गत अप्रिल ७ अर्थात् चैत २७ का दिन ‘आईक्यू एअर’ ले मापन गरेको प्रत्यक्ष अपडेटअनुसार नेपाल विश्वका सहरहरूमध्ये सबैभन्दा प्रदूषित सहरमा सूचीकृत भयो । जुन केही दशकयता जलवायुमा आएको परिवर्तनको परिणाम हो । यसको भागीदार केही हदसम्म नेपाल आफैं छ भने केही हदसम्म अरू देश । परिणामले मानव स्वास्थ्य, पर्यावरण र सम्पूर्ण जीवित प्रजातिमा पर्ने असर त विकराल नै छ ।