अच्युत वाग्ले

दोस्रो दर्जाका पुरुषहरू

पुरुषका ‘दोस्रो दर्जाको’ व्यवहार झल्काउने केही उदाहरणहरू ताजा छन् । निर्मला मात्र होइन, आठमहिने शिशुदेखि स्कुले बालिकासम्मको बलात्कार गरेपछि हत्या नै गर्ने ‘प्याटर्न’ स्थापित भएको जस्तो देखिन्छ । अपराधको यो नयाँ ‘प्याटर्न’ ले सिङ्गो नेपाली समाजलाई भित्रैदेखि भयकम्पित बनाएको छ ।

ओलीको असफलता चेत

शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल दुई तिहाइको सरकार प्रभावकारी काम गर्न असमर्थ भएको निष्कर्षमा पुगेका छन् । सरकार गठन यताका ६ महिनाको समीक्षाका रूपमा पलाएको यो आत्मचेत स्वागतयोग्य हो । सरकारसँग असीमित सम्भावना र अवसर अझै छन् ।

‘असम्भव राष्ट्र’

यसै साता काठमाडौंमा हुने चौथो बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालको खाडीको पहल) शिखर सम्मेलनको अन्तिम तयारी भइरहेको छ । सातवटा मुलुकका कार्यकारी प्रमुखहरू आउने यो सम्मेलन नेपालको अन्तर्राष्ट्रिय छवि निर्माणका दृष्टिले अहम् कूटनीतिक महत्त्वको छ ।

विश्वविद्यालय मृगतृष्णा

तीन महिनाअघि पूर्वाधारविद् डा. सूर्यराज आचार्यले एउटा ट्विट गर्नुभयो । त्यसको सार थियो— नेपालले विश्व वरीयतामा ‘टप हन्ड्रेड’ मा पर्ने कम्तीमा एउटा विश्वविद्यालय स्थापनाको पहल गर्नुपर्छ ।

करको भद्रगोल

स्थानीय तहको करको बहसले राष्ट्रिय आयतन लिएको छ । यो बहस मुद्दाको गाम्भीर्यभन्दा राजनीतिक आग्रह–पूर्वाग्रहको कुहिरोमा रुमलिने जोखिम छ । करको विरोधमा राष्ट्रव्यापी रूपमा सरकार विरुद्ध जनमत छ । नेपाली कांग्रेस लगायतका प्रतिपक्षी राजनीतिक दलहरूलाई यो जनभावना आफ्नो राजनीतिक हित अनुकूल प्रयोग गर्ने अवसर हो भन्ने लागेको हुनसक्छ ।

अच्युत वाग्लेका लेखहरु :

राष्ट्रव्यापी कर आतंक

मुलुकमा यतिखेर एक प्रकारको कर आतङ्क छ, राष्ट्रव्यापी रूपमै । संघीय शासन प्रणाली स्थापनाको परिणामस्वरूप अधिकार सम्पन्न स्थानीय तहका सरकारहरूले सम्पत्तिदेखि पारवहन र मनोरञ्जनसम्मका  कर र अनेकौं नामका शुल्कहरू मनोमानी ढंगले लगाउन थालेका छन् ।

कता रुमलियो सरकार ?

बीसौं शताब्दीका चर्चित वैज्ञानिक दार्शनिक (फिलोसोफर अफ साइन्स) कार्ल पोप्परले सन् १९४५ मै कार्ल माक्र्सलाई झुठो भविष्य द्रष्टा (फल्ज प्रोफेट) को संज्ञा दिए । मुख्य कृति ‘ओपन सोसाइटिज एन्ड इट्स इनेमिज–२’ मा उनले आफ्नो मुख्य सिद्धान्त ‘क्रिटिकल र्‍यास्नालिजम’लाई स्थापित गर्ने क्रममा माक्र्सले मनोविज्ञानवादलाई गरेको आक्रमण र स्वायत्त सामाजिक विज्ञानका पक्षमा अघि सारेका तर्कको खण्डन गरे ।

ओलीको विकास : राष्ट्रिय परिहास

जेठ १४ मा १,३३६ अंकमा रहेको नेप्से परिसूचक भोलिपल्ट बजेट प्रस्तुत भएपछि लगातार ओह्रालो लागेर असार २७ गते मौद्रिक नीति प्रस्तुत हुँदाका दिन १,२०५ मा झरेको थियो । यो परिसूचक हिजो आइतबार दिउँसो मध्यान्नसम्ममा १२०० भन्दा तलै ओर्लिसकेको छ । सरकारका वित्त र मौद्रिक नीतिजस्ता वार्षिकतर धेरै पक्षमा दीर्घकालीन आर्थिक प्रभाव छाड्ने अहम् महत्त्वका नीतिहरूले एकपछि अर्कोगरी लगानीकर्ताको मनोबललाई यसरी खस्काउनु अर्थतन्त्रका लागि चिन्ताको विषय हो ।

किन अत्तालिएको हो सरकार ?

सत्रौं शताब्दीका प्रसिद्ध राजनीतिक दार्शनिक थमस हब्सले आफ्नो युगान्तकारी पुस्तक ‘लोभियथन’ (सन् १६६८, भाग ४४) मा भनेका छन्, ‘अन्धकार अधिराज्य भनेको... आम मानिसमाथि नियन्त्रण हासिल गर्न बनाइएको धूर्तहरूको परिसंघ बाहेक अरू केही होइन, जहाँ भ्रामक सिद्धान्तहरूमार्फत प्रकाशलाई निभाएर अन्धकारमा मिलाउने प्रयास हुन्छ ।’

संसदीय मार्क्सवादको परीक्षण

सर्वप्रथम, केही बुँदागत टिप्पणी डा. खगेन्द्र प्रसार्इंको ‘संसदीय व्यवस्था र मार्क्सवाद’ (कान्तिपुर, जेठ ३१) शीर्षकको लेखमाथि ।१. ‘संसदीय मार्क्सवाद’को कथम् नयाँ बहस सुरु गरेकामा र पंक्तिकारको धारणाको प्रसंगसमेत उल्लेख गरेकामा उहाँलाई धन्यवाद । चरम बहुमतसहित कम्युनिष्ट सरकार शासन सत्तामा आएको नेपालजस्तो मुलुकमा मार्क्सवादमाथिको बहसको सान्दर्भिकता सायद अझै बाँकी छ ।