प्रकाश अधिकारी

सुर्खेतमा खुसीयाली

सरकारले सुर्खेतलाई प्रदेश ६ को अस्थायी राजधानी र सुर्खेतकै पुराना राजनितिज्ञ दुर्गाकेशर खनाललाई प्रदेश प्रमुख नियुक्त गरेपछि यहाँ खुशीयाली छाएको छ ।

अख्तियारको निर्देशन अवज्ञा गर्दै उल्टै पत्र

इन्जिनियरिङ संकायको सहायक डिन नियुक्ति प्रक्रिया सच्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन अवज्ञा गर्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले उल्टै अख्तियारलाई पत्र पठाएको छ ।

सहायक डिन नियुक्ति सच्याउन एमयूलाई अख्तियारको निर्देशन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू)लाई इन्जिनियरिङ संकायको सहायक डिन नियुक्ति प्रक्रिया सच्याउन निर्देशन गरेको छ ।

नगरपालिकै बन्द गरेर कर्मचारी र जनप्रतिनिधि एनजिओको तालिममा भाग लिन सदरमुकाममा

कार्यालय बन्द गरेर यहाँको पञ्चपुरी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु एक एनजिओद्वारा सञ्चालित तालिममा सहभागी हुन वीरेन्द्रनगर आएका छन् ।

आँखा अप्रेसनमा लापरबाही

मोतिबिन्दुले आँखाको ज्योति गुमेको ६ वर्ष बितिसकेको थियो । गाउँकै शिक्षकले सुनाइदिए, ‘मेहेल्कुनामा शिविर हुँदैछ । त्यहाँ जानुस् पैसा लाग्दैन ।’ अप्रेसनबाट गुमेको ज्योति फर्कने आशामा शिविरस्थल सूर्यज्योति मावि पति खिमे कामीसँगै पुगेकी थिइन्, भेरीगंगा नपा २ मैनतडाकी कुमारी रसाइली । यो ०७२ पुस १ गतेको कुरा हो । 

प्रकाश अधिकारीका लेखहरु :

‘खुसी गाउँ’ बनाउँदै आमाहरू

कस्तो गाउँलाई खुसी गाउँ भन्ने ? पश्चिम सुर्खेतको बराहताल गाउँपालिका–८ बेलचौरका आमाहरू आफैंले त्यसका लागि दर्जन बढी सूचक बनाएका छन् । उनीहरू दुई वर्षयता गाउँलाई नै खुसी बनाउन जुटेका छन् । तिनै सूचक पूरा गरेर आगामी चैतभित्रै बेलचौर ‘खुसी गाउँ’ बन्ने उनीहरूको विश्वास छ ।

उदाहरणीय बन्दै बेलचौर

कस्तो गाउँलाई खुसी भन्ने ? केके भयो भने सिंगै गाउँ खुसी बन्न सक्छ ? पश्चिम सुर्खेतको बराहताल गाउँपालिका ८ बेलचौरका आमा पछिल्ला दुई वर्षयता गाउँलाई नै खुसी बनाउन होमिएका छन् । यसका लागि उनीहरू आफैंले दर्जनभन्दा बढी सूचक बनाएका छन् । तीनै सूचक पूरा भएपछि चैत महिनाभित्रै बेलचौर ‘खुसी गाउँ’ हुनेछ ।

भत्कियो कांग्रेसको गढ

कांग्रेसले २०४८ यताका संसदीय तथा संविधानसभा निर्वाचनमा अधिकांश सिट जित्दै आएको सुर्खेतमा यसपटक भने वामपन्थी लहर चलेको छ । ०५१ मा सुर्खेत २ र ०६४ मा बाहेक अन्य सबै निर्वाचन कांग्रेसले नै जितेको थियो ।

प्रतिनिधिसभाका सबै सिटमा वाम

प्रदेश ६ मा प्रतिनिधिसभा तथा प्रदेशका सम्पूर्ण नतिजा आउँदा वाम गठबन्धन नतिजा एकलौटी बनाउन सफल देखिएको छ । चार वर्षअघिको संविधानसभा निर्वाचनमा प्रदेशअन्तर्गतका झन्डै आधा सिट जितेको कांग्रेसबाट यसपटक प्रतिनिधिसभामा एकजना पनि उम्मेदवारले जित्न सकेनन् ।