२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

शब्द, तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

शब्द, तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुरका लेखहरु :

नेपाली खेलाडीमा देखिएको उत्साह [तस्बिरहरु]

कप्तान रोहित पौडेलले जादुमयी बलिङ गरेपछि नेपालले उत्कृष्ट पुनरागमन गर्दै क्यानडाविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ७ रनको जित हात पारेको छ । यससँगै नेपालले तीन खेलको शृंखलामा अग्रता लिएको छ ।टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको नेपाल निर्धारित ५० ओभर पूरा खेली २ सय २४ रनमा अलआउट भएको थियो ।

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट : सुदूरपश्चिममाथि एपीएफको हाबी

साबिक विजेता सुदूरपश्चिम प्रदेश बिहीबार प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमै पराजित भएको छ । उपाधि दाबेदार मानिएको नेपाल एपीएफ क्लबले प्रतियोगिताको पहिलो दिन सुदूरपश्चिमलाई ९ विकेटले हरायो ।

नेपाल र स्कटल्यान्डबीचको खेल [१५ तस्बिर]

नेपालले स्कटल्यान्डविरुद्ध विश्वकप लिग-२ मा ३ विकेटको सानदार विजय हात पारेको छ । नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा २ सय ७५ रनको लक्ष्य १८ बल अगाडि नै पूरा गर्‍यो । खेलमा कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी अर्धशतक बनाएका थिए । लिग-२ मा नेपालको यो लगातार दोस्रो जित हो । कुशल भुर्तेलको शतक र कप्तान रोहित पौडेलको ७२ रनमा नेपालले मंगलबार नामिबियामाथि २ विकेटको विजय हात पारेको थियो । नेपालले स्कटल्यान्डलाई पराजित गरेको यो केवल दोस्रो पटक हो ।

नेता र कलाकारबीच मैत्रीपूर्ण फुटबल [तस्बिरहरु]

केपी ओली कपको प्रर्वद्धन गर्ने उद्देश्यले बुधबार नेता र कलाकारबीच मैत्रीपूर्ण फुटबल खेल भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा पूर्वमुख्यमन्त्रीदेखि लोकप्रिय कलाकारसमेत मैदानमा उत्रिएका थिए । नेताको टिममा नेकपा एमालेका महासचिव पूर्वमुख्यमन्त्री शंखर पोखरेल, नेता महेश बस्नेत, किरण पौडेललगायत थिए ।