दानराज रेग्मी

प्रा. रेग्मी त्रिवि भाषाविज्ञान केन्द्रीय विभागका प्राध्यापक हुन्।

हाम्रो राष्ट्रभाषा कुन हो ?

करिब बाह्र वर्ष अगाडिसम्म नेपालको राष्ट्रभाषा कुन हो भनेर प्रश्न गर्दा सबैजसोले कण्ठै भन्थे- देवनागरी लिपिमा लेखिने नेपाली । २०१९ र २०४७ सालमा जारी दुवै संविधानले नेपालीलाई नै राष्ट्रभाषा मानेका थिए । २०४७ सालको संविधानले नेपालमा बोलिने अरू मातृभाषालाई राष्ट्रिय भाषा मानेको थियो । यसमा जनगुनासो रहिरह्यो ।

कामकाजी भाषा कसरी छान्ने ?

प्रदेशमा नेपाली भाषाका अतिरिक्त एक वा एकभन्दा बढी अन्य भाषालाई प्रदेश कानुनबमोजिम सरकारी कामकाजको भाषा तोक्न सकिन्छ तर त्यस्ता भाषा प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने र राष्ट्रभाषा हुनुपर्ने संवैधानिक प्रावधान छ ।

भाषा संरक्षणको ढाँचा

आठपरिया र थकाली भाषा केही दशक अगाडि प्रबल थिए । बालबालिकाले पहिलो भाषाको रूपमा सिक्थे । आज ती भाषा सङ्कटापन्न छन् । नेपालमा बोलिने अन्य भाषा पनि दिन–प्रतिदिन सङ्कटापन्नका रूपमा झरिरहेका छन् । नेपालमा आधाभन्दा बढी भाषा लोपोन्मुख छन् ।

मातृभाषामा किताब लेख्नै अप्ठेरो

नेपालमा निजी आवासीय विद्यालयमा आधारभूत तहदेखि नेपाली र अंग्रेजीमा लेखिएका पाठ्य–पुस्तक पढाइन्छन् । शिक्षणको माध्यम नेपाली र अंग्रेजी दुबै छन् । सामुदायिक विद्यालयमा भने विषयका रूपमा पढाइने अंग्रेजी बाहेकका पाठ्य–पुस्तक नेपालीमा छन् ।

आमसञ्चारमा अल्पसंख्यक भाषा

नेपालमा भाषा धेरै भए पनि तिनीहरूका वक्ता ज्यादै कम छन् । नेपालीबाहेक दस हजारभन्दा माथि वक्ता संख्या भएका भाषा सत्र ओटा छन् । यी भाषामा मैथिली, भोजपुरी, थारू, तामाङ, नेवार, मगर, अवधी, बान्तवा, गुरुङ, लिम्बु, बज्जिका, उर्दू, राजवंशी, शेर्पा, आछामी, बैतडेली र डोटेली पर्छन् । नेवार, मैथिली, भोजपुरी, तमाङजस्ता भाषा आमसञ्चारमा राम्ररी आइसकेका छन् । न्यलाई पनि वक्ता संख्याका हिसाबले बढाउन सकिन्छ ।

दानराज रेग्मीका लेखहरु :

तपाईंले बोल्ने दोस्रो भाषा कुन् ?

विश्वमा भाषा तीव्र गतिमा लोप हुने क्रममा छ । भाषाविद्हरू भन्छन्, ‘हरेक दुई सातामा एउटा भाषा मर्छ ।’ नेपालको जनगणनालाई हेर्‍यो भने उल्टो देखिन्छ । हरेक जनगणनामा यहाँ बोलिने भाषाको संख्या बढिरहेको हुन्छ ।