१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

विप्लव भट्टराई

विप्लव भट्टराईका लेखहरु :

डीडीसीले इलामका किसानको दुई करोड दिएन

दुग्ध विकास संस्थानले नियमित भुक्तानी नगर्दा समस्या भएको किसानले गुनासो गरेका छन् । जिल्लाभरका किसानको रोकिएको रकम मात्र २ करोड ३० लाख हाराहारी रहेको दुग्ध उत्पादक सहकारी संघ इलामका अध्यक्ष हेमप्रसाद कट्टेलले जनाए । चैत १५ यता ४४ लाख ८० हजार लिटर दूधको भुक्तानी पाउन बाँकी देखिएको हो ।

इलाममा उद्धार अभ्यास

इलामका सुरक्षा निकायहरुले शनिबार संयुक्तरुपमा विपद्‌मा गरिने उद्धार अभ्यास गरेका छन् । इलाम नगरपालिका-१० स्थित माईखोला टुप्पुमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र रेडक्रसले आफूहरुसँग भएको जनशक्ति र उपकरण प्रयोगबाट सम्भावित क्षति  जोगाउन गरिने प्रयासहरुको नमुना प्रस्तुत गरेका हुन् ।

कहिले खुल्छ चिवाभन्ज्याङ नाका ?

भारतको सिक्किमसँग सिमाना जोडिएको पाँचथरको चिवाभन्ज्याङ नाकासम्मै मोटरबाटो पुग्दा सिक्किमको उत्तरी छेउसम्म मात्रै मोटरबाटो आएको थियो । गत वर्षदेखि भारतले पनि सिमानासम्मै सडक पुर्‍यायो । सडक पूर्वाधार बने पनि चिवाभन्ज्याङ नाका नखुल्दा आवतजावत हुन सकेको छैन ।

कारागार सुधारको प्रयास

कारागारभित्र तास खेल्ने, मदिरा सेवन गर्ने र कैदी फरार हुनेजस्ता घटना बढेपछि चर्चामा रहेको इलाम कारागारको सुधारको प्रयास थालिएको छ । कारागारमा हुने विकृति न्यूनीकरण गर्दै नमुना केन्द्रको रुपमा स्थापना गर्ने उद्देश्यले ‘इलाम कारागार सुधार मार्गचित्र २०८०’ जारी गरेर कार्यान्वयन थालिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।

इलामको सूर्योदयमा ढिस्कोले पुरिएर ४ भारतीय कामदारको मृत्यु

इलामको सूर्योदय नगरपालिका वडा नम्बर १० फिक्कल बजारनजिकै घर बनाउने क्रममा माटोको ढिस्कोले पुरिएर ४ जनाको मृत्यु भएको छ ।

अर्थोडक्स चियाको मूल्य किलोकै १० हजार !

मुलुकमा पहिलो पटक अक्सन (लिलाम) मार्फत चिया बिक्री भएको छ । इलामको कन्याममा शनिबार गरिएको ‘डेमो अक्सन’ (नमुना बोलकबोल) मा यसरी चिया बिक्री गरिएको हो । अमेरिका, चीन, जापान र रुसका चिया खरिदकर्ता सहभागी ‘अक्सन’ मा अर्थोडक्स चियाले प्रतिकिलो १० हजार रुपैयाँसम्म मूल्य पाएको छ । 

इलाममा हुन लागेको म्याराथनमा १ सय ४७ जना सहभागी

पहिलो पटक इलाममा हुन लागेको म्याराथनमा १ सय ४७ जनाले सहभागिता जनाउँदै छन् । नयाँ वर्षको अवसरमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजित आकर्षक पुरस्कार राशीको प्रतियोगितामा १ सय १९ पुरुष र महिलातर्फ २८ जनाले सहभागिता जनाउँदै छन् । 

इलाममा साहित्य महोत्सव सुरु

साहित्यमार्फत इलामको पर्यटकिय गतिविधिलाई बढावा दिने उद्देश्यले आइतबार इलाममा अन्तर्राष्ट्रिय साहित्य महोत्सव सुरु भएको छ । नेपाल र भारतका साहित्यकार सम्मिलित महोत्सव सोमबारसम्म चल्नेछ । महोत्सवमा साहित्य, राजनीति, पर्यटन सिनेमालगायत १४ विधामा छलफल हुँदै छ । 

बसाइँ सरी आउनेलाई सम्मान

यतिबेला पहाडी क्षेत्रको मुख्य चुनौती भनेको जनसंख्या घट्दै जानु हो । यसो हुनुमा घट्दो जन्मदर र बढ्दो बसाइँ–सराइ यसका मुख्य कारण देखिएका छन् ।

इलाममा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

इलाम नगरपालिका ५ स्थित नवनिर्मित कभर्डहलमा कोसी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता बिहीबारबाट सुरु भएको छ । ब्याडमिन्टनतर्फको यो नै जिल्लामा आयोजना गरिएको ठूलो प्रतियोगिता हो ।