श्यामसुन्दर शशि

केन्द्र विवाद : कार्यालयका सामान सार्न खोज्दा झडप

केन्द्र सार्ने विवादले हंसपुर नगरपालिका २ बघचौडास्थित स्थायी केन्द्र मंगलबार दिनभर तनावग्रस्त रह्यो । घटनामा आधा दर्जन स्थानीय र केही प्रहरी घाइते भएका छन् । बघचौडास्थित स्थायी केन्द्रमा रहेका कागजपत्र ओसार्न सशस्त्र र नेपाल प्रहरीको सुरक्षा घेरामा मेयर रामज्ञान मण्डलले दुईवटा ट्र्याक्टर पठाएका थिए । तर वडाध्यक्ष उदयकुमार साहको नेतृत्वमा स्थानीयले विरोध गर्दा स्थिति तनावग्रस्त बनेको हो । 

धनुषामा रोकिएन तस्करी

सीमा नाकामा सशस्त्र र जनपथ प्रहरीको दर्बिलो उपस्थिति रहेपनि धनुषामा भने अवैध मालसामान आयात/निर्यात रोकिएको छैन । तस्करहरुले आफ्नो सुविधा अनुसार रुट परिवर्तन गर्दै तस्करीलाई निरन्तरता दिँदै आएका छन् ।

माओवादीले उठाएका मुद्दाहरु संविधानमा समेटिएन : वैद्य

नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले जनआन्दोलनको क्रममा माओवादीले उठाएका मुद्दाहरु वर्तमान संविधानमा समेटिन नसकेको बताएका छन् ।

आत्मरक्षा तालिम लिँदै ६ हजार ४ सय विद्यार्थी

लैङिक हिंसा तथा विभेदबाट जोगिन प्रदेश २ की ६ हजार ४ सय विद्यार्थीले मंगलबारदेखि आत्मरक्षा तालिम लिन थालेका छन् । सामाजिक विकास मन्त्रालयले ‘स्वास्थ्यको लागि खेलकुद ,राष्ट्र निर्माणको लागि खेलकुद ’ मूल नारासाथ आयोजना गरेको १५ दिने आत्मरक्षा तालिममा प्रदेश २ मातहतका ६४ सामुदायिक विद्यालयका ६ हजार ४ सय विद्यार्थी सहभागी छन् ।

जनकपुरका महन्त आन्दोलित

गुठी विधेयक फिर्ता लिनुपर्ने मागसहित जनकपुरका सन्त–महन्त आइतबार प्रदर्शनमा उत्रिएका छन् । जनकपुरस्थित रंगभूमि मैदानको तुलसी स्मारकबाट र्‍याली निकालेका उनीहरूले नगरपरिक्रमा गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाए । 

श्यामसुन्दर शशिका लेखहरु :

गुठी विधेयकविरुद्ध महन्तहरु आन्दोलित 

प्रस्तावित गुठी विधेयक फिर्ता लिनु पर्ने मागसहित जनकपुरका सन्त महन्तहरुले आइतबार प्रदर्शन गरेका छन् । बाह्रबिघास्थित तुलसी स्मारकबाट निस्केको विरोध जुलुसले नगर परिक्रमा गरेको थियो । प्रदर्शनमा सहभागीहरुले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।

मेयर र प्रधानाध्यापक विवाद : धनुषाको तीनकौरिया चोक तनावग्रस्त

नगरप्रमुख र प्रधानाध्यापकबीचको विवादले आइतबार धनुषाको तीनकौरिया चोक तनावग्रस्त बनेको छ । विदेह नगरपालिकाको गत वैशाख दोस्रो साता सम्पन्न बोर्ड बैठकले जनता नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक पवनकुमार मण्डललाई नगरपालिका भित्रकै शंकर जनता माध्यमिक विद्यालय, दुहवीमा काज सरुवा गरेपछि प्रधानाध्यापक मण्डल र नगरप्रमुख दासबीच द्वन्द्व बढेको हो । अभिभावक तथा विद्यार्थीहरु दुई ध्रुवमा विभाजित भएकोले पछिल्ला केही दिनदेखि तीनकौरिया चोक तनावग्रस्त छ । आइतबार बिहान विद्यालय सञ्चालन भएलगतै प्रधानाध्यापक मण्डल समर्थक विद्यार्थीहरुको समूह मेयर बेचन दासको विरोधमा नाराबाजी गर्दै तीनकौरिया चोकमा टायर बालेका थिए ।

रेल विभागका पदाधिकारी भन्छन्, 'ढुक्क हुनुस्, असोजमा रेल आउँछ'

बहुप्रतीक्षित जयनगर-जनकपुर-कुर्था रेल सेवा आउँदो असोजदेखि सञ्चालन हुने रेल्वे कम्पनीका पदाधिकारीले बताएका छन् । 'छिटोमा भदौ र ढिलोमा असोजसम्म रेल सञ्चालन हुनेमा ढुक्क हुनुस्,' रेल विभागका डीजी बलराम मिश्रले कान्तिपुरसँग भने, 'दुईवटा रेल खरिद गर्ने सम्झौता भइसकेको छ ।' 

जनकपुर-जटही सडक ६ लेन बन्दै

जनकपुरलाई पूर्व-पश्चिम राजमार्गदेखि भारतको जटही नाकासम्म जोडने ४० किलोमिटर व्यापारिक मार्गको निर्माणले तीब्रता पाएको छ । सडक ६ लेनको बनाइँदै छ ।

हुलाकी सडक निर्माणलाई तीव्रता दिन माग गर्दै मोटरसाइकल र्‍याली

हुलाकी सडक तथा कमला पूल निर्माणलाई तीव्रता दिन माग राख्दै सार्वजनिक निर्माण सरोकार समाजले बिहीबार मोटरसायकल र्‍याली निकालेको छ । र्‍यालीमा जनकपुर उपमहानगरपालिका, कमला, शहीदनगर, हंसपुर, विदेह नगरपालिका तथा औरही र जनकनन्दनी गाउँपालिकाका उपभोक्ताहरुको उल्लेख्य सहभागिता थियो ।