पोखरा ब्युरो

सुदूरपश्चिमको बदला

आयोजक सहारा क्लबलाई उद्घाटन खेलमै निराश पार्दै सुदूरपश्चिम ११ आहा–रारा गोल्डकप फुटबलको क्वाटरफाइनल पुगेको छ । पोखरा रंगशालामा मंगलबार सुदूरले सहारालाई ३–० ले हरायो । 

सिफारिसको चाङ बोकेर राजधानी

प्रदेश र संघका उम्मेदवारको सूची बोकेर कास्कीका राजनीतिक दलका प्रमुख राजधानी पसेका छन् । कांग्रेस जिल्ला सभापति कृष्ण केसी, माओवादी केन्द्र जिल्ला इन्चार्ज राजकाजी गुरुङ र नयाँ शक्ति जिल्ला संयोजक हेमबहादुर थापा यतिखेर राजधानीमै छन् ।

महँगियो दसैं

पर्वतको फलेवास–४ मुडिकुवाकी सरस्वती गौंडेललाई ५ सय ५० रुपैयाँमा दसैं मनाएको सम्झना ताजै छ । ‘साल ठ्याक्कै याद भएन, कुश्मामा गाडी आइसकेको थियो,’ उनले भनिन्, ‘चार सयका लुगाफाटो किनेर बाँकी डेढ सयले घरखर्चका सामान पुगेको थियो ।’

अझै कुरिरहेछन् बेपत्ताका आफन्त

१० वर्षे सशस्त्र द्वन्द्वका बेला सरकार तथा माओवादी पक्षबाट थुप्रै बेपत्ता पारिए । उनीहरुको अवस्था अहिलेसम्म अज्ञात छ । राज्य तथा माओवादीले पनि अवस्थाबारे केही बताएका छैनन् । मुलुक शान्ति प्रक्रियामा पुगेको दशक बिते पनि बेपत्ताको अवस्था सार्वजनिक नहुादा र राज्यले पीडितलाई कुनै पनि क्षतिपूर्ति नदिँदा पीडित झनै पीडामा छन् ।

ऐन नआउँदा अलमल

२० वर्षपछि सम्पन्न स्थानीय चुनावले विकासमा आमूल परिवर्तन हुने सर्वसाधारणको अपेक्षा छ। नवनिर्वाचित जनप्रतिनिधिमा पनि निकै जोस, जाँगर र उत्साह देखिन्छ।

पोखरा ब्युरोका लेखहरु :

ग्रामीण सडकको बेहाल : घाम लागेमात्रै चल्छन् गाडी

हिउँदभर गाडी चल्ने गोरखाका ग्रामीण सडक वर्षा लागेपछि सुनसानजस्तै हुन्छन्। जिल्लाका ग्रामीण भेगलाई सदरमुकामसँग जोड्ने सडकमा यतिखेर गाडी त परैजाओस्, मानिससमेत हिँड्डुल गर्न अप्ठेरो हुन्छ। नालासमेत नभएका अधिकांश कच्ची सडक हिउँदभर मर्मत हुन्छन्। गाडी चल्छन् पनि। जब वर्षायाम लाग्छ, कच्ची ग्रामीण सडक हिलाम्मे र खाल्डाखुल्डीमय हुन्छन् अनि गाडी नै चल्न नसक्ने बन्छन्।

घाम लागेमात्रै चल्छन् गाडी

हिउँदभर गाडी चल्ने गोरखाका ग्रामीण सडक वर्षा लागेपछि सुनसानजस्तै हुन्छन्। जिल्लाका ग्रामीण भेगलाई सदरमुकामसँग जोड्ने सडकमा यतिखेर गाडी त परैजाओस्, मानिससमेत हिँड्डुल गर्न अप्ठेरो हुन्छ।

स्थानीय तहको तयारी पूरा

स्थानीय तह निर्वाचनको आइतवार हुने मतदानका लागि तयारी पूरा भएको छ । चार नम्बर प्रदेशका ११ जिल्लाका १ हजार २ सय ४७ मतदानस्थलमा तयारी पूरा भएको क्षेत्रीय प्रशासन कार्यालयले जनाएको छ ।

सुशासन र रोजगारीको आस

यहाँका व्यवसायी सन्तोष सोनामलाई सडक अतिक्रमण गरी घर बनाएर व्यक्तिगत स्वार्थ लुट्नेहरू देख्दा उदेक लाग्छ । उनको सुझाव छ, ‘अब बन्ने मेयरले सडक मापदण्ड तोकेर साँघुरो बाटो फराकिलो बनाउनुपर्छ ।’

उम्मेदवार छनोट अप्ठ्यारोमा

स्थानीय तह चुनावमा सहकार्य गरी अघि बढ्ने सहमति गरेका गुल्मीका एमाले र माओवादीलाई उम्मेदवार चयनमा अप्ठयारो परेको छ । लामो चरणको छलफल र वार्तापछि दुवै पार्टी सहकार्य सहमत भएका थिए । कार्यकर्तास्तरबाट आएको सहकार्यको विरोध र आकांक्षी बढी भएकाले पनि दललाई सर्वसम्मत उम्मेदवार तयार गर्न हम्मे परेको हो ।