१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

लक्ष्मी साह

लक्ष्मी साहका लेखहरु :

बारामा बस पल्टिँदा २३ जना घाइते

हेटौंडा–पथलैया सडक खण्डको अमलेखगन्जस्थित ३ नम्बर पुल नजिक यात्रुबाहक बस मंगलबार पल्टिँदा २३ जना घाइते भएका छन् । बसमा सवार ठेगाना खुल्न नसकेकी निसु खड्काको अवस्था गम्भीर रहेको सिमरा इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए ।

निजगढको बिष्फोट : पक्राउ परेकामाथि कर्तव्य ज्यान कसूरमा अनुसन्धान

निजगढ बजारको शहिद चोकमा तीन जनाको ज्यान जाने गरी सोमबार भएको शंकास्पद धातु बिष्फोट घटनामा पक्राउ परेका दुई जनामाथि प्रहरीले कर्तव्य ज्यान कसुरअन्तर्गत् अनुसन्धान थालेको छ । प्रहरीले घटनापछि पक्राउ परेका कवाड मालिका भारतीय नागरिक राज भनिने रमेश जयसवाल र निजगढ-९ का २६ वर्षीय टिकाराम पाख्रिङलाई हिरासतमा लिएर अनुसन्धान अघि बढाएको हो । 

दुर्घटनामा पूर्वअनुसन्धान अधिकृतको मृत्यु 

नेपालको एकमात्र गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागका पूर्वअनुसन्धान अधिकृत विष्णु थापाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । 

बारा-२ मा उपेन्द्रलाई उछिने शिवचन्द्रले

बारा-२ मा जनता समाजवादी पार्टीका उपेन्द्र यादवलाई जनमतका शिवचन्द्र कुशवाहाले उछिनेका छन् ।  करैयामाई नगरपालिका वडा १ र २ को २ हजार ७४ मत गणना गर्दा यादवलाई कुशवाहाले १०८ मतले अग्रता लिएका हुन् । 

बारा–२, चितवन–२ र तनहुँ–१ मा उपनिर्वाचनको मतदान सुरू

बारा–२, चितवन–२ र तनहुँ–१ मा प्रतिनिधिसभा सदस्य चयनका लागि मतदान सुरू भएको छ । तीनवटै निर्वाचन क्षेत्रमा मतदानका सुरू भएको जिल्ला निर्वाचन कार्यालयहरूले जनाएका छन् । 

प्रश्नपत्र बाहिरएपछि बारामा केन्द्राध्यक्षसहित २ निरीक्षक हटाइयो

बाराको आदर्शकोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर च्यूटाँहा माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट पहिलो दिन शुक्रबार सुरू भएको अंग्रेजी विषयको प्रश्नपत्र परीक्षा सुरू भएको केही मिनेटभित्रै बाहिरिएपछि त्यहाँ केन्द्राध्यक्ष, दुई सहायक केन्द्राध्यक्ष र २ निरीक्षकसहित ५ जनालाई कारबाही गरिएको छ । साथै एक परीक्षार्थीलाई पनि निष्कासित गरिएको छ ।

सडक बनेको ३ वर्ष बित्यो, स्थानीयले पाएनन् अधिग्रहण जग्गाको मुआब्जा

बाराको तामागढी–सिम्रौनगढ सडक निर्माण पूरा भएको तीन वर्ष बित्दा पनि सडक छेउछाउबाट अधिग्रहण भएकाे जग्गावापत् जग्गाधनीहरुले अझै मुआब्जा रकम पाएका छैनन् । ६५ देखि ७० विघा जग्गाधनीले सरकारबाट पाउनुपर्ने २ अर्ब ९७ करोड ७८ लाख रुपैयाँ बराबर नपाएका हुन् ।  

मधेसमा वर्षाले राहत

उखरमाउलो गर्मीबीच पानी परेपछि बारा, महोत्तरीसहितका मधेसमा राहत मिलेको छ । करिब तीन सातापछि बुधबार दिउँसो झम्केर पानी परेपछि यहाँका किसानले राहतको सास फेरेका छन् ।

पचरौताका प्रशासकीय अधिकृत सम्पर्कविहीन : अन्योलमा नगरसभा, स्वास्थ्य सेवा बन्द

बाराको पचरौता नगरपालिकाका कायममुकायम प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव तीन सातादेखि सम्पर्कविहीन भएपछि आर्थिक वर्ष ०७९/०८० को नगरसभा हुन सकेको छैन । नगरसभा हुन नसकेपछि पालिकाले न नीति तथा कार्यक्रम ल्याउन सकेको छ, न त बजेट । 

बारामा उपमहानगरसहित २ पालिकाले अझै ल्याउन सकेनन् बजेट

बाराका १६ वटा पालिकामध्ये २ पालिकाले अझै नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेका छैनन् । जीतपुरसिमरा उपमहानगरपालिका र पचरौता नगरपालिकाले जनप्रतिनिधिहरुबीच भएको विवादले बजेट ल्याउन नसकेको हो । ती दुवै पालिकामा जनप्रतिनिधिहरुबीच राजनीतिक बहुमत र अल्पमतको खिचातानी चलिरहेको छ ।