२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

राजाराम गौतम

पत्रकार गौतम कान्तिपुरका लेखक हुन् ।

राजाराम गौतमका लेखहरु :

के तेस्रो जनआन्दोलनको आधार बन्दैछ ?

आज चैत २६ गते । नेपाली राजनीतिको ऐतिहासिक पानीढलो । राष्ट्रिय जनआन्दोलन दिवस । तीस वर्षे निरंकुश निर्दलीय पञ्चायती व्यवस्थालाई घुँडा टेकाएको दिन । नेपाली जनता प्रजाबाट नागरिक भएको दिन । नेपालमा बहुदलीय प्रजातन्त्रको पुनःस्थापना भएको दिन ।

सत्ताको चास्नीमा डुबेको राजनीति

राजनीतिक नेताबारे एउटा चर्चित भनाइ छ, ‘राजनीतिज्ञ सबैतिर उस्तै छन्, जो खोला नभएको ठाउँमा पुल बनाउने वाचा गर्छन् ।’ नेपाली राजनीतिमा पनि सपनाको पुल बाँध्ने नेताको कमी छैन । तर, व्यवहारमा ती सपना कोरा आश्वासनमा सीमित भएका छन् ।नयाँ गठबन्धन बनेपछि ‘केही भइहाल्छ कि’ भनेर झिनो आशा पाल्ने स्वजनहरूका लागि खबर सुखद छैन ।

कम्युनिस्ट मिल्दा किन हौसिन्छ चीन ?

जब नेपालमा कम्युनिस्ट शक्तिहरू मिल्छन्, उत्तर छिमेकी चीन उत्साहित हुने गर्छ । यी गठजोडमा उसको प्रभाव/संलग्नताको प्रमाणिक तथ्य नभेटिए पनि ‘नेपाली कम्युनिस्ट मिलाउन चीनको भूमिका हुन्छ’ भन्ने भाष्यलाई यस प्रकारको उत्साहले बल पुर्‍याउँछ । फागुन २१ मा प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँगको सहकार्य तोडेर फेरि एमालेलगायत दलहरूको नयाँ गठबन्धन सरकार बनाएपछि चीन फेरि उत्साहित देखिएको छ ।

साहित्यिक उत्सव कति सार्थक ?

मध्य फागुनको चिसो चिर्दै राजनीतिक वृत्त गर्माएको छ । फागुन लागेदेखि नै प्रमुख दलहरूमा राजनीतिक सरगर्मी बढेको छ । संसद्को ठूलो दल नेपाली कांग्रेसले हालै महासमिति बैठक सक्यो । बैठक मुख्यतः महामन्त्री गगन थापाले राखेको ‘चुनावअघि गठबन्धन नगर्ने’ एउटै मुद्दामा केन्द्रित देखियो ।

के प्रचण्ड निर्विकल्प हुन् ?

आम रूपमा अस्वीकृत तर माओवादी पंक्तिले ऐतिहासिक सम्झने ‘जनयुद्ध दिवस’ को अवसर पारेर नेकपा (माओवादी केन्द्र) ले फागुन १ देखि विधान सम्मेलन गर्दै छ । सम्मेलनले उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा गठित मस्यौदा समितिले प्रस्ताव गरेको पार्टी सञ्चालनका विधि–प्रबन्धहरूमाथि थप छलफल गरी एउटा ‘राजनीतिक कर्मकाण्ड’ पूरा गर्दै विधानलाई अन्तिम रूप दिनेछ ।

संगठित अपराधको ‘स्वर्णभूमि’

यति बेला ‘नेपाल राष्ट्र कमजोर अवस्थामा छ’ भन्ने निर्क्योल निकाल्न सायदै कुनै सूचकांकको सहारा लिइराख्नुपर्छ । जुन स्तरमा नेपाली समाजमा अविश्वासको खाडल गहिरिँदै छ, आम निराशा छाएको छ, आर्थिक संकट र वर्गीय विभेद बढ्दो छ, भ्रष्टाचार र कुशासनको आहाल फैलिँदो छ, कानुनी राजको प्रत्याभूति छैन, राजनीतिक नेतृत्व सत्ता–सुखमा बाहेक अन्य क्षेत्रमा पूर्णतया अकर्मण्य हुँदै गएको छ ।

दक्षिणपन्थी राजनीतिको सीमा र सामर्थ्य

नेपालमा फागुन–चैतलाई सडक आन्दोलनको ‘मौसम’ मानिन्छ । २०४६ को प्रजातन्त्रको पुनःस्थापनाको जनआन्दोलन (फागुन ७–चैत २६) होस् अथवा २०६२–६३ को १९ दिने दोस्रो जनआन्दोलन (चैत २२–वैशाख ११), यसै याममा भएको नजिरले पनि होला, राजनीतिक दलहरू यो समय आन्दोलनका लागि बढी नै अग्रसर हुने गर्छन् । 

व्यवहार बदल्ने संकल्प खोइ प्रधानमन्त्रीज्यू !

नेपाली समाजमा अराजकता अनि नकारात्मक भाष्य बढ्दै गएकामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जति चिन्तित छन्, पंक्तिकारलाई त्योभन्दा कम चिन्ता छैन । सम्भवतः हरेक सचेत नागरिक समाजमा नकारात्मकता हावी हुँदा चिन्तित छ/हुन्छ । तर, चिन्ता (कुरा) ले चिउरा भिज्दैन ।

ती मदन, यी ओली

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी कार्यकर्तालाई दीक्षा दिँदै भन्थे, ‘बलियो मियोमा धेरै गोरुहरू घुम्छन् । त्यसकारण पहिले मियो बलियो हुनुपर्छ र अरूलाई जोड्दै जानुपर्छ ।’ संगठनको जग बनाउँदाका ती दिनमा एमालेको मियो स्वयं मदन थिए ।

शेखरको मिसन ‘८२’

नेपाली कांग्रेसका नेता शेखर कोइराला अचेल सार्वजनिक अभिव्यक्ति र अन्तर्वार्ताहरूमा ‘२०८२ मंसिरभित्र पन्ध्रौं महाधिवेशन हुनुपर्छ’ भन्न हम्मेसी छुटाउँदैनन् । चौधौं महाधिवेशन पटक–पटक सरेपछि मात्रै भएको नजिरबाट सायद झस्केर होला, उनी भन्ने गर्छन्, ‘मैले त पन्ध्रौं महाधिवेशन समयमै हुनुपर्छ भनिरहेको छु । पदाधिकारी लगायतका साथीहरूले पनि दबाब बढाउनुपर्छ ।’