२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

दिनेश रेग्मी

दिनेश रेग्मीका लेखहरु :

झुक्याएर जग्गा पास, दलित परिवारको उठीबास

घरजग्गा कारोबारीले पति वियोगमा परेकी एक महिलालाई झुक्याएर उनको ५ रोपनीभन्दा बढीको घरजग्गा आफ्नो नाममा गराएका छन् । ती कारोबारीले साढे तीन वर्षअघि झुक्याएर राजीनामा पास गराएको घरजग्गा फिर्ता लिन उनले अझै सकेकी छैनन् । उनी छोराछोरीलाई दुःखजिलो गरेर हुर्काइरहेकी छन् ।

जोमसोममा ४० वर्षयताकै अधिक वर्षा

मुस्ताङको सदरमुकाम जोमसोम र आसपासका क्षेत्रमा यसपालि ४० वर्षयताकै अधिक वर्षा भएको छ । जोमसोममा प्रतिवर्ष औसत २७६.५ मिलिमिटर (मिमि) वर्षा हुने गरेकामा यो वर्ष ६६५.७९ मिमि वर्षा भएको हो । हिमालपारिको यो जिल्ला देशमै सबैभन्दा कम पानी पर्ने जिल्ला भनेर चिनिन्छ ।

हिमालपारि बढ्दै छ वर्षा

मुस्ताङको भ्रमणका लागि हामीले असोज–कात्तिकलाई छानेका थियौं । यो त्यस्तो मौसम हो, जुन बेला हिलो र धूलो खानुपर्दैन । न गर्मी न ठन्डी । हावाहुरी, झरी र पानी पनि सहनु पर्दैन । त्यसमा पनि नेपालकै सबैभन्दा कम पानी पर्ने ठाउँ मुस्ताङ जान हाम्रा लागि यो नै उत्तम मौसम थियो । आकाश छर्लङ खुल्ने हुँदा मुस्ताङ यात्रा रमणीय हुने, हिमाली शृंखला र अद्भुत भौगोलिक दृश्यपान गर्न पाउनेमा हामी ढुक्क थियौं ।