शाहीमान राई

राजधानी जनकपुर, नाममा चर्काचर्की

प्रदेश २ को राजधानी जनकपुरधामलाई अधिकांशले प्रस्ताव गरेका छन् । भौगोलिक आधार, ऐतिहासिक, धार्मिक, सांस्कृतिक केन्द्र भएकाले राजनीतिक दल, जनप्रतिनिधि लगायत सबै क्षेत्रबाट प्रदेश २ को राजधानी जनकपुरधाम नै हुनुपर्ने प्रस्ताव गरेका छन् । तर नामकरणबारे चर्काचर्की भएको छ ।

अटोरिक्सा चलाउँदै मधेसी महिला

घरधन्दा, चुलाचौका, घरायसी काम, बालबच्चाको हेरचाह र घर परिवारको सेवामा तल्लीन हुने मधेसी महिला व्यावसायिक बन्न थालेका छन् । प्रदेश नं. २ को राजधानी सहर जनकपुरमा मधेसी महिलाहरू सवारी चलाउन थालेका छन् ।

मूर्ति बेचेर करोडपति

यतिबेला जनकपुरमा मूर्तिकारहरुलाई भ्याइनभ्याइ छ । सबभन्दा बढी मूर्ति बनाएर बिक्री गर्ने र पैसा कमाउने उनीहरुको धोको छ । तराई मधेसमा मूर्ति बनाउने पेशा फस्टाउँदो छ । अध्यात्मिक विश्वास र परम्परा अनुसार पूजा आरधना गर्नेहरुको संख्या निकै छ । यहाँका मठमन्दिर, विद्यालय, क्लव तथा विभिन्न धार्मिक, सांस्कृतिक समुदाय मूर्ति पूजा गर्दै आएका छन् । बर्सेनि पूजाआजामा प्रयोग हुने माटोको मूर्ति बनाउने पेशा आयआर्जनको माध्यम नै बनेको छ ।

प्राथमिकतामा कमला डाइभर्सन

तराईको ८ जिल्लामा सिँचाइ सुविधा र जलविद्युत् उत्पादन गर्ने उद्देश्यले सन् २००४ मा सुरु सुनकोशी कमला डाइभर्सन परियोजनाको विस्तृत अध्ययन पूरा हुन लागेको नेपाल–भारत संयुक्त विशेषज्ञ टोलीले जनाएको छ । 

जनकपुरमा छाडा चौपाया

प्रसिद्ध धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सहर जनकपुरका सडकमा चौपाया छाडा छोडिएको छ । सडकमा छाडिएका छाडा चौपायाका कारण सवारी आवागमनमा अवरोध हुने गरेको छ । 

शाहीमान राईका लेखहरु :

सडकभरि छाडा चौपाया ? [फोटोफिचर]

प्रसिद्ध धार्मिक, साँस्कृतिक तथा पर्यटकीय सहर जनकपुरका सडकमा घरपालुवा चौपाया छाडा छाड्नाले सवारी आवगमनमा अवरोध हुने गरेको छ । जनकपुर उपमहानगरपालिका क्षेत्रमा पर्ने ढल्केबर–जनकपुर राजमार्ग, परिक्रमा सडक, एयरपोर्ट मुरलीचोक, रामचोक, जनकचोक, शिवचोक, भानुचोक, मिल्सएरिया रेलवेस्टेसनलगायत व्यस्त सडकमा जताततै गाईगोरु, भैंसी, बाख्रा, खसी, घोडालगायत घरपालुवा जनावर देखिन्छन् । जनकपुर उपमहानगरपालिका, प्रहरी, प्रशासनले छाडा चौपाया नियन्त्रण र व्यवस्थापन गर्न सकेका छैनन् ।

चाक्लिए जनकपुरका सडक

जताततै फोहर मैला, दिसापिसाब, धुलो, धुवाँले प्रदूषित प्रसिद्ध धार्मिक जनकपुरधाम सहरको मुहार बदलिन थालेको छ । यहाँका सडक फराकिलो, ग्राभेल र कालोपत्रे गरिएको छ । ह्युमपाइप ड्रेन निर्माण गरी ढल निकासको व्यवस्था गरिएको छ ।

रेलवेको काम ९० प्रतिशत सकियो

भारतको जयनगरदेखि जनकपुर हुँदै कुर्थासम्म ब्रोडगेज रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । भारत सरकारको प्राविधिक तथा आर्थिक लगानीमा निर्माणाधीन रेलमार्ग ९० प्रतिशतभन्दा बढी काम पूरा भएको रेल तथा मेट्रो विकास आयोजनाले जनाएको छ । 

तीन पुस्तादेखि नर्सरी व्यवसाय

जनकपुरस्थित रामसागरको किनारामा एउटा आकर्षक नर्सरी छ । जहाँ आँप, लिची, नरिवल, सुपारी, अम्बा, दारिम, अनार, धुपी लगायत विभिन्न फूलका बिरुवाले मन लोभ्याउँछ ।