पुथाउत्तरगंगा गाउँपालिकाको गाडी सिस्ने गाउँपालिकाको रुकुमकोटमा थन्किएको छ । वर्षासँगै पुथाउत्तरगंगाका कुनै ठाउँमा गाडी चल्ने अवस्था नभएपछि गाउँपालिकाको स्कर्पियो रुकुमकोटमा थन्क्याइएको हो । ३६ लाख ६० हजारमा भित्र्याइएको हाफबडीवाला स्कर्पियो वर्षा सुरुसँगै रुकुमकोटमा थन्किएको छ ।
मुलुककै ‘कान्छो जिल्ला’ रुकुम पूर्वका लागि प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेर एक महिनाअघि रुकुमकोट आइपुगेका भुपेन्द्र सोपकोटालाई आजभोलि राजनीतिक दल, अगुवा, समाजसेवी तथा सरकारी अधिकारीसँग भेटेर छलफल चलाउन भ्याइनभ्याई छ । नयाँ जिल्लालाई कस्तो बनाउने भन्ने विषयमा सरकारी कर्मचारीको नेतृत्व सम्हाल्दै उनी दैनिकजसो व्यस्त भइरहन्छन् ।