२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

प्रदीप ज्ञवाली

प्रदीप ज्ञवालीका लेखहरु :

यहुदीहरूको मुक्ति–कथा

इसापूर्व १६७ । झ्वाट्ट पढ्दा पाण्डवजस्ता लाग्ने पाँच भाइ । सोझो, शान्तिप्रिय र विद्याको उपासक जेठो जोन । असाध्यै भरपर्दो, भाइहरूको जिम्मेवारी काँधमा लिएको माइलो साइमन । अर्जुनजस्तो वीर र धीर जुडस । उत्तिकै वीर एलियाजार र कान्छो जोनाथन । व्यक्तित्वका हिसाबले भीष्मपितामह जस्ता लाग्ने बाबु मटाथियस बिन जान बिन साइमन, गाउँका मुखिया । द्रौपदीजस्तै कमनीय सुन्दरी रुथ । उसैलाई लिएर साइमन र जुडसबीच नजानिँदो प्रतिस्पर्धा अनि तुष ।

१४० वर्षपछि कार्ल मार्क्स

चैत १७, साँझ साढे पाँच बजे । काठमाडौंमा अचानक झुल्किए कार्ल मार्क्स । निधन भएको १४० वर्षपछि काठमाडौंमा मार्क्सको अवतरण अपत्यारिलो थियो । त्यसो त मार्क्स आफूले जिन्दगीका अधिकांश कष्टप्रद समय गुजारेको लन्डनको ‘सोहो’ मा ओर्लिन खोजेका रहेछन्, तर ‘ब्युरोक्रेसी’ न हो, काठमाडौंमा नाटकको ‘शो’ मा उनी ल्याइपुर्‍याइदिए । पूर्ण जीवनकालमा कहिल्यै एसिया नटेकेका मार्क्सलाई काठमाडौंमा ल्याउने काम गरेको थियो– आरोहण गुरुकुलले । हावर्ड जिनले सन् १९९९ मा लेखेको नाटक ‘मार्क्स इन सोहो’ को नेपाली रूपान्तर ‘मार्क्स फर्किए’ काठमाडौंमा मञ्चन भइरहेको छ ।

बाँझो जमिनको उकुसमुकुस

मास्कोबाट झन्डै १५ सय किलोमिटर टाढा, दक्षिणी रुसको दोन क्षेत्रको सानो गाउँ ग्रेम्याची । शान्त र सुनसान देखिने त्यस गाउँमा सन् १९३० को जनवरीको एक चिसो साँझ एक अपरिचित मान्छे घोडा चढेर आउँछ र ‘याकोभ लुकिचको घर जाने बाटो कुन हो ?’ भनी सोध्छ । अर्को मान्छे अर्कै बाटो स्लेज चढेर आइपुग्छ र ‘ग्राम–सोभियतको कार्यालय कता पर्छ ?’ भनेर खोजिनिती गर्दै कार्यालयतिर सोझिन्छ ।

राजनीतिक अस्थिरताको जोखिम

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएर सरकार गठनको औपचारिक प्रक्रिया सुरु भइसकेको छ । निर्धारित समयभित्रै निर्वाचन हुनु र नयाँ जनप्रतिनिधि निकायहरू स्थापना हुनु आफैंमा सकारात्मक परिघटना हो ।

गोर्बाचोभ : एक विरोधाभास

अघिल्लो साता गोर्बाचोभको निधनसँगै पश्चिमा वृत्तमा बग्रेल्ती प्रशंसायुक्त ‘अबिच्युरी‘ हरू आए- विश्वशान्तिका नायकका रूपमा, शीतयुद्ध अन्त्य गर्ने बीसौं शताब्दीका राजनेताका रूपमा एवं आफ्नो मुलुकमा खुलापन र पुनःसंरचनाका परिकल्पनाकारका रूपमा ।

जुगौं लामो एक दिनको कथा

युद्धबन्दी युवाको कपाल खौरिइयो । रौँका जरासमेत उखेलियो । सुत्केरी ऊँटलाई मारेर कल्चौंडोको छाला काढियो र त्यसको कलिलो पत्रलाई काटेर युवाको मुडुलो टाउकामा टन्टनी बेरियो । टाउकाले भुइँ छुन नमिल्ने गरी गर्दनमा काठको जुवा भिराइयो । अनि हात–खुट्टा बाँधेर, निर्जन बस्तीमा, पानी पनि पिउन नदिईकन टण्टलापुर घाममा लडाइयो ।

इतिहासकै ठूलो घुम्ती

झापा विद्रोहका ५० वर्ष बितेका छन् । तर, त्यसको प्रभाव आज पनि टड्कारो अनुभूत गर्न सकिन्छ । त्यससँगै नेपाली कम्युनिस्ट आन्दोलनले पहिल्याएको नयाँ बाटो र तत्जन्य प्रभावले नेपाली राजनीतिकै नयाँ नक्साङ्कन भएको छ ।

‘आशा भर्ने पुस्तक हुन्’

पुस्तकको आविष्कार हुनुअघि पनि मानव जीवन थियो । अहिले पनि कैयौं नागरिक निरक्षर छन्, तर जिन्दगी जिइरहेकै छन् । तर, कम्तीमा मचाहिँ पुस्तकबिनाको जीवन कल्पनै गर्न सक्दिनँ । आज हामी जहाँ छौं, इतिहासको खुड्किला टेकेर हिँड्ने क्रममा आइपुगेका हौं । धरातल चिनियो भने मात्रै उचाइ चिन्न सकिन्छ ।

त्रासद इतिहास–उत्खनन

आगोले छुस्स पोल्दासमेत मान्छे आत्तिन्छ । एसिड छ्यापिएका या मट्टीतेल छर्केर जलाइएका महिलाका असह्य छटपटी देख्दा मुटु थरर्र काम्छ । तर, कुनै बेला पतिको मृत्युपछि उसकी पत्नीलाई चितामा सँगै राखेर ज्युँदै जलाइन्थ्यो । त्यो दृष्य हेर्न जात्राजस्तै भीड लाग्थ्यो । जो चितामा चढ्न तयार हुँदैनथे, उनीहरूलाई जबर्जस्ती चितामा चढाइन्थ्यो र चितामै बाँधेर राखिन्थ्यो । चिताग्निले अत्तालिएर भाग्न खोज्नेहरूलाई हिर्काएर मार्न बाँसका लाठाहरू तयार हुन्थे ।