तस्बिर : कविन अधिकारी

बौद्धमा धमाधम का‍लोपत्रे [तस्बिरहरु]

राजधानीको चाबहिल-जोरपाटी-साँखु सडकखण्ड अन्तर्गत टुसालदेखि बौद्धसम्म मंगलबारदेखि कालोपत्रे सुरु गरिएको छ । काठमाडौं‌ उपत्यका सडक विस्तार आयोजनाका इन्जिनियर एवं प्रवक्ता विश्वविजयलाल श्रेष्ठका अनुसार वर्षात्‌का कारण सडक कालोपत्रे गर्न ढिलाइ भएको हो । यो सडक खण्डको ठेक्का सम्झौता सकिएको र अहिलेसम्म भौतिक प्रगति ५० प्रतिशत भएको श्रेष्ठले जानकारी दिए । धूलो र हिलोका कारण आजित भएपछि कालोपत्रेको माग राख्दै बौद्ध ब्यापार संघको अगुवाईमा केही समयअघि आन्दोलन गरिएको थियो ।

प्रधानमन्त्री भियतनाम र कम्बोडिया प्रस्थान

प्रधानमन्त्री केपी ओली बिहीबार भियतनाम र कम्बोडियाकाे औपचारिक भ्रमणका लागि प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सेना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललगायत मन्त्रीहरु र कर्मचारीले बिदाइ गरेका थिए ।

६७ वर्षीया युगमायाको एसईई यात्रा [तस्बिरहरु]

आइतबारबाट सुरु भएको २०७५ को माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको तयारी गर्दै थिइन्- ६७ वर्षीया युगमाया कार्की । उनले कागेश्वरी मनोहरा नगरपालिकामा रहेको आफ्नै घरमा एसईईको तयारी गरेकी थिइन्  । कार्कीले कक्षा ६ बाट उत्प्रेरणा महिला माविमा पढ्न थालेकी थिइन् । उनको परीक्षा केन्द्र चाहिँ तीनकुने सुविधानगरमा रहेको सिद्धेश्वर माविमा परेको थियो । आइतबार बिहान उनी यही गएर जाँच दिइन् । परीक्षा सकेपछि उनले अनिवार्य अंग्रेजीको परीक्षा राम्रो गरेको बताइन् ।

टुँडिखेलमा सेना दिवसको कवाज [तस्बिरहरु]

नेपाली सेनाले 'सेना दिवस'को उपलक्ष्यमा टुँडिखेलमा विभिन्न प्रकारको कवाज प्रदर्शन गरेको छ । कवाजका साथै सेनाका जवानहरुले हेलिकप्टरबाट फ्रि-फल लगायत पनि प्रदर्शन गरेका थिए । सो क्रममा एकजना जवान घाइते पनि भएका छन् । सेनाको उक्त कार्यक्रम हेर्न राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, प्रधानसेनापति लगायत नेपाल सरकारका कर्मचारी र विशिष्ट व्यक्तिहरु टुँडिखेल पुगेका थिए ।

पिंकाथन काठमाडौंको तेस्रो संस्करण सुरु [फोटोफिचर]

पिंकाथन काठमाड‌ौंको तेस्रो संस्करण शनिबार सुरु भएको छ । महिलाको स्वास्थ्य अवस्थाप्रति उनीहरूलाई सचेत गराउने उद्देश्यले दौड सुरु गरिएको हो । बलिउडका मिलिन्द सोमनको युनाइटेड सिस्टर्स फाउन्डेसनले सुरु गरेको यो ‘फ्रेन्चाइज’ पिंकाथन तीन वर्षदेखि अन्तर्राष्ट्रिय संस्करणका रूपमा काठमाडौंमा आयोजना हुँदै आएको छ ।

तस्बिर : कविन अधिकारीका लेखहरु :

काठमाडौं वरपरका डाँडामा बाक्लो हिमपात (तस्बिरहरु)

शनिवार काठमाडौं वरपरका डाँडाहरुमा पनि हिउँ परेको छ । धेरै वर्षपछि शिवपुरी–नागार्जुन निकुञ्जसहित ललितपुरको फुलचोकी, भक्तपुरको नगरकोट र चन्द्रागिरीमा हिउँ परेको हो ।शनिवार विहानै नागार्जुन निकुञ्ज नजिकको भीमढुंगा र रामकोट तथा शिवपुरीका डाँडागाउँलगायतका स्थानमा हिउँ परेको छ ।

छारोले सबैलाई साह्रो

बिहीबार माइतीघर मण्डला आसपास हिँडिरहेकी कोपिला बस्नेत बाटोमै लडिन् । अगाडितर्फको दिशाबाट गुडिरहेका गाडीले उडाइदिएको बाक्लो छारो आँखाभरि परेपछि उनले बाटो पहिल्याउन सकिनन् र पाइला लर्खराउँदै लडिन् ।

सहरभरि तन्द्र्याङ-तुन्द्रुङ

काठमाडौंको बसुन्धारा, कपन, नारायणगोपाल चोक, बौद्ध, तीनकुने, अनामनगर, थापागाउँ लगायत अन्य ठाउँहरुका मुख्य सडकमा तारहरु लत्रिएका छन् । अव्यवस्थित तारहरुका कारण पैदल यात्रीले सास्ती खेप्नु परेको छ । लत्रिएका तारका कारण बेलाबखत आगलागी र अन्य दुर्घटना हुने गरेका छन् ।

हिउँ पर्‍यो फुरुरु चन्द्रगिरीमा !  

काठमाडौं उपत्यका वरपरका डाँडामा सोमबार बिहान हिउँ परेसँगै ती स्थानहरुमा हिउँ खेल्न जानहरुको भीड लाग्न थालेको छ । काठमाडौं वरपरका चन्द्रागिरी, फुलचोकी, शिवपुरी, भक्तपुरको नगरकोट, मकवानपुरको दामन, दोलखाको कालिन्चोकलगायतका स्थानमा पनि सोमबार बिहान हिमपात भएको हो ।