मोटर गुड्न थालेपछि पदमार्गका साना पसले हराउँदै गए । पदयात्रामा आउनेहरूका लागि पालिएका घोडा भेटिनै छोडे । आगो फुकेर चिया बनाउने थकाल्नी महिलाहरू विस्तारै पोखरा, काठमाडौंतिर बसाइँ सरे । तर, पनि गाउँ कुरेर बस्नेहरू आफ्नो थातथलो नछोड्ने प्रण गरेरै बसेका छन् ।
चीनसँग जोडिएको कोरला नाका नपुग्ने जो– कोहीलाई लाग्न सक्छ, यो नाका हिमालको टुप्पोमा छ, भीरैभीर होला, डरलाग्दो छाँगो होला । कतिलाई अनुमान यो पनि होला कि मान्छे बस्नै नमिल्ने खण्डहर होला ।
कागबेनी उकालो लागेपछि धेरै तीर्थालुलाई लाग्थ्यो– अब यो भीर कसरी चढ्ने होला ? यो केही वर्षअघिको कुरा हो । अब भीर देख्नेबित्तिकै आत्तिने दिन गए । सडक सुविधाले यात्रुलाई यो बाटामा सधैं डुलिरहन पाए हुन्थ्योझैं लाग्छ ।
गणतन्त्र आएपछि उनले सांसद बन्न धेरै प्रयास गरेका हुन् । पटक–पटकका चुनाव लड्न पार्टीसँग टिकट मागे । तर, कांग्रेसले उनलाई ०६४ र ०७० सालका संविधानसभाको दुवै चुनावमा टिकट दिन आवश्यक ठानेन ।
मुस्ताङबाट प्रतिनिधिसभाका लागि एमालेका उम्मदेवार प्रेमप्रसाद तुलाचन निर्वाचित भएका छन् । उनले ३ हजार ५ सय ४४ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी रोमी गौचन थकालीले ३ हजार १ सय ८१ मत पाए ।
मुस्ताङका एमाले उम्मेदवार इन्द्रधारा विष्ट मुस्ताङ प्रदेशसभा (क) बाट सदस्यमा विजयी भएका छन् । प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा विजयी प्रमाणपत्र प्राप्त गर्ने उनी पहिलो उम्मेदवार हुन् ।
मुस्ताङको मतगणना अनुसार अहिले राति १० बजेसम्म एमालेले प्रतिनिधि र प्रदेशसभामा अग्रता लिएको छ । ३ हजार ६ सय मत गनिसक्दा प्रतिनिधिसभाका लागि एमालेका प्रेमप्रसाद तुलाचनले १८२४ मत प्राप्त गरेका छन् ।
यही मंसिर १० गते भएको प्रतिनिधि र प्रदेशसभा चुनावको मतगणना मुस्ताङको सदरमुकाम जोमसोममा बिहीबार ५ बजेदेखि सुरु भएको छ । मतगणनामा दलहरुका प्रतिनिधि राखेर कर्मचारीहरु गणना कार्यमा खटिएका प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।