मकर श्रेष्ठ

खस्कियो स्कुलको सिकाइ

विद्यालय तहको सिकाइ स्तर तीन वर्षअघिको भन्दा खस्किएको छ । शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गत वर्ष गरेको परीक्षणमा २०७० सालको तुलनामा विद्यार्थीको सिकाइ स्तर घटेको पाइएको हो ।

समिति संख्यामा अझै विवाद

सत्तापक्ष र प्रतिपक्षबीचको विवादले संसद्को नियमावली निर्माणको प्रक्रिया लम्बिएको छ । संसद्को पहिलो अधिवेशन अन्त्य भएर बजेट अधिवेशन आहान हुने समय आउन लाग्दासमेत समितिले नियमावलीको मस्यौदालाई अन्तिम रूप दिन सकेको छैन ।

प्रिपेड सिस्टममा ल्यान्ड लाइन, सभामुख र अध्यक्षकै टेलिफोन काटियो !

सभामुख कृष्णबहादुर महराको सिंहदरबारस्थित कार्यकक्षको ल्यान्ड लाइन फोन नम्बर ०१–४२००१५९ डायल गर्दा ‘तपार्इंले डायल गरेको नम्बरको आगमन कल बन्द गरिएको छ’ भन्ने सन्देश सुनिन्छ । बुधबार मध्याह्नदेखि महराको कार्यकक्षको टेलिफोनको लाइन काटिएको हो ।

मन्त्रालयमै थन्किन्छन् विधेयक

सरकारले कानुन आयोगद्वारा तयार पारिएका अत्यावश्यक १४ वटा कानुनको मस्यौदा अघि नबढाई थन्क्याएर राखेको छ । नयाँ संविधानले तोकेका मौलिक हकअनुसार बनाउनुपर्ने कानुनको मस्यौदासमेत अघि बढाइएको छैन ।

‘संघीयताले आशा जगायो’

स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनसँगै संघीयता कार्यान्वयनले तीव्रता पाएपछि सर्वसाधारणमा देश सुध्रने आशा जागेको एक सर्वेक्षणले औंल्याएको छ । एसिया फाउन्डेसनले ५ महिनाअघि ५ सय ९९ वडाका १८ वर्षमाथिका ७ हजार २२ जनामा गरेको सर्वेक्षणले यस्तो नतिजा ल्याएको हो ।

मकर श्रेष्ठका लेखहरु :

निजी स्कुलले २५% छात्रवृत्ति दिनुपर्ने

निजी विद्यालयले अब प्रत्येक कक्षाका २५ प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने व्यवस्था गर्न सरकारले तयारी थालेको छ । शिक्षा मन्त्रालयको अनुरोधमा कानुन आयोगले अन्तिम रूप दिएको शिक्षाको अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यससम्बन्धी कानुनको मस्यौदा तयार पारिएको हो ।

भागबन्डा पुर्‍याउन १० संसदीय समिति

राज्य कोषमा आर्थिक भार कम गर्न र कार्यसम्पादन चुस्त बनाउन थोरै संख्यामा संसदीय समिति बनाउनु चौतर्फी सुझावलाई लत्याउँदै नेतालाई भागबन्डा पुर्‍याउनकै लागि प्रतिनिधिसभामा १० वटा समिति गठन गरिने भएको छ । मन्त्रीको भागबन्डा नपरेका नेता विशेषलाई सभापति बनाएर चित्त बुझाउनकै लागि समितिको संख्या बढाइएको हो । 

देशको ढुकुटी ‘रित्तियो’

आम्दानीभन्दा धेरै खर्च भएर आन्तरिक ऋणका भरमा मुलुक चलिरहेका बेला अर्थमन्त्री युवराज खतिवडाले पनि सरकारी ढुकुटी रित्तिएको भन्दै अर्थतन्त्रका जोखिम सार्वजनिक गरेका छन् ।

प्रस्तावित योजना पूरा गर्न २ खर्ब अपुग : अर्थमन्त्री खतिवडा

अर्थमन्त्री युवराज खतविडाले चालु आर्थिक वर्षको बजेटमा प्रस्ताव गरिएका योजना पूरा गर्न २ खर्ब रकम अपुग हुने बताएका छन् ।