जनकराज सापकोटा

सापकोटा विगत १५ वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी सामाजिक न्याय, सुशासन, वैदेशिक रोजगारी, मानव बेचबिखन तथा सुरक्षाका विषयमा समाचार लेख्छन् ।

जनकराज सापकोटाका लेखहरु :

स्वतन्त्र र 'नो नट अगेन' पानीको फोकाजस्तै, अराजकतातिर लैजान सक्छन् : दाहाल

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दलको विकल्पको रुपमा उभिएका स्वतन्त्र उम्मेदवार र वर्षौं शासनमा बसेका नेताहरुलाई नदोहोर्‍याउन अपिल गर्दै सामाजिक सञ्जालमा चलिरहेको 'नो नट अगेन' अभियानलाई पानीको फोकाको संज्ञा दिँदै यसले मुलुकलाई अराजकतातिर लैजाने जोखिम रहेको आरोप लगाएका छन् । चुनावी प्रचारका क्रममा गोरखाको भच्चेकमा रहेका अध्यक्ष दाहालले आइतबार कान्तिपुरसँगको कुराकानीमा यस्तो बताएका हुन् ।

न्याय खोज्न माइतीघरमा

न्यायको खोजीमा नेपालगन्जबाट सिंहदरबार ताकेर हिँडेका ११ महिला सहितको १४ जना न्यायको आवाज सुनाउन माइतीघर मण्डलामा पुगेका छन् । उनीहरू ११ बजेतिर माइतीघर मण्डलामा आएका हुन् ।

लेबनानमा ११ वर्षपछि सजिता स्वतन्त्र

बुधबारको बिहान उनले बिताएका ११ वर्षजस्तो थिएन । सजिता लामाले लेबनानको भूमिमा स्वतन्त्रताको महसुस गरिन् । उखानअनुसार हुन्थ्यो भने त खोला १२ वर्षमा फर्किन्थ्यो तर घरेलु कामदारका रूपमा बँधुवा मजदुर जस्तो जीवनबाट मुक्ति पाउन उनले ११ वर्ष कुर्नुपर्‍यो ।