मैना धिताल

व्यवसायीको ज्यादती

यतिबेला सिन्डिकेट गर्ने यातायात व्यवसायीको समूहमाथि राज्यले पुरै शक्ति लगाएको छ । तैपनि नियन्त्रण गर्न हम्मे नै परेको छ । सरकार कम्तीमा यातायात क्षेत्रको सिन्डिकेट हटाउन प्रतिबद्ध देखिन्छ । राजनीतिक रूपमा बलियो सरकारलाई नागरिकहरूको पनि उत्तिकै साथ छ ।

प्रतिभाशाली पराग

न्युयोर्क सिटीबाट लगभग ५ घन्टाको ड्राइभिङपछि पुगिने एउटा ऐतिहासिक तर सानो ठाउँ छ– कोर्निङ । सोही ठाउँमा ३७ वर्षअघि नेपाली जोडीको तेस्रो सन्तानको रूपमा एउटा बालक जन्मियो । ऊ सानैदेखि ‘जिनियस’ थियो । गणितमा विशेष लगाव थियो । आमा र दिदीहरूसँग पुस्तकालय जान मनपराउँथ्यो । स्कुल छँदा शिक्षकले उनलाई पराग भन्न नजानेर ‘फरग’ भन्थे । उनी भने मेरो नाम ‘फरग’ हैन भन्दै सच्याउँथे । नाम शुद्धसँग उच्चारण नगरेसम्म अड्डी कस्ने उनको बानीले शिक्षिकालाई कायल बनाउँथ्यो । तैपनि उनलाई माया गर्थे । शिक्षकका ती प्रिय ‘फरग’ले सानैदेखि आफूलाई ‘फरक’ रूपमा उभ्याए । र त्यही उभ्याइले उनलाई परिचय दिलायो– स्टार अर्थशास्त्री पराग पाठकको रूपमा ।

नेपाली माटोसँग जोडिएका स्टार अर्थशास्त्री 

गएको शुक्रबार अमेरिकन एक्नमिक असोसिएशनले युवा अर्थशास्त्री डा. पराग पाठकलाई सम्मानित ‘जन् बेट्स क्लार्क मेडल–२०१८’ प्रदान गर्ने निर्णय गर्‍यो । यो खबर विश्वका युवा अर्थशास्त्रीका लागि खुसीको कुरा त थियो नै, नेपाली माटोसँग साइनो गाँसिएकाहरुका लागि त झनै गर्व गर्न लायक क्षण ।

चीन–अमेरिका व्यापार द्वन्द्व

अमेरिका र चीन बीचको व्यापार द्वन्द्वले यतिबेला विश्वकै ध्यान खिचिरहेको छ । अमेरिका संसारकै ठूलो अर्थतन्त्र हो भने चीन दोस्रो ठूलो । डोनल्ड ट्रम्पले राष्ट्रपतीय चुनावको दौरानमै आफूलाई व्यापार संरक्षणवादको पक्षमा खरो प्रस्तुत गरेका थिए । ओभल अफिस सम्हालेको झन्डै दुई वर्षपछि उनले त्यसलाई कार्यान्वयन तहमै लैजान थालेका छन् ।

बन्दले बिलखबन्द

संयुक्त राष्ट्रसंघीय नियोगको नेपाल कार्यालयको अभिलेखअनुसार सन् २००८–२०१३ मा मात्रै ४ हजार ४ सय ५१ वटा आमहडताल तथा बन्द भए । तीबाहेक सानो स्तरमा हुने चक्काजाम र हडतालको गणनै थिएन ।

मैना धितालका लेखहरु :

 सामाजिक सुरक्षाको राजनीति

सरकारबाट बाहिरिँदै गर्दा मन्त्रिपरिषद्ले वृद्धभत्ता पाउने उमेर घटाएर ६५ वर्षमा झार्नेलगायत निर्णयले समग्र सामाजिक सुरक्षाको मुद्दा पेचिलो बन्न पुगेको छ । नागरिकले सरकारलाई कर तिर्छन् । प्रत्यक्ष रूपमा दिन नसक्नेले पनि कुनै न कुनै रूपमा योगदान गरेकै हुन्छन् ।

रिसाहा नेता र आक्रोशित जनता

भनिन्छ, ‘असल नेता सुन्नमा छिटो र रिसाउनमा ढिलो हुन्छन् ।’ नेपाली राजनीतिको सन्दर्भमा भने यो भनाइ ठ्याक्कै उल्टोझैं लाग्छ । हालै बीबीसीको साझा सवाल कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तुतिलाई लिएर सामाजिक सञ्जालका भित्ता पक्ष/विपक्षका बहसले भरिए ।

बौद्धिक चोरी र शिक्षा पद्धति

हालै त्रिभूवन विश्वविद्यालयले एमफिल र पीएचडीमा हुने बौद्धिक चोरी (प्लेजरिज्म) रोक्न सफ्टवेयर खरिद गर्ने समाचार सार्वजनिक भएको छ । यसले बौद्धिक चोरीमा बदनाम त्रिभुवन विश्वविद्यालय ढिलै भए पनि यसतर्फ गम्भीर हुन थालेको सन्देश दिन्छ ।