घनश्याम खडका

म्याग्दी भ्रमणमा रहेका अध्यक्ष दाहाल र गृहमन्त्री थापाले गलेश्वरधाममा पूजा गरे

पत्नी सीता दहालको प्राकृतिक तातोपानीको पोखरीमा स्थान गरी उपचार गर्न बेनी नगरपालिका–४ स्थित तातोपानी आएका पूर्व प्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहालले मंगलबार बिहान प्रशिद्ध धार्मिकस्थल गलेश्वरधाम मन्दीरमा पुगी पूजा गरेका छन् ।

प्राकृतिक उपचार खोज्दै दाहाल

पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहालले पत्नी सीतालाई स्वदेश तथा विदेशका ठूला अस्पतालमा आधुनिक पद्धतिबाट उपचार गराए । तैपनि अपेक्षित रूपमा निको भएन । 

४ महिनादेखि ईपीजी प्रतिवेदन गुपचुप

नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को नवौं बैठकले जुलाई अन्तिम साता काठमाडौंमा प्रतिवेदन तयार पार्‍यो । लगत्तै भारतीय पक्षका संयोजक भगतसिंह कोसियारीले भने, ‘हामी यसै साता यो रिपोर्ट दुवै देशका प्रधानमन्त्रीलाई बुझाउँछौं ।’ नेपाली पक्षका संयोजक पूर्वराजदूत भेषबहादुर थापाले पनि सहमति जनाए । 

थाइल्यान्ड हिँडेका मुख्यमन्त्री राई किन सुटुक्क अमेरिका ?

उपचार गर्न थाइल्यान्ड जान्छु भनेर हिँडेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सुटुक्क अमेरिका पुगेका छन् । प्रदेश छाडी देशभित्रै पनि हिँडडुल गर्न संघीय सरकारको अनुमति लिनुपर्ने नियम छ ।

हरेक तिहारमा रुन्छन् योगमाया र सुशीला

आँगनछेउ फुलेका सयपत्री र मखमलीले तिहारको माहोल बेग्लै बनाएको छ । रंग र प्रकाशको मिश्रणले रात पनि धपक्कै बलेको छ । तर योगमाया गाहालाई तिहारको कुनै रौनकले छुँदैन । बरु उनको हृदय नमीठो गरी दुख्छ, आँसु रसाउँछ । 

घनश्याम खडकाका लेखहरु :

किन गरियो सार्कका गैरआवासीय नेपालीलाई नागरिकता दिने प्रस्ताव ?

संघीय संसदमा विचाराधीन नागरिकतासम्बन्धी विधेयकमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रमा बसोबास गर्ने गैरआवासीय नेपालीलाई समेत ‘गैरआवासीय नेपाली नागरिकता’ दिनुपर्ने संशोधन प्रस्ताव परेको छ ।

च्याङ्ग्रालाई कर

दसैंलाई लक्षित गरी व्यापारीहरूले मुस्ताङी चेलुक र च्याङ्ग्रा ओराल्न थालेसँगै अन्नपूर्ण गाउँपालिकाले एउटाको ३० रुपैयाँको दरले कर असुली थालेको छ ।

संसदीय उपसमितिले थाल्यो निजगढ विमानस्थल अध्ययन

संसद्‍को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लाखौं रूख काट्नु ठीक कि बेठिक बन्ने बहस भइरहेका बेला यसबारे अध्ययन थालेको छ । विमानस्थल बन्नुअघि नै ठूलो परिमाणमा रूख कटान गरी विमानस्थल बनाउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावविरुद्ध कांग्रेसका सांसदहरूले विरोध गरेका थिए । 

शिक्षक नपाउँदा ‘टेली टिचिङ’

अन्नपूर्ण गाउँपालिका ५ को पाद्वार माविले विज्ञान शिक्षक चाहियो भनेर तीनपटक विज्ञापन निकाल्यो । कोही आएनन् । चौथो पटकमा बल्ल एक जना शिक्षक आए ।