सशस्त्र प्रहरी बलले नेपालबाट भारत लैजाँदै गर्दा २३ किलो चरेस बरामद गरेको छ । बर्दियाको बढैयाताल गाउँपालिका २ फटाहास्थित नेपाल-भारत सिमानामा मंगलबार बिहान ४ बजेतिर चरेससहित एक जनालाई पक्राउ गरेको सशस्त्र प्रहरी बल ३१ नम्बर गणले जनाएको छ ।
बर्दिया निकुञ्ज अन्तर्गत पश्चिम क्षेत्रमा वन्यजन्तुका लागि पानीको मुख्य स्रोतका रुपमा रहेका कर्णालीका भंगाला सुकेर वन्यजन्तु प्रभावित बनेको लामो समयपछि सोमबारबाट नदी फर्काउन थालिएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढेसँगै पर्यटन व्यवसायीहरु उत्साही बनेका छन् । कोरोना महामारी, आर्थिक मन्दीका कारण थिलथिलो बनेको पर्यटन व्यवसायमा चालु आर्थिक वर्षदेखि विस्तारै आशा पलाएको हो ।
चार दशकअघिसम्म पश्चिम नेपालकै बुटवल र नेपालगन्जपछि तराईको ठूलो व्यापारिक केन्द्र थियो राजापुर । पूर्व–पश्चिम राजमार्ग र रत्नराजमार्ग निर्माणपछि वीरेन्द्रनगर, टीकापुर, भजनी, चिसापानीलगायत ठाउँमा बजार विस्तारपछि साविक कर्णाली र सुदूरपश्चिमाञ्चलका पहाडी जिल्लाबाट राजापुरमा व्यापारी आउन छाडे ।
बढैयाताल गाउँपालिकास्थित सशस्त्र प्रहरी बलको चेकपोष्टले शंकास्पद रुपमा भारत लैजाँदै गरेको लागूऔषध चरेशजस्तो देखिने पदार्थ सहित एक महिलालाई पक्राउ गरेको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जले गैंडाको संख्या र अवस्था बुझ्न अनुगमन सुरु गरेको छ । गैंडाको अवस्था बुझन निकुञ्जका कर्मचारी, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक टोलीलगायत १० वटा हात्ती परिचालित गरिएको छ ।