मनोज पौडेल

तिलौराकोटमा उत्खनन

विदेशी पुरातत्त्वविद्सहितको विज्ञ टोलीले बुद्धस्थल तिलौराकोट (प्राचीन कपिलवस्तु) मा उत्खनन थालेको छ । तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने उद्देश्यले बेलायतको डुर्‍हाम युनिभर्सिटी, पुरातत्त्व विभाग र लुम्बिनी विकास कोषका पुरातत्त्वविद् संलग्न टोलीले अध्ययन/अन्वेषण थालेको हो ।

माघी उल्लास [फोटोफिचर]

लोप हुँदै गएको थारू संस्कृति र कला जोगाउन यहाँ थारु महोत्सव गरिएको छ । थारू कल्याणकारणीसभाले संयोजन गरेर जिल्लास्तरीय ३ दिने महोत्सव शिवराज नगरपालिका चन्द्रौटामा आयोजना गरेको हो । माघ २ गते बुधबारबाट सुरु भएको महोत्सव ४ गतेसम्म सञ्चालन हुनेछ ।

नेपाली भूमिमा भारतीय प्रचार बोर्ड, लुम्बिनी विकास कोष पनि मौन

लुम्बिनी गुरुयोजनाभित्रै भारतीय ठेगाना उल्लेख भएका बोर्ड झुन्ड्याएर बिहार निर्माणको काम धमाधम भइरहेको छ । त्यसले राष्ट्रियताकै खिल्ली उडाए पनि लुम्बिनी विकास कोष मौन छ । जापानको सोक्यो संस्थाद्वारा डब्लूए २ प्लट नम्बरको १ सय ६० वाई, १ सय ६० मिटर जग्गामा रहेको निर्माणस्थल अगाडि नै बोर्ड राखिएको हो ।

लुम्बिनीमा ट्राभल मार्ट

लुम्बिनीलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन ट्राभल मार्ट प्रभावकारी बन्ने सरोकारवालाहरूले बताएका छन् । बिहीबारबाट सुरु भएको ३ दिने अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्टको शुक्रबार लुम्बिनीमा भएको उद्घाटन समारोहमा बोल्ने अधिकांशले नेपालको बुद्धिष्टस्थलको पर्यटन प्रवद्र्धन गर्न यो कोसेढुंगा साबित हुने दाबी गरे ।

लुम्बिनीमा दिनदिनै आगलागी

बुद्ध जन्मस्थल लुम्बिनी गुरुयोजना क्षेत्रभित्र दिनदिनै आगलागी भइरहेको छ । पुस १९ गतेयता दैनिक आगलागी भइरहेकाले रुख–बिरुवा जलेर नष्ट भइरहेका छन् । पहिलो दिन चाइना विहारछेउको ८ नम्बर गेटबाट आगो सल्केको थियो ।

मनोज पौडेलका लेखहरु :

लुम्बिनीमा १ सय ८ मुलुकका पर्यटक

बुद्ध जन्मस्थल लुम्बिनी अवलोकनमा आउने विदेशी पर्यटक बढेका छन् । सन् २०१८ मा १ सय ८ मुलुकका पर्यटकले पुरातात्त्विक स्थल अवलोकन गरेका छन् । यहाँ आउने स्वदेशी र भारतीयको संख्या बढिरहेको छ ।

लुम्बिनीमा सडक खाना महोत्सव : रैथाने स्वादले पर्यटक लोभ्यायो

अस्ट्रेलियाकी पर्यटक मारिया कोमिनोले थारू परिकार घोंगी मज्जाले खाइन् । ‘पिज्जा–बर्गर त बाहिरतिर पनि पाइन्छ,’ उनले भनिन्, ‘रैथाने माछा र चामलको रोटी खाएर स्वाद फेरें ।’ यसपटकको नेपाल आगमन थारू परिकारले आनन्दपूर्ण बनेको उनले बताइन् ।

किर्किस्तानदेखि पानीचरा

बढीमा ५ हजार माइलसम्म उडेर साइबेरिया, रुस, चीन, मंगोलिया, तुर्केमिनिस्तान हुँदै किर्किस्तानदेखिका हूलका हूल चराचुरुंगी यहाँ आउन थालेका छन् ।

बुद्धस्थल पुग्नै सकस

सोलुखुम्बुको नाम्चेबाट धमनिहवा स्तूप घुम्न आएकी ६२ वर्षीया आङमाया शेर्पा सडक जीर्ण र धुलाम्य भएकाले त्यहाँसम्म पुग्नै सकिनन् । स्तूपलाई राजा शुद्धोधन र मायादेवीको समाधिस्थल मानिन्छ । ‘पूजाआजा गरेर पुण्य कमाउने धोको अधुरै रह्यो,’ उनले भनिन् ।

बिनास्वीकृति बुद्धमूर्ति 

जगदीशपुर तालको बीचमा बिनास्वीकृति बुद्धमूर्ति राखिने भएको छ । वातावरणीय प्रभाव मूल्यांकन नगरी वा साइट म्यानेजमेन्ट योजना नबनाई मूर्ति बनाउन पाइँदैन ।