२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

सुरज कुँवर

कुँवर विगत १७ वर्षदेखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

सुरज कुँवरका लेखहरु :

सगरमाथा आरोहणमा अब चिप्स अनिवार्य 

हिमाल आरोहणको वसन्तकालीन सिजन सुरु भएसँगै अब सगरमाथालगायतका हिमचुचुरा आरोहणमा विद्युतीय चिप्स अनिवार्य गरिएको छ । आरोहीको सुरक्षाका लागि विद्युतीय चिप्स अनिवार्य गरिएको हो ।

पर्यटनमन्त्रीले प्राथमिकतामा राख्नुपर्ने मुद्दा

जबजब सरकार अदलबदल हुन्छ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुन दल तथा तिनका सांसदबीच हानथाप भएको त्यति सुनिन्न । पर्यटनमन्त्री भई पदभार ग्रहण गर्नुअघि ‘धेरैजसोले पर्यटनमा के नै छ र ?’ भनी नजरअन्दाज गरेको देखिन्छ । पर्यटन मन्त्रालयमा आइसकेपछि मन्त्रालयको कार्यक्षेत्र बुझ्नै नपाई धेरै मन्त्री बिदा भइसक्छन् । प्रायः मन्त्रीले बिदाइका बेला स्विकार्ने गरेका छन्, ‘पर्यटन मन्त्रालय बुझ्दाबुझ्दै समय बितेको पत्तै पाइएन ? धेरै गर्न सकिएन ।’

विज्ञापनमा अपांगता कोटा, तर शर्त नै शर्त

काठमाडौंसहित देशभरका विमानस्थलका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) र विमानस्थल उद्धार तथा अग्नि नियन्त्रक (फायर फाइटर) का लागि सार्वजनिक गरेको तालिममा अपांगता कोटा छुट्याए पनि शर्त नै शर्त राखिएको छ । जसले गर्दा सामान्यदेखि पूर्ण अशक्त अपांगता भएकालाई आवेदन दिन रोक लगाएको छ ।

नवनियुक्त मन्त्रीका थरीथरी निर्णय

मुलुक आर्थिक मन्दीका कारण निराशाबाट गुज्रिरहेका बेला पुनर्गठित पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिमण्डलका नवनियुक्त १९ जना मन्त्रीले थोरै आशालाग्दा र धेरै पूरा हुन नसक्ने बासी निर्णय तथा निर्देशन दोहोर्‍याएका छन् ।

'स्टन्ट' गर्दिनँ, नेपाली वायुसेवालाई कालोसूचीबाट निकाल्छु : पर्यटनमन्त्री तामाङ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले आफ्नो कार्यकालमा ‘स्टन्ट नगर्ने’, नीतिगत सुधारका कामलाई प्राथमिकता दिने बताएका छन् । बुधबार पदभार ग्रहण गरेलगत्तै संचारकर्मीसँग कुरा गर्दै मन्त्री तामाङले आफू स्टन्टबाजको पक्षमा नभएकाले कार्यकाल खोज, अनुसन्धान तथा नीतिगत सुधारमा हुने बताए ।

चैत १९ पछि काठमाडौं विमानस्थलमा उत्तर दिशाबाट जहाज अवतरण गर्न नपाइने 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एकमात्र धावनमार्गका दुवै बिन्दुमा भइरहेको निर्माणका कारण आउँदो चैत १९ देखि बौद्धतर्फको उत्तरी बिन्दुबाट जहाज अवतरण गराउन नपाइने भएको छ । ३ हजार ५० मिटर लामो धावनमार्गको उत्तर–दक्षिणतर्फ २ सय ३६ मिटर क्षेत्रभित्र पसेर उड्न र त्यहाँभित्र अवतरण गर्न पनि नपाइने भएको छ ।

निगमको जहाज ८६ दिनदेखि ग्राउन्डेड, इजरायलमा मर्मत हुँदै

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको ‘लुम्बिनी’ नामक न्यारोबडी ८६ दिनदेखि ग्राउन्डेड भएको छ । मर्मतका लागि इजरायल पठाइएको उक्त जहाज निगमको चरम व्यवस्थापकीय लापरबाहीका कारण झन्डै तीन महिनादेखि ग्राउन्डेड भएको हो । जसका कारण निगमलाई मासिक साढे आठ करोडभन्दा बढी रुपैयाँ नोक्सानी भइरहेको छ ।

मन्त्री संस्कृति : सधैं गैरजिम्मेवार अभिव्यक्ति

संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री सुदन किराती कहिले आफ्नै कार्यकक्षमा पोछा लगाएको तस्बिर सार्वजनिक गरेर भारइल हुन्छन्, कहिले जथाभावी बोलेर विवादमा आउँछन् । पछिल्लो समय उनी आपत्तिजनक अभिव्यक्तिका कारण विवादमा छन् ।

साना ३ जहाज किन्ने प्रक्रियामा ऐनविपरीत निगमको चलखेल

करिब ३ अर्ब लगानीमा तीनवटा साना जहाज किन्न आह्वान गरिएको ‘ग्लोबल टेन्डर’ प्रक्रियामा बोलपत्र बुझाउने जहाज उत्पादक तीनवटा कम्पनीहरू प्राविधिक मूल्यांकनमा फेल भए पनि नेपाल वायुसेवा निगम व्यवस्थापनले नयाँ टेन्डर प्रक्रियामा नगई सार्वजनिक खरिद ऐनविपरीत तीनै कम्पनीलाई प्राविधिक मूल्यांकनमा ‘पास’ गराउन चलखेल सुरु गरेको छ । 

जाभामा भेटौंला !

सिद्धार्थ वनस्थलीको एसएलसी, शंकरदेव क्याम्पसको प्रमाणपत्र तहपछि ०५६ सालमा जब गगन प्रधान अस्ट्रेलियाबाट होटल म्यानेजमेन्टमा स्नातक सकेर काठमाडौं फर्किए, त्यतिबेला काठमाडौंका गल्ली–गल्लीमा चिया पसलको एकछत्र राज थियो । त्यसताका काम गर्दागर्दै दिमाग ‘ह्यांग’ भइहाले मानिसहरू तातो पेयपदार्थका नाममा ५/१० रुपैयाँमा सिसाको गिलासमा पाइने चियाको चुस्की लिई शरीरबाट हराएको स्फुर्ती फर्काउँथे । मध्यम तथा उच्च वर्गका मानिसहरू पनि भेटघाटमा चिया नै पिउँथे/खुवाउँथे ।