प्रकाश बराल

नमुना सहरमा असारदेखि बिजुली

नमुना सहरमा सूचीकृत भएर तीन वर्षदेखि काम सुरु भएको बुर्तिबाङमा चालु वर्ष बिजुली पुर्‍याउने तयारी भएको छ । वर्षौंदेखि लघुजलविद्युत्को भरमा रहेको बागलुङको ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकामा राष्ट्रिय प्रसारण लाइन पुर्‍याउन काम सुरु भएको हो ।

'गण्डकी प्रदेश वायुपंखी घोडाझैं विकासमा जान्छ'

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले प्रदेशको विकास वायुपंखी घोडाझैं दौडाउने बताएका छन् । बागलुङ कालिका मन्दिरमा आयोजित चैतेदसैं मेलाको उद्घाटन गर्दै पर्यटनको माध्यमबाट बढी आम्दानी गर्ने र विकासलाई तीव्रगतिमा दौडाउने प्रदेश सरकारको कार्यक्रम रहेको दाबी गरे ।

गाउँ फर्केर कुखुरापालन

‘फागुन पहिलो साता खोरमा चल्ला हुलेका थिएँ । चैत दोस्रो साता धमाधम बिक्री भए । आफ्नो लागत उठाएर पनि एक लाख रुपैयाँ बचाएँ ।’ निसीखोला–३ झिवाखोलाका खिमलाल कँडेलले दानापानी, चल्ला किन्दाको खर्च र आफ्नो मिहिनेतको पारिश्रमिक कटाएर कमाएको पैसाले गाउँमै रमाउन सकेको बताएका छन् ।

गाउँका शिक्षा शाखा रित्तै

माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापन अधिकार स्थानीय तहलाई दिइएको छ । अधिकार प्रयोग गर्दा शिक्षक सरुवा, बढुवा र भर्नालगायत काम स्थानीय तहले गर्नुपर्छ । त्यति मात्र नभई पाठ्यक्रम विकास, भर्ना अभियान, शिक्षकको तलबभत्ताको व्यवस्था र भैपरि आउने कामसमेत गर्नुपर्ने हुन्छ । 

सरकार लोकतन्त्रविरोधी : कांग्रेस नेता आचार्य

कांग्रेस नेता महेश आचार्यले वर्तमान सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्प्युनिष्ट पार्टीलाई लगाएको प्रतिबन्धलाई लोकतन्त्रविरोधी संज्ञा दिएका छन् । जीपी कोइराला फाउन्डेशन बागलुङले शुक्रबार गरेको विचार गोष्ठीमा आएका आचार्यले राजनीतिक दललाई प्रतिबन्ध लगाउने कामबाट लोकतान्त्रिक मूल्यमान्यतामा चोट पुग्ने बताए ।

प्रकाश बरालका लेखहरु :

रातिराति काम

योजना सम्झौता गर्न दिउँसो नगरपालिकाको कार्यालय आएका गंगाबहादुर थापा प्रमुख प्रशासकीय अधिकृतलाई नभेटेर फर्किए । उनीजस्तै अरू पनि केही सेवाग्राही त्यसरी नै फर्केका थिए । 

पाहुनालाई लालीगुराँसले स्वागत

सदरमुकाम बागलुङका मञ्जुल शाक्यका लागि भकुन्डे क्षेत्र नौलो होइन । उनले सार्वजनिक बिदाको दिन पारेर भकुन्डे घुम्ने होमस्टे (घरवास) मा बास बस्ने योजना बनाए । पहिल्यै खबर गरेर पुग्दा होमस्टेमा स्थानीयले फूलमालाले स्वागत गरेर आन्तरिक पर्यटकको आतिथ्य गरेको देख्दा भने निकै रमाइलो माने ।

सुख्खा पहिरो पन्छाउन गएका ३ सैनिक घाइते

सुख्खा पहिरो खसेर अवरुद्ध भएको सडक खुलाउन गएका तीन सैनिक जवान घाइते भएका छन् । काठेखोला गाउँपालिका-८ लेखानी देखि वडा नं. ५ कर्लिम जाने सडक केही दिनदेखि अवरुद्ध थियो ।

अघि बढेन नमूना सहर योजना

मध्यपहाडी लोकमार्गका १० सहरलाई व्यवस्थित र नमुना बनाउने सरकारी योजना बुर्तिबाङमा अस्तव्यस्त भएको छ  । केन्द्रीय बजेट र कार्यक्रममार्फत सञ्चालित नमुना सहरी आयोजनाले चालु वर्ष कुनै काम गरेको छैन  ।

अन्योलमा पुनर्निर्माण

भूकम्पले भत्किएको घर बनाउन आफूसँग रकम थिएन । गाउँलेले चन्दा उठाए, अलिकति ऋण पनि काढियो । गलकोट–२ की वसुन्धरा गैरेले त्यो ऋण तिर्न अझै सकेकी छैनन् । भूकम्पपीडितको लगत संकलनमा उनको नाम छुट्यो ।