ऋषिराम पौड्याल

बजेटलाई अर्थ समितिको १२ बुँदे सुझाव

अर्थ समितिले आगामी बजेटलाई प्रभावकारी बनाउन १२ बुँदे आधार तयार गरी संसद्मा पेस गर्ने भएको छ । समितिले कानुनी जटिलता र व्यवस्थापकीय झन्झटलाई न्यूनीकरण गरेर उच्च, दिगो र समावेशी आर्थिक वृद्धि हुने क्षेत्रलाई प्राथमिकता दिँदै सरकारी लगानी गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

जिम्मेवारी पूरा नगर्ने कर्मचारीको नम्बर घटाउन प्रस्ताव

सांसदहरूले जिम्मेवारीअनुसार काम नगर्ने निजामती कर्मचारीको कार्यसम्पादन मूल्यांकन (कासमु) नम्बर घटाउन सक्ने व्यवस्था कानुनमै गर्नुपर्ने प्रस्ताव गरेका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा जारी संघीय निजामती सेवा गठनसम्बन्धी विधेयकमा दफावार छलफल गर्ने क्रममा उनीहरूले तोकिएको जिम्मेवारी पूरा नगर्दा पनि कासमुमा शतप्रतिशत नम्बर पाउने प्रावधानले विकृति बढाएको बताए । 

सवाल-जवाफको क्रममा प्रधानमन्त्री तथा सांसदले प्रयोग गरेका अमर्यादित शब्द संसद अभिलेखबाट हटाउन निर्देशन

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/०७७ सालको नीति तथा कार्यक्रम बारे संसदमा छलफल पछि जवाफ दिने क्रममा प्रधामन्त्री केपी शर्मा ओली तथा जवाफ सोध्ने सांसदले प्रयोग गरेका संसदीय मर्यादाविपरितका शब्द संसदको अभिलेखबाट हटाउन सभामुखले कृष्णबहादुर महराले निर्देशन दिएका छन् ।

चीनसँगका नाका जोड्न समितिमा दबाब 

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले चीनले खोल्न लागेका उत्तरी ६ वटा नाका जोड्ने सडक निर्माणलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको उपस्थितिमा बुधबार बसेको बैठकमा समिति सदस्यहरूले चीनले नाका खुलाउन भौतिक पूर्वाधारलाई प्राथमिकता दिए पनि नेपालको तयारी सुस्त रहेको बताए ।

ऋषिराम पौड्यालका लेखहरु :

प्रधानमन्त्रीले निम्छरा भनेपछि...

सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रस्तुत अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभा बैठकमा मंगलबार नाराबाजी भएको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नाराबाजी गरिरहेकै बेला सरकारको नीति तथा कार्यक्रम पारित गरिएको छ । 

'दोहोरो अंकको वृद्धि असम्भव’

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम गम्भीर कार्ययोजनाबिना लहडमा ल्याइएको टिप्पणी गरेको छ । कांग्रेसले नीति तथा कार्यक्रमको लक्ष्यअनुसार दोहोरो अंकको आर्थिक वृद्धिदर सम्भव नभएको दाबी गरेको छ । 

'मेरो सरकार' को नेकपाभित्रै आलोचना

नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले 'मेरो सरकार' शब्दावली उल्लेख गरेकामा नेकपा संसदीय दलको बैठकमा आलोचना भएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले नै नीति तथा कार्यक्रम आफूले पढदा 'मेरो सरकार' उल्लेख नभएको बताएपछि सांसदहरू झन् अचम्मित भएका थिए ।

'मापदण्ड विपरीतका पम्प रोक'

सांसदहरूले आयल निगमको अनुगमन प्रभावकारी नहुँदा पेट्रोलियम बजारमा विकृति आएको बताएका छन् । निगमले स्वीकृति दिएका पेट्रोलपम्प राख्ने स्थान र ग्यास बुलेट ल्याउने मापदण्डको ख्याल नगर्दा निजी प्रयोजनका लागि सार्वजनिक स्थल प्रयोग भएको उनीहरूले औंल्याए । 

'सरकार उल्टो हिँड्न खोज्यो'

राष्ट्रपतिले नीति तथा कार्यक्रम पेस गरेपछि मात्र प्रि-बजेटको सैद्धान्तिक छलफल गराउने सरकारको तयारीप्रति प्रमुख प्रतिपक्ष कांग्रेस र सत्तापक्षबीच विवाद उत्पन्न भएको छ । प्रि-बजेट छलफलपछि राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने परम्परा तोडेर संघीय संसद् छल्न खोजिएको आरोप कांग्रेसले लगाएको छ ।