१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

टीका भट्ट

टीका भट्टका लेखहरु :

दैनिक ४ सय लिटर दूध उत्पादन गर्दै जिरी पशु विकास फार्म 

देशको एक मात्र गाई अनुवांशिक केन्द्रका रूपमा रहेको जिरी पशु विकास फार्मले दैनिक औसतमा ४ सय लिटर दूध उत्पादन गर्दै आएको छ । फार्ममा अहिले साना–ठूला सबै गरी करिब १ सय ५३ वटा गाई (बाच्छाबाच्छी र साँढेसमेत) छन् । 

रामेछापमा धानबालीमा रोगको प्रकोप

रामेछापको विभिन्न क्षेत्रमा धानबालीमा पात मर्ने रोगको प्रकोप फैलिएको छ । मन्थली नगरपालिकामा उक्त प्रकोप धेरै देखिएको कृषि ज्ञान केन्द्र रामेछापमा अधिकृत ऋषि सुवेदीले जानकारी दिए ।

रामेछाप १ (२) प्रदेशसभा सदस्यमा माओवादीका चौलागाईं विजयी

रामेछाप प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ (२) बाट वाग्मती प्रदेशसभा सदस्यमा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य युवराज चौलागाईं निर्वाचित भएका छन् । चौलागाईंले एमालेका मिलनकुमार घिसिङलाई ४ हजार ७ सय ७४ को मतान्तरले पराजित गरेका हुन् ।

रामेछापमा कांग्रेसका तामाङ निर्वाचित

रामेछापमा प्रतिनिधिसभा सदस्यमा पाँचदलीय गठबन्धनबाट कांग्रेस उम्मेदवार पूर्णबहादुर तामाङ निर्वाचित भएका छन् । तामाङले एमाले उम्मेदवार कैलाशप्रसाद ढुंगेललाई पराजित गरेका हुन् । 

बालिकालाई २१ घन्टासम्म शरीर बन्धक गरी कुटपिट गर्नेलाई साढे चार वर्ष कैद 

रामेछापमा दही चोरेको निहुँमा १२ वर्षीय बालिकालाई २१ घन्टासम्म शरीर बन्धक गरेको मुद्दामा साढे चार वर्ष कैद र १ लाख १० हजार रुपैयाँ जरिवाना भएको छ । जिल्ला अदालत रामेछापले घरभित्र पसेर दुई डाडू दही चोरेर खाएको निहुँमा १२ वर्षीया बालिकालाई जातीय विभेद गरी २१ घण्टासम्म शरीर बन्धक गरेको मुद्दामा जातीय भेदभाव र शरीर बन्धकतर्फ समेत गरी ४ वर्ष कैद र जरिवाना तोकेको हो ।

रामेछापमा बस दुर्घटना, ९ जनाको मृत्यु

रामेछापको लुभुघाटमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । बिहान काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस करिब १० बजेतिर खाँडादेवी र सुनापतिको सिमानामा बस दुर्घटनामा परेको हो ।