२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

द मिरर

द मिररका लेखहरु :

जिदानको चाहना प्रशिक्षणमा फर्कने

रियल म्याड्रिड छाडेयता जिनेदिन जिदानले प्रशिक्षकको नयाँ भूमिका सम्हालेका छैनन् । उनी कति राम्रा प्रशिक्षक हुन्, त्यसमा भने कसैलाई शंका छैन । उनले रियलका लागि तीनपल्ट युरोपेली च्याम्पियन्स लिग उपाधि जितेका छन् । अहिले उनका अगाडि फेरि ‘डग आउट’ मा फर्कने दुई विकल्प छन्, एक, फ्रान्सेली राष्ट्रिय टिमका लागि । अर्को पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि । उनी वास्तवमै फेरि प्रशिक्षणमा फर्कन चाहन्छन्, तर दोधारमा छन् ।

म्यानचेस्टरलाई शिक्षा

लिभरपुल मंगलबार इंग्लिस प्रिमियर लिगमा शीर्ष उक्लिन सफल रह्यो, कम्तीमा केही घण्टाका लागि । त्यही खेलबाट म्यानचेस्टर युनाइटेडले भने एउटा फुटबलको पाठ सिक्यो । त्यागे इंग्लिस फुटबलको शिखरबाट यो टिम कति टाढा छ । यस्तो हुँदैनथ्यो त एनफिल्डमा म्यानचेस्टर यति नराम्रोसँग पराजित हुने थिएन । के मात्र रह्यो भने म्यानचेस्टरको शीर्ष चारमा रहेर सिजन टुंग्याउने सम्भावना त जीवन्त छ । तर, कमजोर भएको छ ।

सम्मानको हकदार छन् जिरुड

उनी ‘रातो’ जर्सी लगाएर लन्डन छिरे । बाहिरिँदा ‘नीलो’ जर्सीमा थिए । इंग्लिस प्रिमियर लिगमा धेरै विदेशी खेलाडी आए । गए पनि । तर ओलिभर जिरुडले छाडे जत्तिको प्रभाव अरूको विरलै छ । फ्रान्सेली ३४ वर्षीय खेलाडीले भर्खरै साढे तीन वर्षको चेल्सी बसाइमा पूर्णविराम लगाएका छन् । 

एरिक्सनको स्थितिमा सुधार

सम्भवतः डेनमार्कका क्रिस्टियन एरिक्सनले फेरि फुटबल खेल्ने छैनन् । युरो २०२० को फिनल्यान्डविरुद्धको खेलमा उनलाई हृदयघात भएको रहेछ । टोटेनहनमा एरिक्सनसँग रहेका विशेषज्ञ कार्डियोलोजी प्रोफेसरले आइतबार हृदयघात पुष्टि हुनुअगाडि नै यो अनुमान गरेका थिए ।