२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

भरत जर्घामगर

भरत जर्घामगरका लेखहरु :

श्रमिक महिलाहरुको अधिकार सुनिश्चत गर्न माग

श्रमिक महिला सञ्जाल सिरहाले दैनिक ज्यालादारीमा आश्रित मजदुरहरुको जीविका र रोजगारीको हक सुनिश्चित गर्न १७ वटै स्थानीय तहको ध्यानाकर्षण गराएका छन् । उनीहरुले पाँच बुँदे मागसहित ज्ञापनपत्र बुझाउँदै स्थानीय सरकारहरुबाट श्रमिक महिलाको सवालमा नीति कार्यक्रम र बजेटको व्यवस्था गर्न आग्रह गरेका हुन् ।

मिर्चैयामा खानेपानी कार्यालयका सुरक्षा गार्डको हत्या

सिरहाको मिर्चैयास्थित साना सहरी खानेपानी तथा सरसफाइ कार्यालयका सुरक्षा गार्डको हत्या भएको छ । मिर्चैया नगरपालिका–८ का किशोरी रायको हत्या भएको हो ।

लहान नगरपालिकाले ल्यायो १ अर्ब १६ करोड २२ लाखको बजेट

जिल्लामै सबैभन्दा ठूलो २४ वडा रहेको लहान नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को लागि १ अर्ब १६ करोड २२ लाख ८ हजार रुपैयाँको बजेट आइतबार सार्वजनिक गरेको छ ।

किसानलाई भन्दा व्यापारीलाई ‘गुलियो’

आम्रपाली, मालदह, बम्बई, दशहरी, कलकतिया जातका स्थानीय आँपले सिराहका स–साना बगैंचा भरिन थालिसकेका छन् । जिल्लाको ९ हजार ३ सय ५० हेक्टर जग्गाको आँप बगैंचाले यस वर्ष ९९ हजार ५ सय टन आँप उत्पादन गर्ने अनुमान कृषि ज्ञान केन्द्र सिरहाको छ । गत वर्ष जिल्लामा ९ हजार ५ हेक्टर जग्गामा ९८ हजार टन आँप उत्पादन भएको थियो ।

गर्मी बढेपछि लहानका विद्यालयमा एक साता बिदा

गर्मी बढेपछि सिरहाको लहान नगरपालिकाले विद्यालयमा शुक्रबारदेखि एक साताका लागि बिदा दिएको छ ।नगरपालिकाले सूचना प्रकाशित गरी गर्मीको कारणले बालबालिकामा प्रतिकूल असर पर्ने भन्दै जेठ २६ सम्म एक साताको लागि विद्यालयमा बिदा दिएको हो ।

छुवाछुतसम्बन्धी मुद्दा हाल्ने दलितमाथि कुटपिट

भोजको विषयमा छुवाछुतसम्बन्धी मुद्दा दायर गर्ने सिरहाको भगवानपुर गाउँपालिका–१ का विणुदेव पासवानमाथि कुटपिट भएको छ । ‘छुवाछुतसम्बन्धी मुद्दा हाल्ने यही हो’ भन्दै विणुदेव पासवानमाथि कुटपिट भएको हो ।

मिर्चैयाका पीडितको रूखमुनि बास

मिर्चैया स्थापना हुनुअघि यहाँ घना जंगल थियो । जंगली जनावरको बिगबिगीबीच तत्कालीन गाउँ पञ्चायतले बस्ती बसाउने निर्णय गर्‍यो । बस्तीमा पसल खुले, विस्तारै त्यसले बजारको रुप लियो । त्यही मिर्चैया बजार बसाउनेहरू अहिले ‘बेघर’ बनेका छन् ।

मिर्चैयामा प्रदर्शनले राजमार्ग अवरुद्ध

नगरपालिका घेराउ गर्न पुगेका स्थानीयवासी र व्यापारीको प्रदर्शनमा प्रहरीको दमन भएको भन्दै शुक्रबार सर्वदलीय संघर्ष समितले मिर्चैया बजारमा प्रदर्शन गरिरहेको छ । प्रदर्शनका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध हुनुका साथै मिर्चैया बजारका पसलहरू सञ्चालन हुन सकेका छैनन् ।

प्रहरी र स्थानीयबीच झडप हुँदा मिर्चैया तनावग्रस्त

नगरपालिका घेराउ गर्न पुगेका स्थानीयवासी र प्रहरीबीच झडप हुँदा बिहीबार सिरहाको मिर्चैया बजार तनावग्रस्त बनेको छ । बस्न र व्यापार गर्न तत्काल व्यवस्था गरिनुपर्ने, घर भत्काउँदा भएको क्षतिको मूल्यांकन गरी क्षतिपूर्ति दिइनुपर्ने, जग्गाको लालपुर्जा दिइनुपर्ने, छानबिन गरी न्याय दिइनुपर्नेलगायत माग गर्दै हनुमान चोकबाट स्थानीय व्यापारीहरूको जुलुस साढे ११ बजे नगरपालिका कार्यालय पुगेको थियो ।

सिरहामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

सिरहाको लहान–ठाडी सडकखण्ड अन्तर्गत प्रयागपुरमा मोटरसाइकल एकापसमा ठोक्किँदा आइतबार राति एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते छन् ।