पार्किङको प्रयोग गरिन् । पार्किङ व्यवस्था राम्रो भए पनि पार्किङ शुल्क महँगो भएको उनको गुनासो छ । सामान खरिद गरी फर्केपछि पार्किङ क्षेत्रमा रहेको सेक्युरिटीले उनको हातमा ३८ रुपैयाँको चिट थमाइदिए । 

पानी माग्दै काठमाडौंमा प्रदर्शन [तस्बिरहरु]

उपत्यकाका विभिन्न स्थानमा खानेपानी चरम अभाव भएपछि उपभोक्ताहरु आन्दोलनमा उत्रिएका छन् । उपत्यका खानेपानी पीडित दबाव समूह बनाएर उनीहरुले शनिबार थापाथली चोकमा नाराबाजीसहित प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले पानी वितरणमा भइरहेको लापरबाही रोक्नु पर्ने र मेलम्चीको पानी छिटो भित्र्याउनु पर्ने माग गरे ।

प्रसूति गृह आउजाउ नै गाह्रो

टन्टलापुर घाम छ । थापाथलीदेखि प्रसूति गृह जाने सडकको खोलापट्टि हिँड्दै थिइन् ५५ वर्षीया पुगेकी शान्ति जोशी । उनको बसाइँ बबरमहल । अस्पताल र साथीको घर गर्दा उनले गाडी चढ्नुभन्दा पैदल हिँड्नु नै उपयुक्त छ । दिनको दुईपटक आउजाउमा उनलाई निकै सकस हुन्छ ।

सहरका सडकमा बटुवालाई छैन बाटो

दिउँसोको समय, कुपण्डोलबाट थापाथली जाने सडकमा खोलापट्टिको छेउमा हिँड्दै थिइन् एक वृद्धा । उमेरले ७५ पुगेकी सुनमती देवी जोशी । अर्का एकजना महिलाको सहारा लिएर त्यो सडक खण्डमा हिँडिरहेकी उनले नियमित प्रयोग गर्ने बाटो हो त्यो । पुल्चोक बस्ने भएकीले दिनमा एकपल्ट त हिँडेकै हुन्छिन् यो सडक । 

विद्युतीय फोहोर व्यवस्थापनका लागि साझेदारी

विद्युतीय सामानले गरेको प्रदूषण र त्यसले बढाएको फोहोरलाई रोक्न दुई व्यावसायिक कम्पनीबीच साझेदारी सुरु भएको छ ।विश्व वातावरण दिवसको पूर्वसन्ध्यामा चौधरी ग्रुप तथा ब्लु वेस्ट टु भ्यालुबीच विद्युतीय फोहोर व्यवस्थापनका लागि सम्झौता भएको हो ।