जितेन्द्र साह

जनहितका काममा नगर

यहाँका महिला प्रसूति सेवाका लागि वरिपरिका अन्य नगर वा सहर जानुपथ्र्यो । सुनबर्सी नगरपालिकाले प्रयोगविहीन एक भवनमा ३ शय्याको प्रसूति केन्द्र खोल्यो ।

आज छठको मुख्य दिन

चार दिवसीय महापर्व छठको आज मुख्य दिन हो । तराई–मधेसलगायत मुलुक भरका नदी, खोला, पोखरी र नहर किनारलाई ब्रतालु एवं आगन्तुकको स्वागतमा झकिझकाउ पारिएको छ ।आज ब्रतालु तथा परिवारजनले घरघरमा बिहानदेखि लोकप्रिय प्रसाद ठेकुवा, भुसुवा, खाजा भनिने एक प्रकारको मिठाई एवं पुरी तयार पार्छन् ।

छठलाई उजिल्याउँदै लोकगीतहरू

छठको उमंगले मन चंगा बनाएको त छँदै छ, तराई–मधेसको यो मुख्य पर्व आउनु महिनाअगाडिदेखि नै भक्तिभाव तथा आस्था जगाउने गरी मैथिली, भोजपुरी एवं अवधी भाषाका गीतहरू बज्न थाल्छन् ।

अाज छठको दोस्रो दिन, साँझ घरघरै ‘खरना’ पूजा

चार दिनसम्म मनाइने सूर्य उपासनाको महापर्व छठको आज दोस्रो दिन हो । छठ ब्रतालुको घरघरमा साँझ ‘खरना’ पूजा गरिन्छ । पहिलो दिनको स्नानपछि शाकाहारी भोजन खाएर उपवास बसेका छठका ब्रतालुले परिवारजन एवं छरछिमेकको सहयोगले साँझ नपर्दै खिरपुरी तयार पार्छन् ।

आजदेखि छठ पर्व सुरु

चार दिनसम्म मनाइने सूर्य उपासनाको महापर्व छठको आज पहिलो दिन हो । बिहान स्नानपछि लौकाको तरकारी, दाल र भात खाइ तराई–मधेसलगायत मुलुकभरका व्रतालुले यो पर्व सुरु गरेका छन् । 

जितेन्द्र साहका लेखहरु :

सन्थालको दसैं नृत्य 

निधारमा रातो टीका लगाएका र शिरमा जमरा सिउरेका आदिवासी । वरिपरि लोकनृत्यको गुञ्जन । शक्तिपीठमा श्रद्धालुको ओइरो। भर्खरै हालिएका टहरामा समोसा, कचौरी, छोला, प्याजी, पकौडा, मिठाईको आनन्द लिँदै गाउँले ।

सीमावर्ती दसैं मेला

निधारमा रातो टीका लगाएका र शिरमा जमरा सिउरेका आदिवासी । वरिपरि लोकनृत्यको गुञ्जन । शक्तिपीठमा श्रद्धालुको ओइरो । भर्खरै हालिएका टहरामा समोसा, कचौरी, छोला, प्याजी, पकोडा, मिठाईको आनन्द लिँदै गाउँले ।

‘हाम्रो पालाको दसैं पो दसैं’

‘अन्तिमपटक दसैं कहाँ मनाउनुभएको थियो ?’ ‘हाम्रो उमेरको हुँदा हजुरहरूले यति बेला केके गर्नुहुन्थ्यो ?’ र ‘आश्रमभित्र दसैं कसरी मनाउनुहुन्छ ?’

धार्मिक पर्यटनले समृद्धि

सय वर्षअघि मोरङको सदरमुकाम रंगेलीबाट विराटनगर सारियो  । यहाँबाट भारतीय सीमा टाढा, सडक र परिवहनको समस्या भएकाले विराटनगर उपयुक्त रहेको त्यतिबेलाका सरकारी अधिकारीको तर्क थियो  ।

५२ करोड कर तिर्न अटेर

मोरङका ठूला उद्योगी व्यवसायीले ५२ करोड १२ लाख रुपैयाँ कर तीर्न अटेरी गर्दै आएका छन्  । विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयलाई उनीहरूबाट करबापतको बक्यौता उठाउन हम्मे परिरहेको छ  ।