शंकर आचार्य

वाइनको आयात घट्यो

तेस्रो मुलुकबाट मदिरा आयात हुने मुख्य नाका सिर्सिया सुक्खा बन्दरगाहबाट वाइनको आयात झन्डै आधाले घटेको छ  । जिन, भोड्का, रम, ह्विस्कीलगायतको आयात भने थोरै बढेको छ  ।

क्यानभासमा वीरगन्ज

वीरगन्जमा होलीको रंग चढ्न थालिसकेको छ । होलीको ठीक अघि भने नेपाल ललितकला प्रतिष्ठान चित्रकला विभागको आयोजनामा आइतबारदेखि सुरु भएको तीनदिने वीरगन्ज कला महोत्सवमा कलाकारहरूले बनाएका कलात्मक चित्रले यहाँको माहोल रंगीन बनाएको छ । 

न्यायिक समितिमा उजुरी घटे

मुद्दा किनारा गर्न ढिलाई गर्दा वीरगन्ज महानगरको न्यायिक समितिप्रतिको महानगरबासीको आकर्षण घट्दो क्रममा छ । चालु आर्थिक वर्षमा मंगलबारसम्ममा गरी समितिमा जम्मा ४२ वटा मात्र उजुरी परेका छन् । 

साँघुरो कारागारमा कैदीबन्दी

वीरगन्ज कारागारमा ८ महिनाअघि जेलरको जिम्मेवारी सम्हाल्दा उपसचिव सुनील खनालमा नयाँ जोश र उत्साह थियो । साँघुरो जेलमा हजार बढी कैदीबन्दी बसेको देखेपछि उनले आफ्नो कार्यकालको पहिलो प्राथमिकताको विषय नै बनाए कारागारलाई पायक पर्ने र फराकिलो स्थानमा स्थानान्तरण गर्ने । 

आईसीपीमा पूर्वाधार विस्तार गरिँदै

वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी) मा अहिले पूर्वाधार बिस्तार गरिँदै छ  । भारत सरकारले निर्माण गरिदिएको आईसीपीमा अहिले सेड र वेयरहाउस गोदाम निर्माण भइरहेको छ  ।

शंकर आचार्यका लेखहरु :

सुख्खा बन्दरगाह : पप्पुले अझै सकेन सेड

सिसिर्सिया सुख्खा बन्दरगाहमा सेड निर्माणको काममा हात थालेको पप्पु कन्स्ट्रक्सनले ३ वर्ष बितिसक्दा पनि पूरा गरेको छैन । १ वर्षमा काम सम्पन्न गर्ने गरी बन्दरगाहमा २ वटा सेड करिब १७ करोड रुपैयाँ लागतमा निर्माण गर्ने ठेक्का उक्त कन्स्ट्रक्सनले पाएको हो । 

आईसीपीबाट ६० प्रतिशत कारोबार

सञ्चालनमा आएको ११ महिनापछि वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी) नाकाबाट ६० प्रतिशत कारोबार हुन थालेको छ । वीरगन्ज नाकाबाट भने करिब ४० प्रतिशत मात्र कारोबार हुन्छ ।

६५ अर्बको इन्धन आयात

विद्युतीय सवारी साधनलाई प्रोत्साहित नगरिंदा तथा इन्धनमा परनिर्भरताले वर्षेनी ठूलो रकम बाहिरिइरहेको छ  । वीरगन्ज/आईसीपी नाकाबाट मात्रै चालु आर्थिक वर्षको माघ सम्मको अवधिमा ६५ अर्ब ६० करोड ९४ लाख रुपैयाँ इन्धनको आयात गर्दा बाहिरिएको वीरगन्ज भन्सार कार्यालयको तथ्यांकले देखाएको छ  ।

छड बनाउने कच्चा पदार्थको आयात बढ्यो

छड तथा डन्डी उद्योगहरूको प्रमुख कच्चा पदार्थ एमएस बिलेटको आयात वीरगन्ज भन्सार नाकाबाट बढेको छ । वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहबाट भने यसको आयात ओरालो लागेको छ । 

दाइजोमा मोटरसाइकलले महिला पीडित

संखुवाप्रसौनी गाउँपालिका ५ खजुरियाका की ३२ वर्षीया उम्रावती कुमारी २ सातादेखि बहुदरमाई नगरपालिका ८ रामनगरीस्थित माइतीमा आश्रित छिन् । २०६० जेठ १ मा किशोर सहनीसँग विवाह गर्दा उनका अभिभावकले ज्वाइँलाई २ लाख नगद तिलक र जिन्सीमा अन्य सामान दिएका थिए ।