१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

वाईपी आचार्य

वाईपी आचार्यका लेखहरु :

प्रियतावादी राजनीतिका आयाम

अहिले नेपालमा कुनै क्षेत्रमा नाम चलेका तथा बौद्धिक भनिने व्यक्तिहरू राजनीतिमा आउने र छिटोछिटो राजनीतिक दल परिवर्तन गर्ने लहरजस्तै चलेको छ । बौद्धिक व्यक्ति राजनीतिमा किन आउन खोज्छन् ? उनीहरूले किन तरल तथा अवसरवादी राजनीतिक चरित्र देखाउँछन् र छिट्टै पलायन हुन्छन् ?

ज्ञानपुँजीको युगमा उच्च शिक्षा

विश्वमा अहिलेको युगलाई चौथो औद्योगिक क्रान्तिको युगको रूपमा लिने गरिन्छ । अहिले विश्वका सबै मानिस एकैसाथ मोबाइलबाट जोडिन सक्ने भएका छन् । हर सूचनाहरू स्टोर भएर रहने तथा एक अर्कामा जोडिएर थप मूल्यवान् हुँदै जाने भएका छन् ।

डेटायुगमा शैक्षिक क्रान्तिको अनिवार्यता

अहिलेको युग ज्ञानपुँजीको हो । जोसँग ज्ञान छ, त्यो धनी छ, शक्तिशाली छ, पहुँचवाला छ । यहाँ मानिसको दिमागमा कैद भएको ज्ञानलाई मात्र नभएर ज्ञानको परिणामस्वरूप भएका अन्वेषणलाई समेत संकेत गरिएको हो । अहिलेको डिजिटल प्रविधि मानव ज्ञानको उपज हो । त्यसैले यो ज्ञानपुँजी हो ।

प्रविधिको फल, चुनावी छल

एउटा अनुसन्धानका क्रममा केही समयअघि डोटी, पाल्पा, कास्की, बुटवल र झापा पुगेका बेला पंक्तिकारले ट्याक्सी र अटोरिक्सा चालकसँग अनौपचारिक कुराकानी गर्ने अवसर पाएको थियो, जहाँ तिनीहरूले एमसीसीका पक्ष–विपक्षमा खुलेर आफ्नो मत प्रकट गरेका थिए । ती सूचनाको स्रोतबारे सोध्दा फेसबुक र अनलाइन मिडिया भन्ने जवाफ दिएका थिए । तिनीहरूले सामाजिक सञ्जालमा जेजे देखे–सुने, त्यही बमोजिम आफ्नो धारणा बनाए । कुनै विषयवस्तुप्रति धारणा बनाउन यसरी भूमिका खेलिरहेको सामाजिक सञ्जालले चुनावी प्रचारमा कस्तो प्रभाव पार्ला, सहजै अनुमान गर्न सकिन्छ ।

डेटा डिक्टेटरसिपको खतरा

हिजोको समाजमा आर्थिक, मानवीय, सामाजिक, ज्ञान र सांस्कृतिक पुँजी फरक–फरक स्थानमा थिए, यी अलगअलग शक्ति थिए । कसैसँग पैसाको पुँजी थियो— लगानी गरी उत्पादन गर्थे, रोजगारी दिन्थे । आर्थिक शक्तिको उपयोग गरी राजनीतिक प्रभाव बढाउँथे । कसैसँग मानवीय पुँजी थियो— ज्ञान, सीप र दक्षताबाट अर्थोपार्जन गर्थे, राजनीतिक पहुँच बढाउँथे, अवसर लिन्थे । कसैसँग सामाजिक पुँजी थियो— भनसुनको हतियार प्रयोग गर्थे, छरितो काम गराउँथे, समाजमा चिनिन्थे, राजनीतिक शक्तिसँग सम्बन्ध विस्तार गरेर अवसर लिन सक्थे । कसैसँग ज्ञानको शक्ति थियो ।

प्रविधिसँग हार्दै मानिस

मानिसले विकास गरेको प्रविधिले मानिसलाई नै जित्दै गइरहेको छ । ह्युमन टेक्नोलोजीका सहसंस्थापक ट्रिस्टन ह्यारिस भन्छन्— प्रविधिले मानिसका दुर्बल पक्षमाथि विजय पाइसकेको छ र अब सबल पक्षमा हमला गरिरहेको छ ।